CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेपाली फिल्मको आधा शताब्दी : गज्जब रिपोर्ट

नेपाली फिल्मको आधा शताब्दी : गज्जब रिपोर्ट


काठमाडौ, आश्विन १८ - 
नेपाली फिल्मले आधा शताब्दीको इतिहास बनाएको छ । नेपालमा बनेको पहिलो फिचर फिल्म 'आमा'को निर्माण सुरु भएको वर्ष २०२० लाई मानेर गन्दा यो वर्ष नेपालमा फिल्म बनेको पचास वर्ष पुगेको छ । तर, तथ्यहरूमा प्रायः विवाद
पनि सँगै जोडिएर आउँछन् । यो पचास वर्षे उत्सवमा पनि अर्को एउटा 'एंगल' थपिएको छ, जसले नेपाली फिल्मले केहीअघि नै पचास वर्ष पूरा गरेको दाबी गर्छ । 

'आमा' बन्नुअघि नै राज महेन्द्रको जन्मोत्सवसम्बन्धी एउटा डकुमेन्ट्री २०१८ सालमै बनिसकेको थियो । यसलाई 'आमा' कै निर्देशक हिरासिंह खत्रीले बनाएका थिए । यसबाट गणना गर्दा यो वर्ष नेपाली फिल्म ५२ वर्षको भएको छ । संसारमा फिल्मको इतिहास फिचर फिल्मबाट नभई, एउटा फुटेजबाट गरिने भएकाले नेपालमा पनि डकुमेन्ट्रीबाटै गणना गर्नुपर्छ भन्ने मत छ । जे भए पनि, नेपालले फिचर फिल्म र डकुमेन्ट्री दुवैमा आधा शताब्दी कटाएकोमा भने कुनै विवाद छैन । 

यो आधा शताब्दीको अवसर पारेर यसपालि हामीले नेपाली समाजका केही गन्यमान्य व्यक्ति र युवाहरूलाई नेपाली फिल्मसम्बन्धी पाँच प्रश्न गर्‍यो । यी प्रश्नको उत्तरको आधारमा हामीले एउटा सानो विशेषज्ञ सर्वेक्षण गरेका छौं, जसको नतिजा यो अंकमा प्रस्तुत गरिएको छ । यो सर्वेक्षणका लागि पचासजना व्यक्तिलाई निणर्ायक वा उत्तरदाताका रूपमा छनोट गरिएको छ । यसमा फिल्म, साहित्य, पत्रकारिता, चित्रकारिता, खेलकुद, व्यापार, व्यवसाय, पेसाकर्म, राजनीतिकर्म र फोटोग्राफीका व्यक्तिहरूलाई समावेश गरिएको छ । कुनै न कुनै रूपमा कला र समाजका विभिन्न आयमसँग जोडिएका यी व्यक्तित्वका जवाफलाई आधार मानेर केही तथ्यांक हामीले निकालेका छौं । 

पसास वर्षमा बनेका सबभन्दा राम्रा पचास फिल्मको सूची बनाउनु यो सर्वेक्षणको मुख्य लक्ष्य थियो । गैरफिल्मी क्षेत्रका व्यक्तित्वलाई पनि उत्तरदातामा समावेश गरिएकाले प्रत्येकसँग पचास फिल्मको सूची माग्नु व्यावहारिक देखिएन । यसैले हामीले सहभागीहरूसँग दस फिल्मको सूची माग्यौं । यसरी प्रत्येकले फरक-फरक फिल्मको नाम दिएको खण्डमा जम्मा ५ सय फिल्मले मत पाउँथे । तर, सहभागीहरूको रुचि मिलेको र कतिपयले दसैजनाको नाम नदिएकाले जम्मा ९३ फिल्मले मत पाए । सबभन्दा पछिल्लोपटक हेरेको फिल्मको छाप बढी बस्ने भएकाले हो वा अन्य कारणले पछिल्लो समयको चर्चित फिल्म 'लुट'ले सबभन्दा बढी मत पायो । केही आपmनो समयका चर्चित र सफल फिल्मले एक मत पनि पाएका छैनन् । यसका बारे विस्तृतमा भित्रका पेजमा चर्चा गरिएको छ । यस्तै हामीले सहभागीहरूलाई मन पर्ने पाँच निर्देशक, अभिनेता र अभिनेत्रीका बारे पनि प्रश्न गरेका थियौं । निर्देशकमा तुलसी घिमिरे, प्रकाश थापा, शिव रेग्मी, निश्चल बस्नेत, नवीन सुब्बा र नीर शाहलाई धेरैले मन पराए । यो विधामा दुई सहभागीले कसैलाई पनि मत दिएनन् । अभिनेतामा राजेश हमाल, सरोज खनाल, भुवन केसी, सौगात मल्ल र शिव श्रेष्ठ धेरैको रोजाइमा परे भने अभिनेत्रीमा करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा, निरुता सिंह र रेखा थापाले धेरैको मन जितेको पाइयो । अभिनेता र अभिनेत्रीमा एक-एक सहभागीले कसैलाई पनि मत दिएनन् । 

सर्वेक्षणको अन्तिम तथा महत्त्वपूर्ण प्रश्न थियो- नेपाली फिल्मको स्तर बढिरहेको छ कि घटिरहेको छ ? अधिकांश सहभागीले फिल्मको स्तर बढिरहेको छ भन्ने मानेको पाइयो । तर, त्यसमा प्राविधिक रूपमा मात्रै बढेको छ भन्ने पनि पाइए । समग्रमै स्तर बढिरहेको छ भन्ने १८, प्राविधिक रूपमा मात्र बढेको छ भन्ने १४, विषयवस्तु र कलात्मक रूपमा कमजोर भइरहेको छ भन्ने १२ जना तथा स्तर घटिरहेको छ, नेपाली फिल्म खत्तम भइरहेको छ भन्ने ६ जना भेटिए । 
साभार : कोशेली 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis