CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » कस्तो लाजमर्दो!

कस्तो लाजमर्दो!

लाजमर्दो!लुगाको काम के हो? सुन्दर देखाउने, शरीरलाई घामपानीबाट जोगाउने आदि। यसको आधारभूत काम लाज छोप्नु पनि हो। वानपिस, स्कर्टजस्ता आधुनिक र फेशनेबल पहिरनले कहिलेकाहीँ धोका दिन्छन् र 'सेक्सी' हुन खोज्नेलाई 'भद्दा' बनाइदिन्छन्। हलिउड र
बलिउडका मात्र होइनन्, नेपाली अभिनेत्री र मोडलहरू पनि यस्तो लाजमर्दो स्थितिको शिकार भएका छन्। उसो त आम युवती पनि बसाइ र हिँडाइको सन्तुलन नमिल्दा मनोरञ्जन दुनियाँमा भनिने गरिएको 'वार्डरोब मालफंक्सन'को प्रहारमा परेका छन्। धनबहादुर खड्काले यो लाजमर्दो परिस्थितिको चियोचर्चा गरेका छन्।

लाजमर्दो!'छाला देखाउँदैमा कोही सेक्सी हुँदैन।'
अभिनेत्री बेनिशा हमालले केही महिनाअघिमात्रैे एक अर्न्तवार्तामा भनेकी थिइन्। भद्र अभिनेत्रीको छवि बनाएकी बेनिशाको 'खरो उत्तर' त्यतिबेला निकै 'हिट' भएको थियो। यस्तो बोल्दै गर्दामात्रै होइन, सायद उनले कहिल्यै सोचेकी थिइनन्– कुनै दिन आफ्नो नदेखिनुपर्ने 'स्पेस' देखिएला भन्ने। उनलाई आफ्नै वानपिसले धोका दियो, घुँडाको चेपबाट अन्तरअंगको भूभाग देखियो। 'मिस नर्स'को 'ताज' खिच्न गएका फोटोग्राफरले बेनिशाको 'लाज' पनि खिचे। उक्त प्रतियोगीताको जज बन्न पुगेकी बेनिशाले भने घुँडाको चेपबाट आफ्नो निजी अंगले चिहाइरहेको पत्तो पाइनन्। मिडियामा तस्बिर आएपछि थाहा पाइन्– भित्री वस्त्र लगाउन बिर्सेकै दिन छोटो वानपिसले धोका दिएछ। फिल्ममा 'अंग प्रदर्शन' नगरेर बनाएको 'शालीन अभिनेत्री'को छवि एकै दिनमा धुलोपिठो भयो।
विदेशतिर फिल्म चलाउन वा चर्चा कमाउन यस्ता हर्कत गरिने भए पनि बेनिशाको त्यो मनसाय थिएन। बरु नेपाली समाजमा यस्ता स्क्यान्डलले असर पार्ने भएकाले बेनिशालाई लाज देखिएको तस्बिर छोप्न आपत् पर्योु। किनभने, त्यसको दोस्रो हप्तामात्रै उनी अभिनीत फिल्म रिलिज हुँदै थियो।
फिल्म क्षेत्रमा अञ्जानमा मात्रै यस्ता घटना हुँदैनन्। दुई महिनाअघि अभिनेत्री शिल्पा पोखरेलले जानाजान भित्री वस्त्र देखाइदिएकी थिइन्। बाहिर भने 'वार्डरोब मालफंक्सन' भनी हल्ला फिँजियो। नेपालीले सबैभन्दा बढी जाडोको महसुस गर्ने मंसिर महिनामा पनि छोटो, एकसरो कपडामा आएकी अभिनेत्री शिल्पाको आसन नै 'देखाउने नियत'ले प्रेरित देखिन्थ्यो। फिल्म 'लज्जा'की हिरोइन घोषणा गर्न मञ्चमा पुर्याकइएकै दिन 'लाज' नमानी भित्री वस्त्र देखाएपछि जुन फिल्मको प्रमोसनका लागि पत्रकार सम्मेलन गरिएको थियो, त्यही छायामा पर्योइ। चर्चित हुनका लागि भित्री वस्त्रको सहारा लिएको भनी समाचार फैलियो। उनले पनि 'भूलवश' भनिन्। फिल्मनगरीमा लामो अनुभव बटुलेका निर्माता छवि ओझाले चर्चित हुन उनलाई त्यस्तो 'टिप्स' दिएको हल्ला चल्यो। फोटोग्राफरले 'एंगल' मिलाई–मिलाई तस्बिर खिच्दा पनि शिल्पाले मुस्कुराएर 'पोज' दिनुले पनि जानाजान भन्नेलाई बल मिल्यो।
सदाबहार सुन्दरीका रूपमा चिनिने करिश्मा मानन्धरलाई चर्चित हुन सस्ता स्क्यान्डल गरिरहन जरुरी छैन। तर, उनलाई दुई पटक पहिरनले धोका दिइसकेको छ। पहिलोपल्ट कुपन्डोलस्थित एक डान्स सेन्टरको उद्घाटनमा उनको अन्तर्वस्त्रले दुनियाँ नियाल्यो। पत्रिका र टीभीका लागि मसला खोज्न गएका फोटोपत्रकारले त्यो दृश्य आफ्ना लेन्सभित्र पारिहाले। त्यतिबेला कालो स्कटले धोका दिएपछि केही समयसम्म त्यो पहिरनलाई बहिष्कार गरिन् उनले। तर, त्यो बहिष्कार लामो समय टिकेन। केही दिनपछि उनी पुनः त्यही स्कर्ट लगाएर 'ब्युटी'सम्बन्धी सेमिनारमा पुगिन्। स्कर्टले 'बानी' त्यागेको रहेनछ! उनको रातो भित्री वस्त्र छर्लंगै देखियो। केही महिनासम्म कालो स्कर्टले छोप्न नसकेको उनको रातो सानो वस्त्रको चर्चा भइरह्यो।
पहिरनले दिएको धोकाका कारण 'सेक्सी' भएर सार्वजनिक कार्यक्रममा पुग्नेहरू फर्किंदा 'भद्दा' हुनुपर्छ। 'उध्रेको चोली' बोलको आइटम गीतमा 'जलवा' देखाएपछि सुषमा कार्की सेक्सी हिरोइनका रूपमा दरिएकी थिइन्। विदेशमा बस्ने नेपालीले आयोजना गर्ने कार्यक्रममा उनको 'डिमान्ड' बढ्दो थियो। त्यही क्रममा दुई वर्षपहिले मलेसिया पुगिन्। गुलाबी वानपिसमा उनले गरिरहेको सेक्सी आइटम डान्स भद्दा हुन समय लागेन। किनभने, गुलाबी वानपिस डान्सको मुभमेन्टसँगै उँभो सर्योस, तल दर्शकदीर्घामा बसेकाले उनको हाउभाउ हेर्न छाडेर अन्तै आँखा पुर्यासए। उनको सेतो भित्री वस्त्रको तस्बिर धेरैका मोबाइलमा 'सेभ' भयो।
समय र परिस्थितिअनुसार पहिरन नलगाउनुको घाटा बेहोर्नेे उनीमात्रै होइनन्। हाल अमेरिकामा रहेकी रञ्जना शर्माको एउटा टीभी अन्तरवार्ता युट्युबमा 'हिट' भयो। अमेरिकामै रहँदा स्थानीय एक नेपाली टीभीले लिएको साढे तीन मिनेटको कुराकानी हिट हुनुमा उनको बोलीको एकरत्ति योगदान थिएन। तीनै मिनेट उनको निजी अंग देखिएपछि सामाजिक सञ्जालमा त्यो क्लिप सेयर हुँदै हिट भएको थियो। अन्तरवार्ताकारसँग मस्त गफिइरहेकी उनले क्यामेराम्यानले अनुहारमा भन्दा बढी त्यही ठाउँमा फोकस गरिरहेका छन् भन्ने चाल पाइनन्।
०००
तापक्रम बढ्दो छ। बाक्ला लुगा थन्किने ठाउँको खोजी गरिरहेका छन्। युवतीहरूलाई आकर्षक देखिने अवसर पनि हो गर्मी मौसम। आकर्षक छोटो पहिरनमा सजिएर सुन्दरता प्रदर्शन गर्ने रहर सबै युवतीलाई हुन्छ। त्यस्ता पहिरनमा बसाइ र हिँडाइमा अलिकति मात्रै तलमाथि पर्यो् भने बेइज्जती सहनुपर्छ। पश्चिमा फेशनलाई स्वीकार गर्दै गएको नयाँ पुस्ताका युवतीका लागि 'सेक्सी पनि देखिनुपर्ने र लाज पनि जोगाउनुपर्ने' दोहोरो चुनौती छ। बौद्धकी रश्मिला तमुको बेनिशाको भन्दा कम बेइज्जत भएको थिएन। तर, त्यो सीमित सर्कलमै रह्यो। उनी आफ्नो मिल्ने साथीको बिहेमा गएकी थिइन्। केटाहरू उनको अघि बसेर उनलाई हेरेर हाँसिरहेका थिए। सोफामा साथीसँग मस्त बात मारिरहेकी उनी आफूलाई हेर्ने केटा थपिँदै गएपछि गमक्क फुलिन्। झन् मक्ख परेर गफ गर्न थालिन्। पछि साथीकी बहिनीले कानमा फुकेपछि पो थाहा पाइन्– केटाहरू त उनको गोप्य अंग नियाल्दै रहेछन्। उनी लाजले पार्टी नसकिँदै बाहिरिइन्। भन्छिन्, 'स्कर्ट र वानपिस त्यही दिनदेखि लगाउन छोडिदिएँ।'
'सधैँ पाइन्ट र टिसर्ट लगाएर पार्टीमा जाँदा साथीहरूले 'तँ त कस्तो केटा जस्तो' भन्छन्', २१ वर्षीया कविशा घिमिरेले भनिन्। छोटो पहिरनले उनलाई पहिल्यै घाइते बनाइसकेको छ। '११ कक्षा पढ्दाखेरि हो,' उनले भनिन्, 'दरबारमार्गको एउटा पुल पार्टीमा गएका बेला बस्न होस नपुर्याबउँदा लाज छोपिएनछ। एउटा बदमास केटाले मोबाइलमा तस्बिर खिचेर कलेजभरि फैलायो। म कति दिनसम्म रोएँ, कलेजै गइनँ।' त्यो समय सम्भि्कँदा उनलाई अहिले पनि लाज मर्नु हुन्छ। त्यसपछि सार्वजनिक रूपमा बेइज्जत हुनुभन्दा सर्ट पाइन्ट नै बेसी लगाउने गरेकी छन्। आफन्तहरू बढी हुने प्रोगाममा त वानपिस, स्कर्ट नलगाउन अरूलाई पनि सुझाउँछिन् उनी।
०००
स्लिभलेस टिसर्ट लगाउँदा होस पुर्याकउनुपर्ने लिंकन कलेजमा अध्यनरत पुष्पा बस्नेत बताउँछिन्। यस्तो टिसर्टमा निहुरिएर काम गर्न नमिल्ने र झुक्किएर निहुरिहालेमा लाजमर्दो हुने उनले बताइन्। गर्मी याममा अधिकांश कलेज गर्लले स्कर्ट लगाउनुपर्छ। यो समयमा स्टकिङ लगाउँदा पोल्ने भएकाले स्कुटीमा बस्न पनि होस पुर्याकउनुपर्ने पुष्पाले बताइन्।
वार्डरोब मालफंक्सनका कारण लुगाहरू नै भएको ग्रामीण आदर्श क्याम्पस, मनमैजुकी इभा तामाङको धारणा छ। भन्छिन्, 'ड्रेसमा पहिल्यै फर्म राखिने भएकाले डबल अन्डरवेयर प्रयोग गर्दा भद्दा देखिन्छ। त्यसैले केटीहरू रेडीमेड लुगाकै अन्डरवेयरमा भर पर्छन्। आखिरमा बित्यास पर्छ।'
पातलो वानपिसमा भित्री वस्त्रको छाप देखिने भएकाले प्रायः युवतीले सक्दो भित्री वस्त्र नलगाउने कविशा घिमिरेको अनुभव छ। 'पातलो टिसर्ट लगाउँदा पनि समिज र अन्डर गार्मेन्टको छाप देखिन्छ,' उनले भनिन्, 'छाप नदेखियोस् भनेर कतिले ती लुगै लगाउँदैनन्। तर, छाप लुकाउन खोज्दा अरू नै कुरा देखिएर झन् ठूलो बेइज्जत हुन्छ।'
०००
नेपाली हिरोइनले स्क्यान्डलका लागि अन्तर्वस्त्र नदेखाउने अभिनेत्री रेखा थापा बताउँछिन्। कुनै बेला छोटो पहिरनकै कारण चर्चामा आइरहने उनले भनिन्, 'नेपाली निर्माता/निर्देशकमा त्यस्तो स्क्यान्डल सेन्स नै छैन।' आफ्नो १२ वर्षे करिअरमा कुन फिल्मको कार्यक्रममा कस्तो पहिरन लगाउने भन्ने कुरा आफ्नै दिमागले सोच्नुपरेको उनले बताइन्। लगाएको पहिरनलाई 'क्यारी' गर्न नसकेर नेपाली हिरोइनले बेइज्जती खेप्नुपरेको उनको बुझाइ छ। 'मलाई सारी लगाउन डर लाग्छ, किनभने 'क्यारी' गर्न सक्दिनँ। कतै वार्डरोब मालफंक्सन भयो भने भएन बेइज्जत!' उनले भनिन्।
सम्हालेर लगाउन जान्यो भने जति छोटो लगाए पनि केही समस्या हुँदैन। खुला ड्रेसअप गरेको बेला सार्वजनिक ठाउँमा होस पुर्यानउनु पर्छ। गाडी चढ्दा, पार्टी आदिमा आफ्नो डे्रसबारे ध्यान दिइराख्नुपर्छ। तर, भिजन एकेडमी, बालाजुकी रीता गुरुङ खुला डे्रसअप गर्नु बाध्यता जस्तै भएको बताउँछिन्। भन्छिन्, 'ग्ल्यामरको जमाना छ। आजकल सबैलाई हट देखिनुपर्याु छ। हट देखिनलाई ओपन ड्रेसअप गर्छन्। त्यसो गर्दा कता के फुस्किन्छ, थाहै हुन्न।'
बलिउडमा बबाल

बलिउडमा पहिरनले साथ नदिएका उदाहरण प्रशस्त छन्। अभिनेत्री ऐश्वर्या रायलाई पनि यस्तो समस्या आइलागेको थियो। सन् २०१० को अप्रिल २५ मा उनी आफू अभिनीत फिल्म 'रावण'को गीत सार्वजनिक कार्यक्रममा सरिक हुन पुगेकी थिइन्। साडी र चोलो लगाएर अति भद्र बनेर कार्यक्रममा हाजिर भएकी ऐश्वर्याको भद्रतालाई उनको चोलोले भने साथ दिएन। चोलोको तलतिरबाट स्तनको तल्लो भाग निस्किएको थियो, जुन दृश्य फोटोग्राफरका क्यामेरामा कैद पनि भए।
फिल्म 'एक था टाइगर'को छायांकन हुँदाताकाको कुरा हो। फिल्म छायांकनका निम्ति अभिनेत्री कटि्रना कैफ आयरल्यान्डको राजधानी डब्लिन पुगेकी थिइन्। एक दिन उनी 'बाइसाइकल राइडिङ'का लागि शहरमा निस्किइन्। त्यो दिन उनले छोटो जामा लगाएकी थिइन्। जसै उनी साइकल चढ्न खोजिन्, उनको पेन्टी देखियो। छेउछाउका मानिसले उनको भित्री वस्त्र नियाल्न पाए। फिल्म 'जब तक हे जान' को प्रमोसन कार्यक्रममा समेत उनको छोटो वस्त्र पेन्टी देखिने गरी उचालिएको थियो।
अभिनेत्री कंगना रनावतलाई सन् २०१२ को नोभेम्बरमा आयोजित फेसन शोका क्रममा र्याीम्पमा हिँड्दै गर्दा पनि यस्तै भयो। कटीमुन्तिर पारदर्शी पहिरनमा सजिएर उनी र्या म्पमा हिँड्दै गर्दा उनको पछाडिको लाज प्रस्टै देखिएको थियो। सन् २०१२ को जुनमा आयोजित पत्रकार सम्मेलनमा मिस युनिभर्ससमेत भइसकेकी बलिउड अभिनेत्री सुस्मिता सेनले छोटो 'वान पिस'बाट धोका पाएकी थिइन्। पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै गर्दा घुँडाको चेपबाट उनको गोप्य अंग देखिएको थियो। उनले बोलेको कुरो टिप्नुसँगै पत्रकारहरूले उनको घँुडामुन्तिर थाहै नपाई खुलेको गोप्यता पनि क्यामेरामा कैद गर्न भ्याए।
प्रायः अभिनेत्रीलाई वानपिसले धोका दिने गरेको छ। बलिउड अभिनेत्री याना गुप्तालाई पनि वानपिसले नै धोका दिएको थियो। एउटा सार्वजनिक कार्यक्रममा यानाले छोटो वानपिस लगाएकी थिइन्। दुर्भाग्य, त्यो दिन उनले पेन्टी लगाएकी रहिनछन्।
फिल्म 'लुट'को प्रमोसन कार्यक्रममा सरिक हुने क्रममा बलिउडकी 'आइटम गर्ल' राखी सावन्तलाई पनि वानपिसले नै रुवाएको थियो। वानपिसले आफ्नो पेन्टी छोप्न नसकेको कुरा भोलिपल्ट पत्रपत्रिकामा फोटो हेरेपछि मात्रै उनले थाहा पाइन्। तिघ्राको कापबाट उनले लगाएको जेब्रा कलरको पेन्टी देखिएको थियो। त्यस्तै, फिल्म 'हिस'को प्रमोसन कार्यक्रममा वानपिसले अर्की अभिनेत्री मल्लिका सेरावतलाई पनि लाजमर्दाे बनायो। भारतीय मोडल नागिर खान र्यायम्पमा हिँड्दै गर्दा ब्रा फुस्किएपछि हैरान भएकी थिइन्। बलिउडमा भएको वार्डरोव मालफंक्सनको सम्भवतः सबैभन्दा चर्चित घटना यही बन्न पुग्यो।
हलिउडमा हंगामा

फेब्रुअरी लाग्नासाथ हलिउडसम्बन्धी समाचार प्रकाशित गर्ने अनलाइनहरूमा अमेरिकी गायिका तथा अभिनेत्री ज्यानेट ज्याक्सन छाइन्। फेब्रुअरी १ का दिन एउटा अनलाइनले लेख्यो, 'कपडाबाट ज्यानेटको स्तन पोखिएर 'निप्पल' एक्सपोज भएको आज ठीक १० वर्ष पूरा भयो।' सन् २००४ मा अमेरिकामा आयोजित एउटा स्टेज कार्यक्रममा उनी अमेरिकी गायक जस्टिन टिम्बरलेकस“ग 'गना ह्याभ यू नेकेड' बोलको गीत गाइरहेकी थिइन्। 'वाइल्ड' पारामा गीत गाइरहेको बेला ब्राको होल्डरबाट उछिट्टिएर उनको स्तन बाहिरिएको थियो। निप्पलमा 'रिङ' लगाएकी ज्यानेटको गोप्य सुन्दरता परख गर्ने अवसर दर्शकले पाएका थिए।
अमेरिकी अभिनेत्री केट हड्सनले पनि सन् २००९ मा यस्तै सास्ती खेप्नुपरेको थियो। 'अमेरिकन म्युजिक अवार्ड'सम्बन्धी कार्यक्रममा विजेतालाई अवार्ड प्रदान गर्न उनलाई स्टेजमा बोलाइयो। स्टेजबाट दर्शकलाई अलिक निहुरिएर सम्बोधन गर्न खोज्दा गला बढी खुलेको उनको खुकुलो वस्त्रबाट 'निप्पल' देखिने गरी स्तन बाहिरिएको थियो।
अमेरिकी अभिनेत्री तथा मोडल लिन्ड्से लोहान मे २३, २०११ मा डुबुल्की मार्न भनेर अमेरिकाको 'मियामी बिच' पुगेकी थिइन्। नुहाउ“दै गर्दा एक्कासि छाल उर्लिएर आयो। छालस“ग बच्न खोेज्दा उनको ब्रा फुस्कियो। समुद्री किनारमा रहेका समाचारका भोका फोटोग्राफरहरूको क्यामेराको लेन्स उनीपट्टि तेर्सिहाल्यो। ब्राको होल्डर खसेपछि उनले दुवै हातले आफ्नो लाज ढाक्न खोजिन्। तर, यसो गर्नुअगावै उनको 'निप्पल' एक्सपोज भइसकेको थियो।
सन् २०११ को जुनमा अमेरिकी गायिका लेडी गागा सीएफडीए अवार्ड वितरण कार्यक्रममा सहभागी हुन गइन्। सधँै अनौठो पहिरनमा सजिने लेडी गागाले त्यस दिन छातीमाथिको भागलाई झुलजस्तो पारदर्शी कालो कपडाले बेरेकी थिइन्। पारदर्शी कपडाबाट उनको स्तन बारम्बार प्रस्टसँग देखिएको थियो। अर्को एउटा स्टेज कार्यक्रममा पछाडि चिरिएको टाइट पाइन्ट लगाएर गागाले सांगीतिक प्रस्तुति दिइरहेकी थिइन्। गीत गाउने क्रममा पछाडि फर्किएर निहँुरिदा उनको पछाडिपट्टिको भाग देखिएको थियो। गागा वार्डरोब मालफंक्सनको धेरै पटक शिकार भइसकेकी छिन्।
सन् २०११ को सेम्टेम्बरतिर अमेरिकी पपगायिका ब्रिट्नी स्पियर्स युरोप भ्रमणमा निस्किइन्। भ्रमणको क्रममा सेप्टेम्बर १६ मा बेलायतमा आयोजित एउटा कार्यक्रममा सहभागी हुन उनी गाडी चढेर पुगेकी थिइन्। गाडीबाट उत्रिने बेलामा उनको तिघ्रा अलिक बेसी उघि्रयो, जसबाट उनले लगाएको सेतो रङको पेन्टी पूरै देखियो। धागोजत्रो पेन्टीले उनको लाज सकी नसकी छोपिराखेको थियो।
अमेरिकी अभिनेत्री तथा गायिका जेनिफर लोपेजलाई सन् २०१२ को फेब्रुअरी २६ मा यस्तै लाज मर्नु भयो। ८४ औँ एकेडेमी अवार्ड थाप्न स्टेजमा पुग्दा गला बढी खुलेको उनको कपडाबाट स्तन बाहिरिएको थियो। सन् २०१३ मा हलिउड अभिनेत्री जोआना क्रुप्पालाई पनि पहिरनले साथ नदिएर हैरानी भयो। आफ्नै घरको बगैँचामा उनी कुकुरसँग खेलिरहेकी थिइन्। यसै क्रममा भुँइमा रहेको कुकुरलाई उठाउन उनी निहुरिइन्। यसो गर्दा उनको स्तन पूरै देखिन पुग्यो। यस क्षणलाई पनि क्यामेरामा कैद गर्न फोटोपत्रकारले भ्याए।
केही वर्षअघि बिदा मनाउन अमेरिकी अभिनेत्री तथा फेसन डिजाइनर पेरिस हिल्टन अस्ट्रेलिया पुगेकी थिइन्। कट्टु, ब्रा र कटिमुन्तिर कट्टु छोप्ने कपडा बेरेकी उनी स्विमिङ पुलतिर लागिन्। उनले लुगा मिलाउँदै कट्टु अलिकति सारिन्। त्यो क्षण पनि फोटोपत्रकारको लेन्सबाट छुट्न सकेन। फोटोमा उनको पछाडिको भाग प्रस्टसँग देखियो।
र्या म्पमा हिँड्दै गरेको बेला पहिरनले साथ नदिएको अनुभव थुप्रै मोडलसँग छ। अभिनेत्रीसमेत रहेकी मोडल पामेला एन्डर्सनको पनि यस्तै हालत भएको थियो। फेसन शोका क्रममा र्याअम्पमा हिँड्दै गर्दा उनको पहिरन फुस्किएको थियो। एक धरो पेन्टीले उनको लाज बचाएको थियो। उसो त पहिरनले पामेलालाई साथ नदिएको त्यो पहिलो पटक थिएन। उनी ठूलो स्तन भएकी अभिनेत्रीमा गनिन्छिन्। स्तन ठूलो भएकाले यसलाई सम्हाल्न ब्रालाई अक्सर हम्मेहम्मे परेजस्तो देखिन्छ। स्टेजमा नृत्य गर्दै गर्दा ब्राको होल्डरबाट उनका स्तन पटक–पटक उछुट्टिएर बाहिरिएका छन्।
साभार : शुक्र बार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis