ब्लगको कमेन्टमा केही पाठकले अरु जानकारी बाँडे।
विनय महर्जनले आफ्नो साथी शक्ति प्रधानलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार सुगा त्यही दिन बालुवाटारमा एक जनाले भेट्टाएका रहेछन्। उनले त्यहीँ हातहातै २ हजार डलर पुरस्कार पनि पाएछन्। फोटोसमेत रहेकोले यो विश्वसनीय लाग्छ। हेरौँ कसरी भेट्टाइएको रहेछ त यो महँगो सुगा ?
शक्ति प्रधानले यसो लेखेका छन्- सुगा बालुवाटार क्षेत्रको एउटा ठूलो रुखमा देखिएको थियो। देख्ने बित्तिकै एक जना पुरुष पुरस्कारको लोभमा रुख चढे।
रुख चढेर उसले सुगालाई त समात्यो तर त्यो क्रममा ऊ रुखबाट खस्न पुग्यो। खसे पनि उसले सुगालाई भने दह्रैसँग समातेको थियो।
कंक्रिटको भूँइमा त्यतिमाथिबाट खसेर बजारिए पनि उसलाई कुनै ठूलो चोटपटक भने लागेन। उसको खुट्टा भने मर्कियो।
तर ऊ पीडाले हैन, मैले पुरस्कार पाउनु पर्छ, मैले ज्यान जोखिममा राखेर पक्रेको भन्दै चिच्याउन थाले।
विदेशी जोडीले उसलाई तत्काल २ हजार डलर दियो। डलर देखेपछि उसले सबै पीडा बिर्सियो।
डलरको शक्ति, डलरको लागि मान्छेले ज्यानसमेत जोखिममा पार्न थाले।
साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !