CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » कतारमा ‘सबै नेपाली सुरक्षित र पूर्ण सम्मानित’ छन् भन्नेले सच्याए – म दूतावासको सल्लाहकार हैन

कतारमा ‘सबै नेपाली सुरक्षित र पूर्ण सम्मानित’ छन् भन्नेले सच्याए – म दूतावासको सल्लाहकार हैन

“हामी जोड दिएर भन्न चाहन्छौँ कि सबै नेपाली कामदारहरु सुरक्षित र पूर्ण सम्मानित छन्।”

“We also stress that all Nepali workers are safe and fully respected”
-Mohammad Ramadan
कतारमा रहेका सबै नेपालीको सुरक्षा र सम्मानको ग्यारेन्टी लिने यी बन्धुलाई बेलायती समाचार एजेन्सीले employed by the Nepali government as a legal advisor अर्थात् नेपाल सरकारले कानुनी सल्लाहकारका रुपमा रोजगारी दिएका
व्यक्ति भनेर चिनाएको थियो। (प्रमाणः यहाँ क्लिक गरी हेर्नुस्)। रोयटर्सलाई नै उद्‌धृत गर्दै अलबावाबाले पनि समाचार छापेको थियो। गार्डियनले पनि त्यही लेखेको छ।
त्यसैगरी गल्फ टाइम्सले पनि उनको परिचय त्यसरी नै दिएको छ-
Mohamed Ramadan, a legal adviser for the Nepalese nationals in Qatar, and Narendra Bahadur Bhat, co-ordinator of Non- Resident Nepalese Association (NARA) Middle East, were present on the occasion. (प्रमाण : यहाँ क्लिक गर्नुस्)
gulftimes
कतारको चाकडी गरेर गल्फ न्युजको पहिलो पेजमा छाएका नेपालीहरु। पूरै पत्रिका पिडिएफमा पढ्नयहाँ क्लिक गर्नुस्।
कतारमा ‘सबै नेपाली सुरक्षित र पूर्ण सम्मानित’ रहेको दावी गर्नलाई आयोजना गरिएको यो कार्यक्रममा उनले आफूलाई के भनेर परिचय दिएका रहेछन्, त्यो त थाहा भएन तर सबै मिडियाले एउटै खाले गल्ती त गर्नु नपर्ने ! गल्ती नै गरे मान्नुपरो। किनभने उनी आफूले आज फेसबुकमा लेखेर भनेका छन्- म दूतावासको सल्लाहकार हैन। हेर्नुस् उनको स्टायटस-
गल्फ टाइम्सले त केही नेपालीहरुले वाहवाह गरेर नथाकेका भूपू राजदूत मायाकुमारी शर्माले बीबीसीसित कामदारको अवस्थाबारे कहिल्यै कुरा नगरेको बताएको पनि लेखेको रहेछ। बीबीसी साझा सवालमा उनको अन्तर्वार्ता हेरेको त भन्ने सोचिरहनुभएको ? फुटाइदिनुस् आँखा, गलत देख्ने रहेछ तपाईँको आँखाले। शर्माले गार्डियनको रिपोर्ट पत्रकारको कल्पना र आधारहीन भएको पनि बताएकी रहिछिन्-
jail
गार्डियनको रिपोर्ट “wholly baseless”
Asked if she had mentioned Qatar as an “open jail” at any stage , Sharma said she never said so and “it was the creation” of one of the journalists that visited Qatar.
The outgoing Nepalese ambassador Maya Kumari Sharma yesterday denied that she had ever spoken to BBC about the working conditions of her compatriots in Qatar and termed a report in London’s Guardian newspaper on the issue as “a figment of the journalist’s imagination”.(प्रमाणः यहाँ क्लिक गर्नुस्)
के भनेकी थिइन् त ?
NHRC
गल्फ टाइम्समा छापिएको यो फोटो हेर्नुस्। सबै नेपालीको सम्मान र सुरक्षाको ग्यारेन्टी लिने नेपाली प्रतिनिधिहरु को को हुन् मैले त चिनिनँ। पत्रिकामा बीचका एक जना मान्छेको मात्रै नाम चिनाइएको छ क्याप्सनमा- Dr al-Marri, the chairman of National Human Rights Committee।
साभार : माई संसार 


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis