CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » वाइनले दिने सौन्दर्य

वाइनले दिने सौन्दर्य

वाइनले दिने सौन्दर्य
चकलेट फेसियल, फ्रुट फेसियलबारे हामीले धेरै सुनेका र देखेका छौँ। अहिले वाइन फेसियल सौन्दर्य संसारमा चर्चाको विषय भएको छ। वाइनको प्रयोगले गरिने फेसियललाई वाइन फेसियल भनिन्छ। यसमा रेड, ह्वाइट या रोज वाइनको प्रयोग गरिन्छ। वाइनस“ग वनस्पति, फूल र सुगन्धित तेलहरू पनि प्रयोग गरिन्छ। वाइन एन्टिसेप्टिक हुने भएकाले यसले अनुहारमा चाउरीपनको समस्यालाई हल गर्छ। साथै, छालालाई नरम बनाउँछ। छालाका मृत्त कोष हटाउन पनि मद्दत गर्छ।वाइन फेसियल गर्नाले वाइनमा भएको एन्टिअक्सिडेन्टले अनुहारको छाला टाइट बनाउँछ। छालाका किसिम अनुसार वाइनका अलग अलग प्रकार फेसियलमा प्रयोग गरिन्छ। रेड वाइनमा एन्टिएजिङ तत्व पाइन्छ भने ह्वाइट वाइनको प्रयोगले छाला टाइट हुन्छ। यसले डन्डीफोरलाई पनि ठीक गर्छ। अनुहारको छाला सेन्सिटिभ छ भने वाइनमा रोजवाटर मिसाउनुपर्ने हुन्छ। सुक्खा छाला हुनेले वाइनसँग बदामको पेस्ट मिसाउनुपर्छ। अइली छाला हुनेहरूले भने वाइनमा एलोभेरा मिसाएर फेसियल गर्नुपर्छ। 
वाइन फेसियलले अनुहारमा चमक ल्याउँछ। यसले तनाव कम गर्न पनि मद्दत गर्छ।
घरैमा बसेर पनि तपाईं वाइन फेसियल गर्न सक्नुहुन्छ।
–सबैभन्दा पहिले अनुहार राम्रोसँग धोएर म्वइस्चराइजर लगाउने। 
–पाँच/सात मिनेटपछि कटनले अनुहार पुछ्ने र अनुहारलाई पाँच मिनेटसम्म बाफ दिने।
–त्यसपछि अनुहारमा वाइनको मिश्रण लगाउने र औँलाले बिस्तारै मसाज गर्ने 
–अनुहार कटनले पुछेर वाइन फेसमास्क लगाउने।
कसरी बनाउने वाइन फेसमास्क?
सुक्खा छालाका लागिः
ठूलो तीन चम्चा रेड वाइन, आधा ठूलो चम्चा  एलोभेरा जेल र एउटा ठूलो चम्चा मह मिसाउने। त्यसमा दुई थोपा लेभेन्डर अइल मिलाएर अनुहारमा लगाउने। २० मिनेटपछि मनतातो पानीले मुख धुने।
चिल्लो छालाका लागिः
ठूलो तीन चम्चा रेड वाइनमा दही र दुई थोपा टि्रट्री अइल मिलाउने। त्यसपछि अनुहारमा लगाउने र २० मिनट पछि अनुहार पखाल्ने।
साभार : नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis