CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » अनि बाटो मोडियो - स्पेशल रिपोर्ट

अनि बाटो मोडियो - स्पेशल रिपोर्ट

विन्स्टन ग्रुमले २७ वर्षअघि लेखेको उपन्यास फरेस्ट गम्पमा आधारति रहेर सन् १९९४ मा त्यही शीर्षकमा फिल्म बन्यो। मुख्य पात्र गम्पको भूमिका निर्वाह गरेका हलिउड हिरो टम ह्याङ्क्स फिल्ममा हरेक काममा अब्बल देखिन्छन्। सुरुमा उनी धावक हुन्छन् र कीर्तिमान कायम गर्छन्। त्यसपछि अमेरकिी सेनामा
भर्ती हुन्छन् र भियतनामको लडाइँमा बहादुरी देखाउँछन्। टेबलटेनिसको खेलाडी बन्छन्, त्यहाँ पनि सफलता पाउँछन्। व्यापार गर्छन् र त्यसमा पनि सफल दरन्िछन्। गम्प जे काम पनि शून्यबाट सुरु गर्छन् र त्यसमा अब्बल भएरै छाड्छन्। भियतनाम युद्धमा धक्का बेहोरेपछि चर्को निराशामा डुबेको अमेरकिी समाजमा फरेस्ट गम्पले आशाको दियो बालिदिएको थियो, अमेरकिीहरू जे काम पनि गर्न सक्छन् र त्यसमा सफल हुन्छन् भनेर।

नेपाली समाज पनि यतिबेला दशक लामो द्वन्द्व बेहोरेर संक्रमणको सुरुङभित्र छिरेको छ, जसबाट निस्कने बाटो अहिलेसम्म फेला परेको छैन। द्वन्द्वपछिको यो राजनीतिक अस्थिरताले समाजलाई निराश बनाएको छ, भियतनाम युद्धपछि अमेरकिी समाजलाई जस्तै। त्यतिबेला अमेरकिी समाजमा उत्साहको सञ्चार गर्ने फिल्मका पात्र गम्पले बाँचेको जिन्दगी नेपाली समाजका निम्ति आशाको किरण हुन सक्छ। उद्यमी विकास राणा, समाजशास्त्री विनय झा, वृद्धवृद्धाबारेका अध्येता कृष्णमुरार िगौतम, फेसन डिजाइनर विवेक उपाध्याय र पर्यटनकर्मी सुरज लामिछाने नेपाली समाजका तिनै गम्पजस्ता पात्र हुन्, जो एउटा कामबाट सफलताको स्वाद चाखेर फेर िअर्को काममा पनि सफल भइरहेका छन्।

कामको क्षेत्र परविर्तन गर्नु नेपाली समाजका निम्ति जोखिमको कुरा हो। किनभने, यहाँ अवसरहरू कम छन् र परम्परागत मान्यताले समेत मानिसहरूलाई जे काम गरेको हो, त्यही काममा सक्रिय रहन निर्देशित गर्छ। जस्तो कि, नेपाली सेनाका पाइलट विकास राणा पारविारकि विरासत धान्नकै लागि सेनामा भर्ती भए र सफल पाइलटको रूपमा आफूलाई उभ्याए। तिनैले पेन्सन पाक्नु एक वर्षअगावै जागिर छाडेर व्यवसाय सुरु गर्दा धेरैले अचम्म माने। राणा सम्झन्छन्, "अहिले पनि नेपाली समाजमा एउटा काममा सफल मान्छेले अर्को काम शून्यबाट सुरु गर्नुलाई सहज ढंगले लिइँदैन।" त्यतिबेला पनि थोरै मान्छेले मात्रै उनको निर्णयलाई सही रूपमा अथ्र्याएका थिए। राणाको भोगाइले नै बताउँछ, नेपाली समाज पेसा र दक्षताको परविर्तनलाई सहज रूपमा स्वीकार्दैन। तर, उनले परम्परागत सामाजिक ढर्राभन्दा आफ्नो जिन्दगीलाई फरक रूपमा उभ्याए र सफल व्यवसायीका रूपमा चिनिए।

त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका सहप्राध्यापक मृगेन्द्रबहादुर कार्की आफूले जानेको र सफलता हासिल गरेको काम छाडेर शून्यबाट अर्को काम सुरु गर्नुलाई नेपाली समाजले सामाजिक मान्यताविपरीतको ठान्ने बताउँछन्। लोककल्याणकारी राज्यव्यवस्था नभएको समाजमा पेसा परविर्तन गर्नु जोखिमको कुरा हुन्छ, जसलाई समाजले पचाउँदैन। परविारप्रतिको उत्तरदायित्व र बुढेसकालका निम्ति जोहो आफँैले गर्नु नेपाली समाजको मौलिक चरत्रि हो। कार्की भन्छन्, "त्यसैले पनि मान्छेहरू हतपती आफ्नो काम/पेसा परविर्तन गर्न सक्दैनन्। भलै रहर किन मार्नु नपरोस्।"

जस्तो कि, विनय झाको रहर कलेज पढ्दादेखि नै सामाजिक क्षेत्रमा काम गर्ने थियो। तर, परविारप्रतिको दायित्वले उनलाई डोर्‍यायो र नेपाल प्रहरीको जागिरे बनाइदियो। पढाइ र कामको प्रकृति नमिलेर के भयो र ? उनी त्यहाँ अब्बल ठहरएि। तर, पेन्सन पाकेर जागिर छाड्नेबित्तिकै उनी गैरसरकारी संस्थामा आबद्ध भए र अहिले जर्मन विकास नियोग -जीआईजेड) अन्तर्गत बंगलादेशमा भ्रष्टाचार र सुशासन विज्ञका रूपमा काम गररिहेका छन्। भन्छन्, "पेसा परविर्तन गर्नु नेपाली समाजमा जोखिमकै कुरा हो।" आफूले सम्हालेका हरेक काममा अब्बल हुनका लागि ठूलो मिहिनेत चाहिने उनको अनुभवले बताउँछ।

दुवै कामलाई सँगसँगै अगाडि बढाएका कृष्णमुरार िगौतम 'चट्याङ मास्टर'ले आफ्ना दुवै नामको उचाइ उत्तिकै अग्ल्याएका थिए। कृषि अर्थशास्त्री मात्रै होइन, हास्यव्यंग्य सिर्जनामा पनि उत्तिकै पोख्त थिए उनी। तर, सर्लक्कै बाटो मोडेर उनी अहिले वृद्धवृद्धाको अधिकारका पक्षमा लडिरहेका छन्। भन्छन्, "नयाँ काम शून्यबाट सुरु गर्नुलाई धेरैले अचम्मको विषय मान्छन्। जबकि, विदेशी समाजमा यस्ता कुरा सामान्य हुन्।" उनको बुझाइमा मान्छे जे कुरामा रमाउन सक्छ, त्यही काम गर्ने हो। कुनै काममा दक्षता हुनेबित्तिकै त्यसैमा जिन्दगी बिताउनुपर्छ भन्नु गलत हो।

विसं २०४६ पछि नेपाली समाज मात्रै खुला भएन, रोजगारका नयाँ नयाँ अवसर पनि सिर्जना भए। त्रिभुवन विश्वविद्यालयमा विषयगत विविधताहरू बढ्न थाले। जसले मान्छेका रोजाइहरू पनि फेरििदयो। वैदेशिक नियोगहरू भित्रिए र गैरसरकारी संस्थाहरूको संख्यात्मक वृद्धिले परम्परागत जागिरका स्वरूपहरू फेरएि। फलस्वरूप एउटै प्रकृतिको जागिर वा पेसा अपनाएर जिन्दगी बिताउने परम्परागत मान्यतालाई नै बदलिदियो। उदाहरणका लागि होटल म्यानेजमेन्ट पढेर त्यसैमा आफ्नो 'करअिर' सुरु गरेका विवेक उपाध्यायले एकाएक बाटो बदलेर फेसन डिजाइनिङ्को क्षेत्रमा हाम फाले र त्यहीँ कमाल गरििदए। अहिले उनको खुबी नेपालभित्र मात्रै सीमित छैन, बलिउडका नाम चलेका अभिनेता-अभिनेत्री पनि उनले डिजाइन गरेको पहिरनमा लोभिन्छन्। नाटक एवं पटकथा लेखनको यात्रा चटक्कै छाडेर पर्यटन उद्योगमा नेतृत्वदायी जिम्मेवारी सम्हालिरहेका सुरज लामिछानेजस्ता पात्रका जिन्दगीका फरक-फरक पेसाका अनुभवले पनि परम्परागत नेपाली समाजको चरत्रिमा नयाँ आयाम थपेको छ।

फरेस्ट गम्पमा जस्तै नेपाली समाजका यी प्रतिनिधि पात्रहरू आफ्नो पेसा र कार्यक्षेत्र बदलेर सफल मात्रै भएका छैनन्, आफ्नो बहुप्रतिभालाई पनि उजिल्याएका छन्। उनीहरू जीवनप्रति निराश हुनेहरूका लागि नयाँ पथप्रदर्शक हुन सक्छन्, दोहोरो सफलताका कारण धेरैका लागि प्रेरणाका स्रोत हुन सक्छन्। समाजशास्त्री कार्कीकै शब्दमा, "यस्ता पात्रले समाजको गतिशीलतामा रंग भर्ने काम गरेका छन्।"





वृद्धवृद्धाका साथी

कृष्णमुरारि गौतम, ६०

पहिले : कृषि अर्थशास्त्रका परामर्शदाता

अहिले : वृद्धवृद्धा अधिकारकर्मी, एजिङ् नेपालसँग सम्बद्ध



पाँच वर्षअघिसम्म कृष्णमुरारि गौतम उर्फ 'चट्याङ मास्टर'को जीवनमा अहिलेका कामका कुनै प्रतिच्छायाँ थिएनन्। घरमा उनका पनि बा बूढा थिए। तर, उनलाई बूढाबूढीका विषयमा धेरै कुरा थाहा थिएन। किनभने, उनको कामको क्षेत्र अर्कै थियो, कृषि अर्थशास्त्र र उनी परे त्यसैका विज्ञ थिए। तर, उनी हिँडिरहेको वषौर्ं लामो बाटो अचानक मोडियो।

पाँच वर्षदेखि गौतम वृद्धवृद्धाको हकअधिकार एवं अध्ययन अनुसन्धानमा क्रियाशील छन्, एजिङ् नेपाल नामक संस्थामार्फत। यहीबीचमा उनले वृद्धवृद्धाका अधिकार, उनीहरूलाई लाग्ने रोग र स्याहारसुसारका बारेमा झन्डै आधा दर्जन किताब लेखिसकेका छन्। यस विषयमा उनी यति अम्मली भइसकेका छन् कि रातदिन यसै बारेमा सोच्छन्, लेख्छन् र बोल्छन्। काठमाडौँको बत्तीसपुतलीस्थित घरका भित्तामा झुन्ड्याइएका ग्राफ देखाउँदै गौतम भन्छन्, "हेर्दै जानूस्। अबको केही दशकभित्रै नेपालमा तन्नेरीको भन्दा बूढाबूढीको संख्या बढ्नेछ। तर, यहाँ कसैलाई मतलब छैन।"

भारतको पन्जाब कृषि विश्वविद्यालय हुँदै अस्ट्रेलियाको युनिभर्सिटी अफ न्युजिल्यान्डबाट कृषि अर्थशास्त्रमा स्नातकोत्तर गरेका गौतमले ग्रामीण कृषि अर्थतन्त्रको विषयमा अध्ययन र अनुसन्धानमा झन्डै चार दशक बिताए। राष्ट्र बैंकदेखि एसियाली विकास बैंकसम्मका परामर्शदाता भएर काम गरे। राष्ट्र बैंककै परयिोजनामा चीन पुगेर पाँच वर्षसम्म सिँच्ााइ विकासमा जनसहभागिता कसरी बढाउने भनेर काम गरे।

तत्कालीन कृषि आयोजना सेवा केन्द्र (एप्र्रोस्क)मा काम गररिहेका बेला एक दिन अचानक उनलाई अमेरकिी सहयोग नियोग -यूएसएड)बाट छात्रवृत्तिमा वैकल्पिक ऊर्जाका सम्बन्धमा अध्ययन गर्न अमेरकिा जाने प्रस्ताव आयो। उनी अमेरकिा पुगे र फर्केलगत्तै वैकल्पिक ऊर्जाकै क्षेत्रमा केही काम गरे र पुरानै परामर्शदाताको काममा फर्किए।

'एउटा मान्छे, दुई डुंगा' भनेझै कृषि विकासको क्षेत्रमा लामो यात्रा सँगैसँगै उनले अर्को बाटो तय गरे। त्यो थियो, हास्यव्यंग्यको बाटो, जहाँ उनी चट्याङ मास्टरका रूपमा प्रख्यात भए। दुवै क्षेत्रमा उनको नाम सफल भयो। अहिले पनि जब गम्भीर कुरा गर्छन्, उनी कृष्णमुरार िगौतम हुन्छन्, जब ठट्यौली गर्छन्, तब चट्याङ मास्टर लाग्छन्। ०३६ सालताका बज्रपाणिका नाममा लेख्ने उनले पछि आफ्नो नाम मात्रै फेरेनन्, लेख्ने शैली पनि फेरे। बज्र अर्थात् चट्याङ र पाणि अर्थात् गुरु -मास्टर)। र, उनी चट्याङ मास्टरमा बदलिए। भन्छन्, "खासमा म गफाडी हुँ।" सायद यही खुबीले उनलाई चर्चित हास्यव्यंग्यकार बनाइदियो।

चलेका कृषि अर्थशास्त्री कसरी त्यो सब छाडेर वृद्धवृद्धासम्बन्धी अध्येता भए त ? खासमा उनका बुबा डिमेन्सिया रोग -एक प्रकारको बिर्सने रोग)ले बिरामी परे, त्यसपछि गौतमका जिम्मेवारीहरू फेरएि। वृद्ध बुबाको उपचारमा अनेक अस्पताल चहारे। अनेक ठाउँमा सल्लाह माग्न पुगे। त्यसपछि पो उनलाई लाग्यो, बूढाबूढीका निम्ति राम्रा अस्पताल पनि छैनन्, उनीहरूलाई हेर्ने राम्रा डाक्टर पनि छैनन्। र, उनीहरू साँच्चै सबैतिरबाट दुःखले घेरएिका छन्।

त्यसपछि नै हो, उनको पेसा फेरएिको। उनी बूढाबूढीलाई कसरी स्याहार्ने, कसरी हेरचाह गर्ने र कसरी उनीहरूको खुसी फर्काउन सकिन्छ भनेर सोचमग्न हुन थाले। उनको दिमागमा आफैँ वृद्धाश्रम खोल्ने योजना आयो र घरनजिकै जेरयिाटि्रक सेन्टर खोले। जहाँ मासिक शुल्क तिरेर बूढाबूढीलाई राख्न सकियोस्। तर, उनले खोलेको सेन्टर व्यावसायिक रूपमा सफल भएन। भन्छन्, "हाम्रा अभिभावकहरू केटाकेटीमाथि लगानी गर्न तयार छन्, बूढाबूढीमाथि तयार छैनन्। किनभने, उनीहरू ठान्छन्, केटाकेटीहरूको भविष्य छ, बूढाबूढीहरूको छैन।"

त्यसयता गौतम वृद्धवृद्धाको अधिकारको पैरवीका क्षेत्रमा एकोहोरो रूपमा क्रियाशील छन्, जीवन वृद्धवृद्धाप्रति समर्पित छ। कृषि अर्थशास्त्रमा उनले काम नगरेको आधा दशकभन्दा बढी भइसक्यो। भन्छन्, "नयाँ क्षेत्रमा शून्यबाट काम सुरु गर्नु चुनौती र अवसर दुवै हो।" हिजोआज गौतम हास्यव्यंग्य पनि अरू विषयमा सोच्दैनन्। बूढाबूढीको अधिकारका विषयमा मात्रै व्यंग्यको झटारो हान्ने सिर्जना गर्छन्। हिँड्ने बेलामा उनले तीजमा बूढाबूढीले गाउने आफूले सिर्जेको गीत सुनाइहाले ः

यसपालिको तीजमा थोते दाँत भरदिेऊ,

थोते बूढी भन्नेको मुखै टालिदेऊ।





सैनिकबाट उद्यमी

विकास राणा, ५६

पहिले : नेपाली सेनाका पाइलट (सेनानी)

अहिले : उद्यमी (घर-जग्गा, फर्निचर, बिमा, अटोमोबाइल्स)



तन्नेरी उमेरमा धेरै आकांक्षा थिएनन्, विकास राणाका। सैनिक विरासत तोड्ने कुनै मनसुवा थिएन उनको। त्यसैले पढाइ सकिनेबित्तिकै नेपाली सेनामा प्रवेश गरहिाले। संयोगवश सेनामा हेलिकप्टर चलाउने तालिम लिन पाए र त्यही जिम्मेवारीमा रमाए। नयाँ काम, नयाँ संगत र नयाँ नयाँ ठाउको भ्रमणले अनुभवी बन्दै गए र एउटा कुशल पाइलटका रूपमा स्थापित भए। नेपाल कराँते महासंघका उपाध्यक्षसमेत रहेका राणाले सेनामा छँदा धेरै काममा सफलता हासिल गरे। उनी कुशल पाइलट त थिए नै, सफल घोडचढी र प्याराट्रुपर पनि। पर्वतारोहण र साहसिक खेलसम्बन्धी कोर्स गरेका राणा एक सफल सैनिक थिए।

सफलताकै बीचमा पनि उनले १८ वर्ष ९ महिना काम गरेर नेपाली सेनाको जागिर चटक्कै छाडिदिए। उपसेनानीबाट सुरु भएको उनको जागिर सेनानीमै अचानक त्याग्नु धेरैका निम्ति आश्चर्यको विषय थियो। मान्छेहरू बुढेसकालमा पेन्सन पाइने आशामा जीवनभर काम गर्छन्। उनले भने पेन्सन अवधि पुग्नै आँटेका बेला जागिर छाडिदिए, सेनाभन्दा बाहिरै सफलताको सम्भावना देखेर। त्यसपछि सुरु भयो, भारतीय वायुसेनाबाट र अमेरकिाबाट व्यावसायिक हेलिकप्टर पाइलटको लाइसेन्स लिएका राणाको नयाँ बाटो। त्यो थियो, वायुसेवा उद्यम।

पेन्सनको माया मारेर उनी निजी विमान सेवा कम्पनी नेपाल एयरवेजमा अपरेसन डाइरेक्टर र पछि कार्यकारी निर्देशक भए। तर, घाटा बढ्दै गएपछि कम्पनी नै बन्द भयो। त्यसपछि उनका अघि नयाँ चुनौती तेर्सिए। त्यही चुनौती स्वीकार्ने हिम्मतको प्रतिफल थियो, फिस्टेल एयरको जन्म। उनी व्यवसायका लागि अनुकूल परििस्थति खोज्छन्, न कि लम्बेतान योजना। यसरी एउटा जागिरे सैनिक जीवनको अध्याय सकियो, उनी उद्यमी बने।

राणाका भनाइमा उनी धेरै सोचेर, धेरै योजना तयार गरेर काम गर्ने मान्छे होइनन्। उनले सेनाको जागिर पनि त्यसरी नै छाडे, जसरी उनी आफ्ना सबै कामलाई आवश्यकताको उपज देख्छन्। भन्छन्, "कुनै व्यवसाय आफँैमा नराम्रो हुँदैन, राम्रो नराम्रो कुन समयमा के काम गरन्िछ भन्नेमा आधारति हुन्छ।" त्यतिबेला आफूले 'च्यालेन्ज' स्वीकार गरेको उनी बताउँछन्।

धेरैले उतिबेलै विकासलाई भनेका थिए, पेन्सन पकाएर आरामको जिन्दगी नबाँचेर। तर, उनले त्यसो गर्न चाहेनन्। त्यही दृढताले उनलाई व्यावसायिक उडान भर्न सिकायो। पाइलट विकास राणालाई उद्यमी विकास राणा बन्न धेरै कुर्नै परेन। त्यसका पछाडि उनको आफ्नै सूत्र छ, व्यावसायिक अनुकूलताको पहिचान। त्यही भएर उनले आफ्नो व्यवसायमा पछाडि र्फकनुपरेको छैन। एकपछि अर्को व्यवसाय अघि बढिरहेको छ। जस्तो ः घरजग्गा कारोबार र बिमा व्यवसाय। बिमा कम्पनी शिखर इन्स्योरेन्स लिमिटेड खोल्नुअघिसम्म उनलाई बिमाका बारेमा धेरै कुरा थाहा थिएन। तर, केचाहिँ राम्रोसँग थाहा थियो भने नेपालमा निजी बिमा कम्पनीको आवश्यकता खट्किरहेको छ। ६ वर्षअघि उनले इम्पेरयिल कोर्टका नाममा हाउजिङ् -आवास) कम्पनीको सुरुआत गरे। उनको दाबी अनुसार अबको केही महिनापछि नै काठमाडौँका सबैभन्दा आरामदायी र सुविधा सम्पन्न अपार्टमेन्टहरू क्रेताहरूलाई हस्तान्तरण हँुदै छ। जग्गा कारोबारमा दशक लामो अनुभवले उनलाई हाउजिङ् व्यवसायमा ल्याएर जोडिदिएको छ।

अब त व्यवसायको क्षेत्रमा राणाका बहुपरचिय छन्। उनले नेतृत्व गरेका कम्पनीहरू झन्डै आधा दर्जन पुग्न आँटिसके। इम्पेरयिल फर्निचर र विख्यात जर्मन मोटर कम्पनी मर्सिडिज बेन्जको नेपालस्थित आधिकारकि विक्रेता तिनैमध्येका हुन्।

पेसा र व्यवसाय आफैँम्ाा फरक कुरा हुन्। तर पनि उनले सैनिक पेसाबाट अनुशासन, धैर्य र अरू धेरै कुरा सिकेका छन्। जसको उपयोग अहिले पनि उनले व्यवसायमा गररिहेका छन्। पेसा र व्यवसायको भिन्नता उनी अहिले राम्रोसँग बताउन सक्छन्। सेनाभित्रको सामूहिकतालाई उनले राम्ररी बुझेका छन् र उद्यम-व्यवसायमा पनि त्यसको प्रयोग गररिहेका छन्। भन्छन्, "आफैँ धेरै व्यस्त भएर मात्रै व्यवसाय चल्ने होइन। टिमलाई परचिालन गर्न सक्नुपर्छ।"

उनले के बुझेका छन् भने जीवनको कुनै भर हँुदैन। यसको बाटो जुनसुकै बेला बदलिन सक्छ। जसरी उनी बाटो बदलेर सेनाको जागिरबाट उद्यमी भए। यो क्षेत्रबाट पनि बाटो नबदलिएला भन्ने कुनै भर छैन। भन्छन्, "समयले के के सिकाउँछ, सिक्दै जाने हो। कस्तो पृष्ठभूमिका मान्छे के काममा सफल हुन्छ भन्ने कुनै सूत्र र सिद्धान्त छैन।"





किचनदेखि फेसनसम्म

विवेक उपाध्याय, ३४

पहिले : सेफ

अहिले : फेसन डिजाइनर



बुटिकको व्यस्तताबीच हालैको एक मध्याह्न आफ्ना स्कुले दिनका कापी पल्टाउँदै थिए, फेसन डिजाइनर विवेक उपाध्याय। त्यस बेला उनले गरेका डिजाइन त्यति कमजोर थिएनन्। कति त अहिलेका भन्दा पनि आकर्षक।

अघि बढ्ने वा पछि हट्नेभन्दा पनि बढी घुमिरहन्छ फेसन। जीवन भने फेसनको 'ट्रेन्ड' जसरी घुम्दैन, कहिलेकाहीँ अगाडि बढेपछि पछाडि र्फकन सकिँदैन, कहिले पछाडि परयिो भने अगाडि बढ्न गाह्रो पर्छ। तर, विवेक 'लक्की' निस्के। उनको जीवन पनि गोलचक्रमा घुम्यो। त्यसैले त बाल्यकालदेखि मनले रोजेको काममा आइपुगेका छन्।

भाग्यले सधँै राम्रो मात्र गर्दैन अर्थात् लक्की हुँदाहुँदै पनि 'अनलक्की' भइन्छ। खासमा विवेकलाई भएको त्यही हो। उनी कला बुझेको परविारमा जन्मिए। उनका बुबा प्रेम उपाध्याय नेपाल र भारतमा ख्याति कमाएका पुराना क्यामराम्यान हुन्, राजा वीरेन्द्रको राज्यारोहणदेखि छाँगामुनि नाचिरहेकी युवती भएको लिरिल साबुनको विज्ञापनको भिडियो खिच्ने।

उनमा पनि सानैदेखि डिजाइन र रंगरोगनको सोख थियो। गोदावरीको सेन्ट जेभियर्स पढ्दादेखि नै उनी कापीमा स्केच कोर्थे। घरमा वा आफन्तकहाँ केही जमघट भयो कि खानपान मिलाउनमा उनै तम्सिन्थे। भन्छन्, "मैले खानपानमा रंग मिलाएर सजाएको धेरैले रुचाउँथे। बुबालाई लाग्यो, सेफमा छोराको भविष्य छ।"

त्यही भएर उनी लागेछन्, लन्डनस्थित वेबमिनिस्टर्स कलेजमा होटल म्यानेजमेन्टमा स्नातक अध्ययनका लागि। लन्डन हानिने बेला उनलाई परविेश सामान्य लागेको थियो किनभने त्यो पनि आफ्नो रुचिकै काम थियो। भन्छन्, "स्कुल पढ्दादेखि नै मेरो असली इच्छा डिजाइनिङ्मा थियो। खाना पकाउनु वा सजाउनुमा मेरो झुकाव सायद त्यसकै कारण हो।"

होटल म्यानेजमेन्ट पढिरहँदा पनि उनले पैसा कमाएर फेसन डिजाइनिङ्मै र्फकने सोचेका रहेछन्। केही समय उनले लन्डनको अर्काडिया र कुम्बरल्यान्ड मार्बल आर्क होटलमा काम गरे भने सेफका रूपमा पछिल्लो चार वर्ष संयुक्त अरब इमिरेट्सको दुबईस्थित ताज प्यालेस होटलमा। दैनिक १६ घन्टासम्म, कहिलेकाहीँ त त्यसभन्दा बढी समय खटिए उनी। ताज प्यालेसमा अझ दुई वर्ष बसेका भए उनी एक्जिक्युटिभ सेफ हुने रहेछन्। उनको मनले भन्थ्यो, 'अरूलाई खुसी पार्न कहिलेसम्म आफ्नो खुसी त्याग्नु ? असली खुसी आफू खुसी भए न दिन सकिन्छ।'

उनमा त्यही दोस्रो तर्क हावी भयो। र, जागिर छाडेर ३० वर्षे उमेरमा शून्यदेखि नयाँ काम सुरु गर्ने अठोटले नेपाल फर्किए। यता परविारजन भने रेस्टुराँ खोल्न सुझाइरहेका थिए। उनलाई चाहिँ जसरी हुन्छ, फेसन डिजाइनिङ् सुरु गर्नु थियो। सीधै फेसन डिजाइन सुरु गर्छु भन्दा परविारले यत्रो पढेर फेर ित्यही लुगाफाटामै अल्भिmयो भनेर पीर मान्लान् भन्ने ठानेर उनले सिल्भर माउन्टेन कलेजमा डेढ वर्ष होटल म्यानेजमेन्टसम्बन्धी पढाए। बिस्तारै त्यताबाट अलग्गिन प्रयास गर्दै गए। यही मेसोमा दिल्लीबाट ११ वटा साडी ल्याएर व्यवसाय थाले। अहिले उनी साडीबाहेक लेहंगा, ज्याकेट, ट्राउजरदेखि इथ्निक पार्टी वेयर आफैँ डिजाइन गर्छन्। भन्छन्, "सेफ र फेसन डिजाइन दुवैमा सिर्जनशीलता र भिजन चाहिन्छ।"

अहिले उनको ब्युटिफिकेसन बुटिक काठमाडौँ र दिल्लीमा छ। मुम्बईका दुईवटा बुटिकमा भने 'रटिेलिङ्' गररिहेका छन्, त्यसमध्ये एउटाकी मालिकचाहिँ भारतीय फिल्म निर्देशक तथा कोरयिोग्राफर फराह खानकी आमा सुजानी खान हुन्। छिट्टै पन्जाबको लुधियाना र दुबईमा समेत रटिेलिङ् गर्ने उनको योजना छ।

विवेकको कामको प्रसिद्धि चुलिएको भने माधुरी दीक्षितले टेलिभिजन कार्यक्रम झलक दिखलाजामा लगाएको पहिरनले हो। त्यसअघि पनि भारतीय अभिनेत्रीहरू कंगना रनावत, पि्रयंका चोपडा, काजोललगायत अभिनेत्रीका लागि उनले पहिरन डिजाइन गरसिकेका थिए। भन्छन्, "नेपालमा फेसन उद्योग सुस्तरी विकास हुँदै छ, भारतमा फेसन उद्योग निकै फस्टाइसक्यो। मिहिनेत र भाग्यले साथ दिए धेरै छिटो प्रगति गर्न सकिन्छ।"

- प्रदीप बस्याल





मिसन समुदाय

विनय झा, ४९

पहिले : प्रहरी निरीक्षक

अहिले : जर्मन विकास सहयोग नियोग अन्तर्गत भ्रष्टाचार नियन्त्रणका लागि न्याय पुनःनिर्माण परियोजना संयोजक, बंगलादेश



संधँ रहरको पछि लागेर मात्र जिन्दगी चल्दैन भन्ने कुरा बर्दियाको राजापुरबाट उच्च शिक्षाका लागि काठमाडौँ आएकै वर्ष थाहा पाएछन्, विनय झाले। गाउँमा छँदा पनि उनका सपनाहरू ठूला थिएनन्। किनभने, उनको गाउँ नै यति सानो थियो कि त्यहाँ धेरै कुरा सम्भव थिएन। सुरुमा उनलाई डाक्टर बन्ने रहर थियो। उनको पारविारकि पृष्ठभूमि पनि शिक्षा नै थियो। बुबा राजापुरस्थित विद्यालयका प्रतिष्ठित एवं नाम चलेका प्राचार्य थिए। अभिभावकको सपना पनि छोरालाई डाक्टर नै बनाउने थियो। तर, उनको मनचाहिँ डाक्टरी पढाइमा थिएन। अमृत साइन्स क्याम्पसको आईएस्सीको पढाइ उनलाई फापेन।

राजधानी सहरमा ज्यान पाल्नु मुस्किल छँदै थियो। त्यसैमाथि घरबाट जागिर खान र पैसा कमाउन पनि दबाब पररिहेकै थियो। मोजमस्ती, घुमफिर र डाङडुङको कलेज लाइफ छँदै उनी छाती नपाउन गए र नेपाल प्रहरीमा भर्ती भए, ०४३ सालमा। जागिरसँगै उनले केही समय पढाइलाई अगाडि बढाए। तर, आरआर क्याम्पसबाट स्नातक गरसिकेपछि जागिरका कारण पढाइलाई दिने समय रहेन उनीसँग।

प्रजातन्त्र आएपछि खुला भएको नेपाली समाजमा सरकारी कर्मचारीप्रति जनताको विश्वास नै थिएन। त्यस्तो विश्वास प्रहरीप्रति झनै कम थियो। उनी अझै पनि सम्झन्छन् ती दिनहरू। भन्छन्, "प्रहरी र जनताबीच कोसौँको दूरी थियो।" त्यतिबेलै हो, प्रहरीलाई समुदायसँग मिलेर काम गर्न सक्षम बनाउने भन्दै सामुदायिक प्रहरीको अवधारणा जन्मिएको। जसमा झाले पनि धेरै कसरत गरे। सामुदायिक प्रहरीका लागि दातृ निकायबाट पनि सहयोग आउने भयो। आफ्नो ब्याचमा अंग्रेजी राम्ररी जान्ने थोरैमध्ये उनी पनि थिए। सहयोग भित्र्याउन उनैले कदम चलाए।

जागिर त हो, जसरी खाए पनि हुन्छ भन्ने उनको मनमा कहिल्यै आएन। बौद्ध र चाबहिलस्थित सामुदायिक प्रहरीको जिम्मेवारी सम्हालेपछि त उनी समुदायसँग जोडिएर काम गर्नमै लागिपरे। उनीसँग समुदायसँग जोडिएर काम गर्दाका धेरै सफलताका कथाहरू छन्। चाबहिलमा गलैँचा कारखानामा काम गर्ने १२ मजदुरको उद्धार गर्दा होस् वा भिक्षुको पहिरनमा बेच्नका लागि भारत लैजान लागिएका २८ चेलीहरूको सिन्धुपाल्चोकबाट उद्धार गर्दाको क्षण, उनी कहिल्यै बिर्सन सक्दैनन्। भन्छन्, "समुदायसँगै प्रहरी जोडिएपछि सूचना पनि समुदायबाटै आउँछ र त्यही सूचनाका आधारमा समुदायले नै समस्याको दीर्घकालीन

समाधान खोज्छ।"

बौद्धमा हुने हरेक जात्रामा प्रहरी र जात्रालुहरूको भिडन्त सामान्यजस्तै बनिसकेको थियो त्यतिबेला। तर, उनी नेतृत्वको सामुदायिक प्रहरी समुदायसँग यसरी जोडियो कि केही वर्षमै त्यस्ता भिडन्तहरू कथामा परण्िात भए। झाले सबैको स्याबासी मात्रै पाएनन्, संगठनबाटै उनको कामको कदर भयो, दुई ग्रेड थपियो। प्रहरीको जुनियर अफिसर भए पनि सामुदायिक प्रहरीका सम्बन्धमा उनको ज्ञान र अनुभवका बारे सिंगो प्रहरी संगठन नै जानकार थियो।

समुदायसँग जोडिएर के के काम गर्न सकिन्छ, कसरी गर्न सकिन्छ भन्ने उनको रुचि त्यतिबेलै पलाएको हो। त्यही मेसोमा उनले पढाइ पुनः सुचारु गरे। त्रिभुवन विश्वविद्यालयबाट सामाजिक मानवशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरे। उनी अरू पढ्न चाहन्थे। तर, जागिर र उच्च तहको पढाइ सँगसँगै जानै नसक्ने भयो। सामान्य सिपाहीबाट इन्स्पेक्टर -प्रहरी निरीक्षक) भएका उनले २४ वर्षे जागिर चटक्कै छाडिदिए। उनी अनुभवको पेटारो बोकेर नयाँ कामको यात्रामा निस्किए। उनको रोजाइ थियो, गैरसरकारी संस्था।

धेरैका निम्ति दुई दशक लामो सेवा अवधिपछि रटिायर्ड जीवन सुरु हुन्थ्यो। तर, उनका निम्ति त्यसको ठीक उल्टो भयो। जागिर सकिनेबित्तिकै उनी गैरसरकारी संस्थाहरूतर्फ आकषिर्त भए। उनी केही साताका निम्ति तत्कालै संयुक्त राष्ट्र संघीय बालकोष -युनिसेफ)मा परामर्शदाता भए। त्यसपछि उनी हौसिए, समाजसँग जोडिएर कसरी काम गर्न सकिँदो रहेछ भनेर। भन्छन्, "सरकारी ढाँचामा बसेर महिना दिनमा नसकिने काम गैरसरकारी संस्थाको ढाँचाभित्र बसेर गर्दा साता दिनमै सकिने रहेछ।"

यसरी झाको जीवनको बाटो वषार्ंैपछि मोडियो, जसका निम्ति उनी तयार मात्रै थिएनन्, प्रतिबद्ध पनि थिए। भन्छन्, "म साँच्चै आफैँले पढेको र आफ्नै मनले खाएको काम गर्न पाएँ भनेर उत्साहित थिएँ।" आफ्नो पुरानो सम्पर्क र चिनजानले उनलाई गैससको क्षेत्रमा फड्को मार्न सघायो। पाँच वर्षअघि उनी जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग -जीआईजेड)मा काम गर्ने गरी बंगलादेश पुगे। लैंगिक समानतासम्बन्धी नीति निर्माण र कार्यान्वयन गर्ने काममा पुगेका झा एक वर्षदेखि भ्रष्टाचार नियन्त्रणका लागि न्याय पुनःनिर्माण परयिोजनाका संयोजकका हैसियतमा बंगलादेशको भ्रष्टाचार नियन्त्रणसम्बन्धी आयोग र कानुन मन्त्रालयसँग समन्वय गरेर काम गररिहेका छन्।

प्रहरीभित्रको परम्परागत संरचनामा बसेर काम गर्नु र गैससमा बसेर काम गर्नुका भिन्नताका फेहरस्ित उनीसँग छन्। भन्छन्, "कुन पदको मान्छेसँग कसरी कुरा गर्ने भन्ने नीति र नियमले नै बाँध्दो रहेछ।" तीन छोरीका पिता झालाई । कहिलेकाहीँ लाग्छ, तन्नेरी उमेरेमै रहर र कामको प्रकृति मिलेको भए धेरै माथि पुगिसकिन्थ्यो। तैपनि, केही छैन, उमेर र अनुभव दुवैले बूढो हुनु पनि सौभाग्य हो।





सिर्जना छाडेर व्यवस्थापनतिर

सुरज लामिछाने, ४३

पहिले : नाटककार, पटकथा लेखक

अहिले : नेपाल प्रमुख, सीता वल्र्ड ट्राभल्स



हिजोको सम्झना गर्दा पनि उद्वेलित हुन्छन्, सुरज लामिछाने। 'ओहो, कुनै दिन म त्यस्तो पनि थिएँ है' भन्ने बनाइदिन्छ उनलाई। किनभने, उनी हिजो जे थिए, अहिले त्यो छैनन्। पहिले उनी अक्षर, भाव, विम्ब र प्रतीकसँग खेल्थे। अहिले अंक र योजनासँग खेल्छन्।

६ कक्षामा पढ्दा नै उनी काठमाडौँको माइतीघरस्थित घरबाट लुखुरलुखुर हिँड्दै सिहंदरबारभित्र रहेको रेडियो नेपाल पस्थे। आफूले लेखेका कविता बुझाएर घर फर्किन्थे र रेडियोमा त्यही सुनेर कहिले मक्ख पर्थे, कहिले छक्क पर्थे। त्यसरी कविता पुर्‍याउन जाने तिनै सुरजसँग पछिपछि त कार्यक्रम सञ्चालकहरू फोन गरी गरी कविता माग्न थाले। तर, उनी कवितामै टक्क अडिएनन्।

एसएलसीपछि रेडियो नाटक लेख्न थाले उनले। ताली पाए, वाहवाही पाए र पछि नाटककार भए। त्यतिबेला चर्चित साहित्यकार विजय मल्लले फोन गरेर बधाई दिएपछि उनलाई लाग्यो, 'साँच्चै राम्रै लेख्दो रहेछु।' यो ०४३ सालतिरको कुरा थियो। सुरजले लेखेका झन्डै २५ भन्दा बढी नाटक त्यतिबेला रेडियो नेपालमा रेकर्ड भए र लाखौँ श्रोताका कानसम्म पुगे। त्यतिबेला पारश्रिमिकको त के मूल्य हुन्थ्यो र ! उनले माया भने हजारौँको पाए, फोन, चिट्ठी र भेटघाटबाट।

एसएलसी सकेर नेपाल ल क्याम्पसमा भर्ना हुँदा नै उनले सुनेका थिए, कानुन पढेको मान्छे सजिलै नेपाली सेनामा भर्ती हुन सक्छ। उनलाई चाहिँ कानुनमा उतिसारो रुचि थिएन। किनभने, रुचिजति नाटक लेखनमै आएर गुजुल्टिएको थियो। उनले लेखेको नाटक रेडियोको संसारबाट बाहिर निस्क्यो, रंगमञ्च र टेलिभिजनका पर्दासम्म। त्यतिबेलाको रंग स्रष्टा समूहले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको नाटक महोत्सवमा उनले लेखेको नाटक क्रमशः पापका सिर्जनाहरूले उपाधि नै चुम्यो। त्यसपछि त सुरज झनै चर्चाको चुलीमा पुगे। त्यतिबेलै उनले लेखेको अपराध र मृगतृष्णा शीर्षकको नाटक नेपाल टेलिभिजनबाट प्रसारण भयो। मृगतृष्णा नाटकमा त उनले सहायक निर्देशककै जिम्मेवारी सम्हाले।

यसरी नै जिन्दगी चल्छ कि चल्दैन ? वाहवाहीले मात्रै भविष्यको गाडी गुड्छ कि त्यसका निम्ति आर्थिक पक्ष पनि बलियो चाहिन्छ ? यस्ता प्रश्नले उनलाई लगातार चिमोटिरह्यो, जतिखेर उनी सिर्जनाको क्षेत्रमा आफ्नो गाढा पहिचान निर्माण गर्दै थिए। झन्डै दशक लामो सिर्जना यात्राको बाटो चटक्कै छाड्ने निर्णयमा उनी त्यतिबेला पुगे, जब यसरी जिन्दगी चल्दैन भन्ने निष्कर्षमा पुगे। उनको निर्णय धेरै साथीभाइका निम्ति प्रीतिकर भएन। तर, सुरज आफ्नो निर्णयबाट बदलिएनन्। भन्छन्, "परविारको अपेक्षा र मेरो बाटोबीच तालमेल मिलेन।"

खासमा सुरज आफ्नो बाटोको त्यो घुम्तीप्रति उति खुल्न चाहँदैनन्। धेरै प्रश्न सोधेपछि उनले यति मात्र भन्न चाहे, "नाटकको पारश्रिमिक माग्न जाँदा भीख मागेजस्तो गर्न थाले, त्यसैले। त्यतिबेला बलियो गाइड र प्रेरणा पाएको भए सिर्जनाको दुनियाँ छाड्दैन थिएँ होला।"

सिर्जनात्मकतालाई तिलाञ्जलि दिएर पर्यटन क्षेत्रमा हाम फाले। त्यसो त जागिरका सुरुका दिनमा सुरजलाई लागेको थियो, पेसा र सिर्जना सँगसँगै लैजाने। तर, बाटो मोडिएपछिका केही महिनामै उनले बुझे, यो त भ्रम रहेछ। सिर्जना र व्यस्त जागिरको डुंगामा एकैचोटि हिँड्न सकिँदो रहेनछ। यसरी एउटा सर्जकको अन्त्य भयो भने जागिरेको सुरुआत।

उनी एभरेस्ट एक्सप्रेस नामक ट्राभल कम्पनीमा प्रवेश गरे। पाँच वर्ष त्यहाँ काम गरेपछि ट्राभल नेट नामक अर्को कम्पनीमा बजार व्यवस्थापक भए। जागिरको यात्रामा सफलताका सिँढी चढ्दै गए। ६ वर्षदेखि भने उनी ट्राभल टुरज्िमका क्षेत्रमा ख्याति कमाएको स्टुडेन्ट इन्टरनेसनल ट्राभल्स एसोसिएसन

(सीता वल्र्ड ट्राभल्स) नामक अन्तर्राष्ट्रिय ट्राभल कम्पनीका नेपाल प्रमुख छन्, जसको मुख्यालय स्वीट्जरल्यान्डको जुरखिमा छ।

उनलाई सिर्जनाका कालखण्ड र अहिलेको समयबीचको फरक राम्रोसँग थाहा छ। भन्छन्, "त्यतिबेला आफ्नो मनले भनेको चीज मात्रै गरन्िथ्यो। तर, जागिरे जिम्मेवारीमा मन मात्रै अन्तिम सत्य नहुँदो रहेछ। मान्छे परििस्थतिहरूले बाँधिँदै जाँदो रहेछ।"

आफूले लेखेका धेरै नाटकका पाण्डुलिपि अहिले उनीसँग छैनन्। तर, उनको मनको कुनै कुनामा अझै पनि सिर्जनाप्रतिको सम्मान र अनुरागको रंग नखुइलिने गरी पोतिएको छ। तैपनि, सुरजको मनका कुनामा सिर्जनाका टुसाहरू जीवित नै छन्। १५ वर्षे छोराका बाबु सुरज भन्छन्, "फेर िसिर्जनाकै क्षेत्रमा फर्किने रहर छ, आत्मसन्तुष्टिका लागि।" तर, त्यसका निम्ति उनको अहिलेको यात्रा टुंगिनुपर्छ, जो उनी चाहँदैनन्।
साभार : नेपाल सप्त्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis