किशोरीको अनमोल घेरा
फिल्म होस्टेलको प्रचारका लागि पोखरा विमानस्थलमा पुग्दा एक हूल किशोरीबाट घेरिए, अनमोल केसी। अटोग्राफ लिँदै गरेकी एउटीले त मुखै खोलिन्, "अनमोलले माने त बिहे नै गर्ने थिएँ।" अर्की एक मोडलले त सञ्चारमाध्यममार्फत उनलाई डेटिङ्को प्रस्ताव राखिछन्। एसएमएस र
फोनमार्फत सताउने त थुप्रै छन्। त्यसरी सताउनेलाई भेटिहाल्ने मन गर्दैनन् उनी। किनभने, पिता भुवन केसीको नाम युवतीहरूसँग जोडिएको उनलाई मन पर्दैन। खाँटी कुराचाहिँ अनमोलका अहिलेसम्म गर्लफ्रेन्ड नै छैनन्। भन्दै थिए, "म यस्तो लफडामा पर्दिनँ।"
Labels:
Entertainment,
Movies,
Society
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !