राजेश हमाल -२६)
दस हिरोको छनोटमा राजेश हमालले सबभन्दा धेरै मत पाए । नेपाली फिल्मका 'महानायक'को उपाधि पाएका राजेशले फिल्म उद्योगमा बीस वर्ष पूरा गरिसकेका छन् । र, यो अवधिमा उनी करिब हरेक वर्षजसो एक नम्बरमा छन् । फिल्ममा प्रायः गरिब
मजदुरको भूमिका गरे पनि राजेशलाई लोकपि्रय बनाउन उनको 'खानदानी' पृष्ठभूमिले गतिलै भूमिका गर्ने गरेको छ । पढेलेखेको र अंग्रेजी जान्ने हिरोका रूपमा पनि राजेशले छुट्टै इज्जत कमाएका छन् । नेपाली फिल्म प्रायः नहेर्ने सहरिया उपल्लो वर्गका नेपालीका लागि उनी नेपाली फिल्मका 'सद्भावना दूत' पनि हुन् ।
२०४६ सालमा बहुदलसँगै पर्दामा राजेश आएका थिए । परिवर्तन र प्रगतिको आशा बढेका बेला लामो कपाल, अग्लो र बलिष्ठ ज्यान भएका राजेश त्यो आशाको प्रतीकका रूपमा प्रकट भएका थिए । जनताका अरू आशाको हिसाब किताब छुट्टै होला तर राजेश हमालले यी वर्षमा एकनाश र उस्तै फिल्म खेलेर पनि लोकपि्रयता पाइराखे । 'युगदेखि युगसम्म', 'देउता', 'वसन्ती', 'सिमाना', 'भीष्म प्रतिज्ञा' लगायत डेढ सय जति फिल्ममा राजेशले अभिनय गरेका छन् ।
सरोज खनाल -२५)
एउटा पुस्ताका दर्शकका लागि नेपाली फिल्म अभिनयको उत्कर्ष सरोज खनालमा पुगेर टुंगिन्छ । रंगमञ्चबाट फिल्ममा छिरेका सरोजले केही टेलिफिल्मबाट पनि आपmनो पmयान फलोइङ बढाए । करिअरको मध्यतिर आइपुगेपछि अमेरिका भासिएका सरोजको नोस्टालजिया बोकेका दर्शकले भने उनलाई अहिले पनि यतैतिर पाउँछन् । केही पुराना फिल्मका डीभीडी र आपmनो बेलाका दर्शकका स्मृतिमा बाँचिरहेका अभिनेता सरोज यो सर्वेक्षणमा राजेश हमालको टक्करमा देखिए । निकै छोटो स्मृति हुने मानिसहरूका माझ दस वर्षअघि अन्तिपटक पर्दामा देखिएको अभिनेताको छाप यति धेरै हुनु भनेको चानचुने कुरा होइन । यसका लागि अभिनयको विशिष्ट कला र प्रतिभा हुनैपर्छ । यसैले पनि सरोज यति माथि पर्नुलाई सामान्य मान्न सकिन्छ । सरोजले अभिनय गरेका 'विजय पराजय', 'सारंगी', 'मोहनी', 'प्रेमपिण्ड', 'चुनौती' जस्ता फिल्म चर्चित बनेका थिए ।
भुवन केसी -२४)
राजेश हमाललाई 'महानायक' भनिएको भुवन केसीलाई मनपर्दैन । तर, उनी यो उपाधिको खुलेर दाबी पनि गर्दैनन् । आजकल उनको रुचि 'पोलिटिक्स' तिर बढी तानिएको छ । तर, 'पोलिटिक्स'को रुचि भने उनीतिर खासै तानिएजस्तो लाग्दैन । यसैले उनले काठमाडौंबाट पाएको टिकट पनि फुत्कियो ।
पचास वर्षको नेपाली फिल्मको इतिहासमा कुनै हिरोको सबभन्दा धेरै हिट फिल्मको रेसियो छ भने त्यो भुवनकै होला । साइनो, तृष्णा, सम्झना, कन्यादान, कुसुमे रुमाल, चिनो, सपना, करोडपति, नेपालीबाबु, दक्षिणादेखि म तिमीबिना मरिहाल्छुसम्म यो सुची निकै लामो हुनजान्छ । मध्यम कदका भएर पनि जुँगा, डिंगो बुट र चकलेटी हाँसोका कारण भुवन कहिल्यै बूढो नमानिने हिरोमा पर्छन् । सरोज खनालजस्तै एउटा पुस्ता 'हिरो'को चमकको खोजीमा भुवन केसीमा आएर रोकिने गर्छ ।
सौगात मल्ल -२०)
केही वर्षअघिसम्म सौगात पुरानो बानेश्वरको ढिस्कोमा गुरुकुलमा देखिन्थे । करिब राजेश हमालको जस्तै शारीरिक सुगठन भएका सौगात नाटकमा अनेकथरी भूमिकामा देखिन्थे । भूषण दाहालको फिल्म 'कागबेनी'बाट हिरो हुँदा ठूलो मासले उनलाई खासै वास्ता गरेन । तर, जब निश्चल बस्नेतको 'लुट'मा उनी काठमाडौंको भट्टी साहु हाकु कालेको भूमिकामा देखिए, स्थिति बदलियो ।
रंगमञ्चबाट निखारिएको अभिनय र एक्सन फिल्मको हिरोको जस्तो शरिर भएका कारण सौगात अहिले धेरै निर्देशकको पहिलो रोजाइमा पर्छन् । 'छड्के'जस्ता केही फिल्मको असफलताले पनि उनलाई खासै फरक परेको छैन । 'वधशाला' जस्तो फिल्मबाट उनले प्रशंसा कमाए । नयाँ छिमलका अभिनेतामध्ये उनी सबैभन्दा मन पराइएबाट पनि यो कुरा थाहा हुन्छ ।
शिव श्रेष्ठ -१७)
नेपाली फिल्मका सबभन्दा ठूला स्टारको रेसमा राजेश र भुवनसँग सधैं हुने शिव श्रेष्ठ हुन् । उनलाई धेरैले नेपाली फिल्मको 'ठूल्दाइ' पनि भन्छन् । यो सर्वेक्षणमा उनी सौगातभन्दा पछाडि परे पनि शिव श्रेष्ठको 'चार्म' घटेको छैन । 'ट्रक ड्राइभर', 'चिनो', 'जीवनरेखा', 'ठूल्दाइ' जस्ता फिल्मले उनलाई स्टार बनाएका थिए ।
भुवन वा राजेशजस्तो अहिले पनि हिरो भएर उनी खासै फिल्म खेल्दैनन् । तैपनि, शिव समाचारमा भने आइरहन्छन् । प्रायः व्यक्तिगत जीवनका कारण । उमेर छिप्पिएपछि विवाह गरेका कारण उनी केही समय चर्चामा थिए । बीचमा राजनीतिको चस्काले पनि उनलाई छोएको थियो । यी साईभक्तलाई पर्दामा देख्न दर्शकहरू अहिले पनि इच्छुक छन् ।
करिश्मा मानन्धर -३२)
नेपाली फिल्मकी सबभन्दा सुन्दर अभिनेत्री मानिने करिश्माले यो सूचीमा पनि सबैलाई पछाडि छोडिन् । उमेर ढल्किंदै जाँदा पनि सुन्दरता गुम्न नदिएकी करिश्मा केही समयको विदेश बसाइपछि अहिले फेरि नेपाली फिल्म उद्योगमा जम्न थालेकी छन् । अभिनय मामिलामा गौरी मल्ललाई एक नम्बर मानिए पनि समग्रमा करिश्माले उनलाई उछिनिन् । करिश्माका 'ट्रक ड्राइभर', 'सारंगी', 'वसन्ती', 'अल्लारे', 'साथी'जस्ता फिल्म चर्चित छन् ।
गौरी मल्ल -२७)
नेपाली फिल्म अभिनयमा अभिनेतामा सरोज खनालजस्तै अभिनेत्रीमा गौरी मल्लको स्थान छ । आपmनो पहिलो फिल्मदेखि नै गौरीले दर्शकमा अभिनयको छाप छोड्न सकेकी छन् । मुख्य हिरोइनका रूपमा मात्र नभएर उनले भाउजू र आमाको भूमिकामा पनि केही फिल्ममा अभिनय गरिन् । 'कन्यादान', स्वर्ग', 'चिनो', 'मुकुन्डो' उनका केही चर्चित फिल्म हुन् ।
मिथिला शर्मा -१८)
गौरी मल्लकै समकालीन र अभिनयमा पनि उत्तिकै क्षमतावान् अभिनेत्री हुन् मिथिला शर्मा । मिथिलाको थप विशेषता उनी नृत्यमा पनि पारंगत छिन् । हिरोइनका रूपमा थोरै फिल्म खेलेकी मिथिलाले अन्य सहायक चरित्रमा धेरै अभिनय गरिन् । पछिल्लो समय त उनी नेपाली फिल्मकी स्थायी 'आमा' बनेकी छन्, प्रायः फिल्ममा आमाको भूमिकामा देखिएर । मुख्य भूमिका नभए पनि प्रतीभावान कलाकार अरू भूमिकाबाटै लोकपि्रय हुनसक्छ भन्ने उदाहरण मिथिला हुन् ।
निरुता सिंह -१४)
तुलसी घिमिरेले फिल्ममा ल्याएकी निरुता अहिले खासै फिल्म खेल्दिनन् । तर, उनले अभिनय गरेका फिल्महरू अहिले पनि चर्चित छन् । 'दक्षिणा'देखि 'दर्पण छायाँ' हुँदै 'आफन्त'सम्म । केही समय बलिउडमा संघर्ष गर्न पुगेकी निरुताले तुलसी घिमिरे बाहेकका निर्देशकसँग पनि फिल्महरूमा अभिनय गरिन् । र, आफ्नै किसिमको सालीन अभिनयको बान्की बनाइन् ।
रेखा थापा -१४)
चुनावको माहोलमा राजनीतिक संलग्नताले बढी चर्चा पाएकी रेखा नेपाली फिल्मकी सफलतम् अभिनेत्रीमध्ये पर्छिन् । दस वर्षको करिअरमा उनले निकै धेरै फिल्ममा अभिनय गरिन् । निर्मात्री बनेर केही हिट फिल्म पनि दिइन् । पछिल्लो छिमलका डिजिटल फिल्मको बिगबिगीमा पनि उनी टिकिरहेकी छन् । कुनै बेला रेखा आपmनो ग्ल्यामरस अवतार र अभिनयका कारण फिल्मका लागि हिरोभन्दा बढी महत्त्वपूर्ण बन्न पुगेकी थिइन् ।
करिश्मा, गौरी, मिथिला, निरुता र रेखापछि पुरानी अभिनेत्री कृष्टि मैनाली आइन् । उनले १० मत पाइन् । पछिल्लो पुस्ताकी अभिनेत्री दिया मास्के र नम्रता श्रेष्ठ पनि लोकपि्रय देखिए । यी दुवैले ९ मत पाए । यसपछि तृप्ती नाडकर, केकी अधिकारी र निशा अधिकारीले ८-८ मत पाए । यसपछि भने शर्मिला मल्लले ७ तथा भुवन चन्द, वसुन्धरा भुसाल र ऋचा शर्माले ६ तथा जल शाहले ४ मत पाए । सुशीला रायमाझी, मौसमी मल्ल, झरना बज्राचार्य, पि्रयंका कार्की, शुभद्रा अधिकारी र विपना थापाले ३ मत पाए । शकुन्तला शर्मा, अंशुमाला शाही, मिनाक्षी आनन्द र नीता ढुंगानाले २ मत पाए । सृजना बस्नेतदेखि रिमा विश्वकर्मासम्मका १४ जना अभिनेत्रीले १-१ मत पाए । सर्वेक्षणमा सहभागी
सबैले यो विधामा पाँचै भोट नहालेकाले पनि
अभिनेत्रीहरुले कम मत पाएका हुन् ।
सर्वेक्षणले अभिनेतामा जस्तै अभिनेत्रीमा पनि पुराना नै बढी लोकपि्रय भएको देखायो । मनीषा कोइराला, झरना थापाजस्ता चर्चित अभिनेत्रीले जम्मा एक मत पाए भने विना बुढाथोकी, पूजा चन्द, सज्जा मैनाली, अरूणिमा लम्सालजस्ता अभिनेत्रीले एक मत पनि पाएनन् ।
साभार : कोशेली

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !