CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यस्ता कार्टुन बने यसपालिको गाइजात्रामा

यस्ता कार्टुन बने यसपालिको गाइजात्रामा

त्यसो त अहिले वर्षदिन भरी नै गाइजात्रा जस्तो देखिन्छ। पहिले पञ्चायत कालमा भए पो गाइजात्राको एक दिन बेस्कन सबलाई व्यङ्ग्य हान्न पाइन्थ्यो। अभिव्यक्ति स्वतन्त्रता त्यही दिन मात्रै हुन्थ्यो। त्यसैले पत्रपत्रिकामा रङ्गीबिरङ्गी मसीले छापिने गाइजात्रा विशेषाङ्क पढ्न खुबै रमाइलो हुन्थ्यो। अहिले त पत्रपत्रिकाहरु पनि हरेक वर्ष गाइजात्रे पाराको निस्कने भएर
हो कि, गाइजात्रा विशेषाङ्क निकालेको देखिन्न। धेरै वर्षअघिदेखि सिने मासिक कामनाले भने यो परम्परा धानिरहेको छ। बीचमा गाइजात्रा साह्रै अश्लील पाराको हुँदै गयो। पोहोरै त हो नि जथाभावी अश्लील लेखेको भन्दै रेखा थापाले एक जनाको गालै चड्काइदिएकी !
परम्परा धानिरहेको कामनाले पनि यसपालि ८२ पेजको विशेषाङ्कलाई १०० रुपियाँ मूल्य हालेर महँगी कति बढिसक्यो भनी देखाएको छ। यसको मूल्य पनि पाठकका लागि एउटा व्यङ्ग्य नै हो। पोहोर परारको भए हेर्नै नहुने अश्लील कार्टुन छापिने विशेषाङ्क यसपालि भने अचम्मैसित अलि सभ्य पाराको निस्केको रहेछ।
cartoon1
कार्टुनहरु मुख्यतः नेताहरुप्रति लक्षित छन्। तर सामाजिक कार्टुनहरु पनि केही निकै राम्रा बनेका छन्। मुखपृष्ठमा चीन र भारतका नेताहरुले नेपालका नेताहरुलाई खेलाइराखेको देखाइएको छ।
cartoon2

केही कार्टुनमा भने के लेखिएको छ पढ्नै नमिल्ने खालको छ। सय सय रुपियाँ मूल्य लिइसकेपछि यसो कार्टुनको क्वालिटी हेर्नुपर्छ नि। पाठकलाई नै हेपेर व्यङ्ग्य गरे जस्तो देखिन्छ, अक्षरै नबुझिने गरी छापिएका कार्टुनले त। अरु पत्रिकाहरुले गाइजात्रा विशेषाङ्क निकाल्न छाडेकोले एकाधिकार पाएँ भन्दैमा त्यसरी भाउ बढाउन अनि क्वालिटीमा बेवास्ता गर्न त नहुने हो।
cartoon3

वात्स्यायनका केही कान्तिपुरमा छापिसकेका कार्टुन पनि यसमा छापिएका छन् तर नाम बिगारेर वात्साययन बनाइएको छ। त्यसैगरी नागरिकमा छापिसकेका राजेश केसीका केही कार्टुन पनि यसमा समेटिएको छ। यहाँ नि पाठक ठगिन्छन्, पुराना बासी कार्टुन पस्किएको देखेर।



cartoon4

पदम घलेका यी दुई सामाजिक कार्टुन भने राम्रो लाग्यो मलाई।
cartoon5
cartoon6

केही कार्टुन भने पुङ न पुच्छरका जबर्जस्ती बनाइएका पनि छन्।
cartoon7

प्लस टुलाई व्यङ्ग्य गर्ने गंगादेवीको यो कार्टुन चोटिलो छ।
cartoon8

त्यसैगरी देवेन्द्रको यो कार्टुन पनि समाजलाई व्यङ्ग्य गर्ने राम्रो बनेको छ।
cartoon9

सञ्जय श्रेष्ठको माथिको कार्टुनले अहिलेको वास्तविकतामा व्यङ्ग्य गर्छ।
cartoon10

एनबी गुरुङले चुनावलाई व्यङ्ग्य हानेका छन्।

र, अन्त्यमा डिकेडको नाममा दुई पेज साह्रै अश्लील कार्टुन लास्ट पेजतिर छापिएका छन्। पोहोर परारका अङ्कमा यस्तै कार्टुनहरुको बाहुल्य हुन्थ्यो। व्यङ्ग्य भन्दा पनि थिम नै अश्लील छ यी कार्टुनका। ती अश्लील कार्टुनलाई यहाँ सीधै राख्न सकिएन। हेर्ने इच्छा भए पहिलो पेज यहाँ र दोस्रो पेज यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ।
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis