-- विजय
श्रेष्ठ
आज बिहानै
टुंडीखेलस्थित महांकाल
भैरबको दर्शन गर्न जाँदा गज्जबको दृश्य र घटना देखियो |
मैले दशकौं देखी बज्राचार्य गुरुजुहरुको
देख रेख र खटन
पटनमा चल्ने महांकाल मन्दिर को मुर्ति परिसरमा आज बिहान भने दुइ जना भोटे जस्ता देखिने तर
नेपाली बोल्ने एक अधबैसे मोटी महिला र एक होटेल कामदार जस्तो देखिने केटोको कर्कश र
अभद्र बोलिबचन बीच हतार हतार चित्तै नबुझिने गरि दर्शन गर्ने काम भयो |
आज आईतवार भएकोले मन्दिरमा खास्सै मान्छेहरु नै थिएनन् ,
तर म मुर्ति परिसर मा छिरे देखि नै ;
कत्ति बेर लाइ रा को ?
छिटो छिटो छिटो ,
त्यो पैसा यता ल्याउनुस ,
बत्ति बाहिर,
जस्ता साधारण शब्द र बाक्यहरु तर
कर्कश र हेपाहा तरिकाले ती दुवै जना
बोल्दै थिए |
बिच
बीच मा आएका हरु रिसाउदै उनि हरु को मुख हेर्दै तर केहि नभनिकन दर्शन गर्दै फर्की
रहेका थिए भने पुरोहित गुर्जु (बज्राचार्य) र उनका सहयोगी यो कुरामा ध्यान नै दी रहेका
थिएनन् |
यहि
कारणले उनिहरुको हिम्मत बढेको प्रस्टै देखिन्थ्यो,
भगवानलाई चढाईएको पैसा निमेष भर मै
टिपेर उनिहरुले
आफ्नो खोपिल्तो मा हाली हाल्थे | दृश्य र परिस्थिति पंक्तिकार को लागि पनि असह्य अकर्णप्रिय भएकोले केही सवाल जवाफ गर्ने सोचले तर
तुरुन्तै
एकजोडी महिला र पुरुष आफ्नो नौ-दश
वर्षको देखिने
बच्चाका साथ मुर्ति परिसरमा छिरे (शायद जन्मदिन को पूजा सामग्री लिएर ) |
कर्कश आवाजमा हेपाहा तरिकाले फेरी बोलेको सुनियो ,
ती पुरुष अचम्म मान्दै ती कर्कश बोल्ने
महिला को मुहार हेर्न थाले ,
एक
छिनलाई बाताबरण तनाव रहित देखियो|
मान्छे हरु आउने जाने क्रम दोहोरि रहेको थियो ,
ती महिला र पुरुष आफ्नो बच्चाको साथ
पूजा गर्न थाले
|
त्यो आईमाई
फेरी चिच्याउन थालिन,
बच्चा संगै पूजा गरि रहेका ती पुरुषलाई खपी नसक्नु
भयेछ क्यारे ,
भगवान
को पाउ ढोगेर,
बच्चोको
हात समातेर
जुरुक्क उठेर , "
यो नेवार बज्राचार्यहरुले हेर्नु पर्ने
मन्दिरमा कहाँ
बाट आएको पाखेको के खटन पटन हो यो ?? ":
भन्दै बर्बराउदै निस्के |
ती आईमाइ चाहिं होइन के भन्छ यो दाई ,
बडो शहरिया भाको ,
हामी आफु खुसि काम
गर्न पनि नपाउनु ,
हाम्रोपनि हक अधिकारी हो यो .........
मा साले ,
भन्न लागिन ,
सबैले ती महिलालाई मन्दिरमा पनि त्यस्तो
अपशब्द बोल्ने भन्ने अभिप्राय ले हेरी रहेका थिए ,
तर बिचरी तिन् लाई,
त्यो बच्चा को आमा
त्यहीं रहिछिन भन्ने
हेक्का रहेनछ ,
आमा
चाहिले भनी हालीन
,
मन्दिरमा बसेर यस्तो मुख छोड्न लाज
लाग्दैन ?
कसलाई मा साले भनेको ?
तिमि को हो ? |
जवाफ आयो - मैले त्यस्तो भनेकै छैन |
सब जना मुख मुख गर्दै मुस्कुराए र ती महीला मुर्ति परिसर
बाट बाहिर निस्केर आफ्नो
बच्चा (शायद) लोग्ने कुर्न थालिन भने भित्रकी पाले आई माइ .चाहिं
.यस्ता ...... सुकिला मुकिला ... के के भन्दै थिईन शायद ... म पंक्तिकार पनि
गरुङ्गो मन लिएर महांकाल प्रभुको मन्दिर बाट निस्किएं संकटा मन्दिर जानको
लागि ,
तर महांकाल मन्दिर
मुनि नै ती
दुइ महिला पुरुष र बच्चा संग भेट भयो |
पुरुष नेवारीमा महिला संग भन्दै थिए .. भैगो आज जन्म दिनको दिन मा
यस्ता कुरामा नकराउ ,,,
यस्ता
यस्ता हरुको
कारणले त देशले दु:ख पाई रा छ नि ,
पख न सबको दिन आईहाल्छ नि |
ती पुरुषको अनुहारमा असन्तोषको रेखाहरु
प्रस्टै देखिन्थ्यो ( शायद स्वास्नी चाहिंले आफ्नो लोग्नेलाई भित्रकी पाले
आईमाई ले बोलेको शब्द सुनाई क्यारे )
.......................... माईक्रो ले किचेरै मार्ला जस्तो .......
बाटो काट्न यस्तो डर,
२ मिनेट लाग्यो,
पंक्तिकार र ती ३ को परिवार झन्डै झन्डै
संग संगै जस्तो संकटा मन्दिर पुगे .. त्यहाँ पुग्ने बितिकै ती पुरुष त्यहाँ बसेका पुजारी र
बिचारी (परिचारिका) आईमाईसंग ,
महांकाल
मन्दिरमा कस्तो
बेतिथी रहेछ भनेर कुरा मात्र के निकालेको थियो ,
संकटाकी ती बिचारी ((परिचारिका) आईमाई ले जवाफ दी
हालिन ,
त्यहाँ त त्यो भर्यांग
वरिपरी माग्नेहरुको समुहको आज कल निक्कै फुर्ति बढेको छ रे मन्दिर भित्र गएर मन
लाग्दो गर्छ,
कसैले
केहि भन्यो कि अपशब्द बोल्छ,
बज्राचार्यहरु
पनि के भाको हो लाटाले हेरेको जस्तो टुलु टुलु हेरेर मात्र
बस्छ,
यस्तो सिद्ध शक्ति
पीठहरु यस्तो गराऊनै
नहुने अनिस्ट हुन्छ,
हाम्रो यहाँ त त्यस्ता बाहिरिया हरुलाई बस्नै
दिन्नौ नत्र यहाँ पनि खत्तम गर्छ |
पुरुष : तपाईहरु पनि
कस्तो कुरा गर्नु हुन्छ ?
संकटा
र महांकाल भनेको त एकै समूहले हेर्ने होइन ?
तपाई हरु गएर भन्नुस न |
जवाफ आयो - होइन ,
फरक छ ,
उता जस्तो जे पायो तेही यता हुन्न ,
फेरी हामीले उता गएर गुनासो गर्यौं भने फेरी अर्कै कुरा
हुन्छ,
बरु तपाईहरु जस्तो
बुझ्ने मान्छेहरुले
सम्बन्धित निकायमा भन्नु भयो भने केहि हुन्छ कि ?
तपाईलाई पनि अप शब्द बोल्यो कि के हो ,
अरुले अस्ति अस्ति पनि गुनासो गरि रहेका
थिए |
त्यतिकैमा एक १७-१८
बर्षकी जस्ती देखि केटी पनि प्रश्न थप्न आई पुगी ... . हजुरलाई त्यहाँ मुख छोड्यो होइन त्यो भित्रको
मोटी आईमाई ले ? ती पुरुष आफ्नी महिला संग मुखा मुख गर्दै बसे , ती केटी , “सबै
जना कराउंदै थिए , के भन्ने है ?” भन्दै गईन | ती महिला पुरुष को जोडी पनि बच्चोका
साथ संकटा मन्दिर बाट निस्किंदै थिए संकटाकी बिचारी (परिचारिका) आईमाई उनीहरुले सुन्ने गरि भन्दै नेवारीमा थिईन, “ हामीले त्यहाँ गरेर गुनासो गरेर केही
लछार पाटो लाग्दैन , तपाईहरु जस्तो बुझ्ने मान्छेले नै केही गर्नु पर्ला नि !
पंक्तिकारलाई लाग्यो ,
यो कुरा एक दम सही हो , तर आजको ब्यस्त समयमा कसले आफ्नो काम छोडेर सम्बन्धित
निकायको ढोकामा गएर त्यो तेल हालेको कान मा गुनासो पोख्न जान्छ ? बरु अनलाईन मिडिया र सोसल मिडिया दुवैमा राखेमा
अप्रतक्ष् रुप मै भए पनि सम्बन्धित मान्छेको कान मा पर्ला कि?
यो आर्टिकल मा लेखिएको
मन्दिर जस्तो ठाउँ मा भै रहेको बेथितिको बारेमा तपाई के भन्नु हुन्छ ? कृपया आफ्नो
सुझाव वा कमेन्ट लेख्नु होला |
साँची नै बेथिति को परकस्था नै हो...यहि हो सहि मानेमा आको प्रजातन्त्र, गणतन्त्र... अब एकदिन आउनेछ ... सिद्द्या /सफाया तन्त्र... अनि नेपालको जनसंख्या ५०% ले घट्ने छ....
ReplyDeleteनेपाल सरकार वा सुकिला मुकिला देखि एलेर्जी भएका जंगली मंगली वा नेपाल मा बेथिति भित्रयाउन खोज्ने सक्ति सबै ले बुज्नु परछ कि यो भनेको न नेपाल सरकार को सम्पति हो न ति अन्य नया जंगली हरु को, यो हो भने केवल काठमाडौँ बन्नु भन्दा पहिले देखि बसोबास गर्ने आदिबासी आस्थावान ये(हाल काठमाडौँ )को जनता को, तेसैले बिबिध बहाना मा आस्थावान हरु को आस्था मा भैरहेको हस्तछेप बन्द हुनुपर्छ, लोकतन्त्र हो भने नेपाल सरकार ले गराउनु पर्छ...
ReplyDelete