-कृपा बस्नेत-
समाचारमा छाउन कसैले ठूलै काम गर्नुपर्छ। कसैलाई भने नेपालको नागरिकता
त्यागेर विदेशको नागरिकता लिँदामात्र पनि समाचारले पछ्याउने गर्छ। यस्तै
भाग्य पाएको छ एक नेपाली जोडीले। रुपा पोखरेल र विजय बज्राचार्य त्यस्तै एक
भाग्यमानी जोडी बनेका छन्। जनवरीको अन्तिम साता औपचारिक रुपमा
अस्ट्रेलियाली नागरिक बनेका उनीहरुलाई स्थानीय पत्रिका सनसाइनकोस्ट डेलीले
फोटोसहितको समाचार बनाएर छापिदियो।
रुपा र विजय दुवै अलग अलग रुपमा अस्ट्रेलिया आएका थिए। ब्रिसबेनको
इलिभेटरमा उनीहरु दुवैको पहिलो भेट भएको थियो। रुपाका अनुसारको उनको पहिलो
नजरमै माया बस्यो।
तीन वर्षअघि उनीहरुको बिहे भएको थियो र अब अस्ट्रेलियाली नागरिक
भइसकेपछि उनीहरु फेरि नेपालमा नेपाली परम्परा अनुसार बिहे गर्न फर्कँदैछन्।
दुवै जनाको परिवारले अस्ट्रेलिया डेको दिन भएको सनसाइन कोस्ट काउन्सिलको नागरिक शपथ ग्रहण कार्यक्रम इन्टरनेटबाट लाइभ हेरेका थिए।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !