CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » राजेश हमाल नाटक गर्दै

राजेश हमाल नाटक गर्दै

काठमाडौं, १७ असोज । नेपाली चलचित्रका ‘सुपरस्टार’ अभिनेता राजेश हमाललाई अब रंगमञ्चमा पनि देखिने भएको छ । अभिनेता हमाल यतिबेला नाटक ‘कोट मार्सल’को रिहर्सलमा ब्यस्त हुनुहुन्छ ।
रंगमञ्चका चर्चित निर्देशक तथा अभिनेता अनुप बरालको निर्देशनमा
तयार हुन लागेको ‘कोट मार्सल’को रिहर्सल यतिबेला नारायणाहिटीको उत्तरढोकास्थित थिएटर भिलेजमा भईरहेको निर्देशक बरालले हामीलाई जानकारी दिनुभयो । भारतीय नाटककार स्वदेश दीपकको ‘कोट मार्सल’लाई बरालले नै नेपालीमा अनुवाद गर्नुभएको छ । अभिनेता हमालले नाटकमा कर्नेल रुपक सिंहको भूमिका पाउनुभएको छ ।
‘कोट मार्सलको रिहर्सल अस्तिबाट सुरु भएको छ । राजेश हमाल रिहर्सलका लागि थिएटर भिलेज आईरहनुभएको छ’–निर्देशक बरालले आज हामीसँग भन्नुभयो–‘नोभेम्बर २२ तारिखदेखि एक महिनासम्म थिएटर भिलेजमा यो नाटक मञ्चन हुनेछ ।’
निर्देशक बरालका अनुसार ‘कोट मार्सल’मा रंगकर्मी सुनिल पोखरेल, उपन्यासकार नयनराज पाण्डेसहित, दिलभुषण पाठक दयाहाङ राई, दिया मास्के लगायतको अभिनय रहने छ । नाटक एक तल्लो तहको सैनिक जवानले सिनियर अफिसरलाई गोली हानेपछि उसमाथि हुने ‘कोट मार्सल’मा आधारित रहेको पनि बरालले जानकारी दिनुभयो ।
दुई दशक बढी समय नेपाली चलचित्रमा बिताईसक्नुभएका अभिनेता हमालले नाटकमा भने दोस्रो पटक अभिनय गर्न लाग्नुभएको हो । यसअघि उहाँले फिल्म क्षेत्रमा प्रवेश गर्नुपूर्व नै शेक्सपियरको एक नाटकमा अभिनय गर्नुभएको थियो । यद्यपी अभिनेता हमाल नेपाली रंगमञ्चमा भने पहिलो पटक देखिन लाग्नुभएको हो ।
‘कोस मार्सल’को सेट डिजाइन शिलाशा राजभण्डारी र हितमान गुरुङले गर्दै हुनुहुन्छ भने संगीत संयोजनमा जेशन गुरुङ रहनुभएको छ ।
साभार : हाम्रो कुरा
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis