CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अमेरिकामा तीन दिने आमहड्ताल र चक्काजाम

अमेरिकामा तीन दिने आमहड्ताल र चक्काजाम

shutdownThe American people are sick and tired of the corruption that is destroying America! We therefore declare a GENERAL STRIKE on the weekend of October 11-13, 2013! Truck drivers will not haul freight! Americans can strike in solidarity with truck drivers!
विपक्षी रिपब्लिकन र सत्तापक्षीय डेमोक्रेटहरुको राजनीतिक खिचातानी र मेरो गोरुको बाह्रै टकाबीच अमेरिका सरकार बन्द
१२ औँ दिनसम्म लम्बिरहँदा १ लाख ९० हजारभन्दा बढी लाइक भएको फेसबुक पेज ट्रकर्स राइड फर कन्स्टिच्युसनले तीन दिने आम हड्तालको घोषणा यसरी गरेको हो। पूरै अमेरिकामा आम हड्ताल त गर्‍यागर्‍यै हो तर खासमा योजना भने राजधानी वासिङटन डिसीमा ट्रक ड्राइभरहरुले तीन दिन चक्काजाम गर्ने थियो। सरकार बन्दबाट पीडित भएका ट्रक ड्राइभरहरुले वासिङटनको मुख्य सडकमा ट्रक तेर्स्याएर चक्काजाम गर्ने योजना बनाएका हुन्। उनीहरुको माग पनि कडा छ। 
Truckerssupport3
फक्सन्युजसित कुरा गर्दै कार्यक्रम आयोजकका प्रवक्ता पिटर सान्टिल्लीले मंगलबार भनेका थिए, “हाम्रा माग जस्ताको तस्तै पूरा हुनुपर्छ। राष्ट्रपति ओबामालाई अमेरिकाविरुद्ध अपराध गरेकोले कार्यालयबाट हटाइनु पर्छ र सबै अस‌ंवैधानिक कार्यकारी आदेशहरुलाई बदर गर्नुपर्छ। यसलाई कानुनी रुपमा कसरी पूरा गर्न सकिन्छ त्यो कानुन र संविधानविद्‌हरुले निर्णय गर्ने कुरा हो।”
मान्छे यतिविधि यसै रिसाउँदैन। वासिङटन पोस्टले अहिलेको सरकार बन्दबाट पीडित केहीट्रकधनीहरुको पीडा छापेको छ।
लेथ मन्सुरको आम्दानी ६५ प्रतिशतले घटेछ। १२ जना कर्मचारीलाई कसरी पाल्ने? गएको सोमबारसम्म बन्द नहटे आफ्ना ट्रकहरु नचलाउने उनले बताएका थिए। अर्का ट्रक सञ्चालक जोश साल्टजम्यानको व्यापार ५० प्रतिशतले घटेको छ। उनले पनि ट्रक नचलाउने निर्णय गरिसकेका छन्। खासमा यी खानेकुरा बोक्ने ट्रकहरु हुन्। सरकारी कर्मचारीहरु सरकार बन्दका क्रममा घरैमा बस्न बाध्य भएकाले र उनीहरुले तलब पनि नपाएकाले खर्च गर्ने क्षमता कम भएकाले यी ट्रकको व्यापार प्रभावित हुन पुगेको हो। ट्रक मालिकहरु घाटामा गएपछि ट्रक चालकसहित कर्मचारीहरु पाल्ने कुरा भएन, उनीहरु पनि बेरोजगार।
आफ्नो रोजिरोटी नै खोसिने अनि गरी खान नदिएपछि के चुप बस्थे त उनीहरु? हिँडे चक्काजाम गर्न। ३ हजारभन्दा बढी ट्रकर्स अनि पैदलै थप हजारौँले शुक्रबारदेखि वासिङटन डिसीमा चक्काजाम गर्ने कार्यक्रमका साथ। अमेरिकी अर्थतन्त्रका मेरुदण्ड मानिने ट्रक ड्राइभरहरुको यो अभियानमा अब अरुले पनि चासो देखाउन थालेका छन्। अब अति भयो, सरकारले जनताको दुःख बुझेन, देश बचाउनु पर्‍यो जस्ता कुरा सुनिन थालेका छन्।
प्याट्रिक हेन्निङसेनले आरटी डट कममा लेखेका छन्, ‘धेरै प्रचार भएको तर खासै उपलब्धि नभएको अकुपाइ मुभमेन्टभन्दा यो फरक छ। ट्रकरहरुसँग संवैधानिक मागका विस्तृत बुँदाहरु छन्।’
अकुपाइ आन्दोलन जस्तै यो अकालमै मर्ने हो कि यसले चर्को रुप लिने हो, समयले देखाउनेछ।
आन्दोलनमा सेन्सरसिप
ट्रकरहरुको आन्दोलनलाई निस्तेज गर्ने प्रयासहरु पनि नभएका हैनन्। ट्रकरहरुको अभियानको प्रचार व्यापक हुन थालेपछि राइड फर कन्स्टिच्युसनका आयोजकहरुका व्यक्तिगत पेजहरुका पुराना फेसबुक पोस्ट र लाइकहरु खोजेर उनीहरुको बदनाम गराउने अभियान सुरु भएको छ। सेन्सरसिपको तरवार पनि उनीहरुको घाँटीमा झुण्डियो। राइड फर कन्स्टिच्युसनको फेसबुक पेज ८६ हजार लाइक पाइसकेपछि बन्द गरियो। यसको ट्विटर अकाउन्ट पनि फेसबुक पेज जस्तै छ दिनपछि नै बन्द गरियो। दुवै सोसल नेटवर्कका अकाउन्ट बन्द गर्ने काम अज्ञात व्यक्तिको उजुरीको आधारमा गरिएको बताइयो। आयोजकले यो विरुद्ध कानुनी लडाइँसमेत गर्ने बताएको छ।
आन्दोलनको भिडियो-
truckers-3
अन्यौलको आन्दोलन
खासमा युएस न्युज एन्ड वर्ल्ड रिपोर्टमा ट्रकरका साह्रै चर्का कुरा – शपथ भङ्ग गर्नेलाई पुलिसले पक्रनु पर्ने, नभए ट्रकरहरुले पक्रने- आएपछि यो खबर सबतिर फैलिएको हो। कति दिन त अन्यौलै रह्यो। वासिङटन पोस्टले ८ अक्टोबरमा यसलाई हल्लामात्रै भएको खबर छाप्यो। दुई दिनपछि उसैले यो हल्ला हैन भनेर छाप्यो। इन्टरनेसन बिजनेस टाइम्स पनि त्यस्तै अन्यौलमा रह्यो। आन्दोलनकै दिन बल्ल थाहा भयो, हल्लामात्रै पनि हैन रहेछ, हल्ला गरे जस्तै पनि हैन रहेछ। सयौँ हैन, केही दर्जन भने आन्दोलन गर्न आए। एनबिसी वासिङटनसिबिएस सिक्सले साँच्चिकै केही दर्जन आन्दोलनकारी आएको रिपोर्टिङ गरे। पहिलो दिनको कमजोर उपस्थितिका बावजुद बाँकी दुई दिनमा उनीहरुको उपस्थिति कस्तो हुनेछ, हेर्न बाँकी छ।
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis