मेरो मोटरसाइकलको आ.व. २०७०/७१ को ब्लु बुकको म्याद सकिने मिति २०७०।०६।१५ गते थियो । मिति २०७०।०६।०७ गते सवारी कर रु.३५००।- तथा ब्लु बुक नविकरण शुल्क रु ४०।-
गरेर जम्मा रु ३५४०।– यातायात ब्यवस्था कार्यालय सानो भर्याङ, स्वयम्भूमा बुझाएको थिएँ ।
नियम अनुसार कर तथा नविकरण शुल्क बुझाएपछि मेरो ब्लु बुकको म्याद सकिने मिति २०७१।०६।१५ गते हुनु पर्ने थियो तर ब्लु बुकमा म्याद सकिने मिति २०७१।०६।०६ गते उल्लेख गरिएको छ ।
त्यसो हुनुको कारण बारे सोधी गर्दा उक्त कार्यालयका शाखा अधिकृतबाट ब्लु बुकको म्याद सवारी करको रसिद काटेको मितिबाट १ बर्षसम्म मात्र कायम हुने जानकारी पाइयो । यदि यस्तो नियम हो भने समय भन्दा पछाडि कर तिर्दाको त्यो पनि जरिवाना सहितको अवस्थामा भने यो नियम किन लागू हुँदैन ? समय भन्दा अगाडि मैले सरकारी कर तिर्दा मलाई बर्षको रु ३५४०।– को दरले ९ दिनको रु ८७।२१ पैसा जरिवाना लागेको छ जुन प्रष्ट हेर्दा जरिवाना जस्तो देखिंदैन ।
सरकारलाई तिर्नु पर्ने पैसा समय भन्दा ९ दिन अगाडि तिर्नुमा मेरो के अपराध थियो र मलाई नदेखिने हिसाबले जरिवाना गरियो ? यदि यो जरिवाना होइन भने ९ दिनको कर बापतको मेरो रु ८७।२१ कस्ले ब्यहोर्छ ? के जनतालाई सरकारले यसरी ठाडै ठग्न मिल्छ ?

साभार : माई संसार

Yataayat ma sab CHORAI CHOR haru chhan
ReplyDelete