CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » झोला र झोलेबीच टक्कर, झेली चुपचाप

झोला र झोलेबीच टक्कर, झेली चुपचाप


jheliकाठमाडौं। एउटै नाम भएका र उस्तै अर्थ लगाउन मिल्ने चलचित्र आपसमा जुधाइयो भने के होला? यसको स्वाभाविक उत्तर हुन्छ, सबै मारमा पर्नेछन्। नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय उस्तै अर्थ लाग्ने चलचित्रबीच यस्तै अस्वस्थ्य
प्रतिस्पर्धा चलेको छ। प्रसंग हो, चलचित्र झोला, झोले र झेलीको।
झोला साहित्यिक कृतिमा आधारित चलचित्र हो। झोले डार्क कमेडी चलचित्र हो। झेली चाहिँ कमेडी, थ्रीलर र प्रेमकथामा आधारित चलचित्र हो। यो वर्ष नेपाली चलचित्रकर्मीका लागि अन्य वर्षभन्दा केही सुखद रह्यो। वर्षको सुरुवातमा काली चलचित्रले निकै राम्रो इनिसियल व्यापार गर्यो।। तर, सुरुका दिन जस्तो चलचित्र धेरै दिन हलमा टिक्न भने सकेन। तैपनि निर्मातालाई कालीले निराश बनाएन। कालीको स्लोली स्लोली बोलको गीत निकै रुचाइयो। रेखा थापा अभिनित कालीले पहिलेको जस्तो व्यापार नगरे पनि चर्चामा भने छ।
काली चलेपछि करिब चार महिनासम्म कुनै पनि नेपाली चलचित्रले राम्रो व्यापार गरेनन्। ठूला स्टारकास्ट भएका चलचित्र दुई दिनमै हलबाट उत्रिए। आर्यन सिग्देल, विराज भट्ट, राजेश हमाल, नम्रता श्रेष्ठ जस्ता कलाकार अभिनित चलचित्र नचलेपछि नेपाली चलचित्रबारे नकरात्मक टिप्पर्णी चल्न थाल्यो। यही बीचमा पुस २६ गते रिलिज भएको कमेडी चलचित्र ६ एकान ६ ले खडेरी परेको नेपाली चलचित्रमा वर्षातको काम गर्यो्। त्यति मात्र होइन, उक्त चलचित्रले देशभित्र र बाहिर गरेर दुई करोडभन्दा बढीको व्यापार गरेपछि फेरि नेपाली चलचित्र उद्योगमा भन्न थालियो, नेपाली चलचित्रको बजार सुधि्रयो भनेर। बितेका पलले पनि राम्रै व्यापार गर्योल। ६ एकान ६ मा नेपाली टेलिसिरियलमा नाम कमाएका दीपकराज गिरी, शिवहरि पौडेल, सीताराम कट्टेल, जितु नेपाल, केदार घिमिरे जस्ता कलाकारको अभिनय छ। यसबाट नेपाली दर्शकको पहिलो रोजाइमा टेलिसिरियलका कलाकार परेको देखिन्छ।
६ एकान ६ प्रदर्शन भएको दुई सातापछि कृष्ण धारावासीद्वारा लिखित झोला कथामा आधारित झोला रिलिज गरियो। झोला चलचित्रले प्रेस मिट र च्यारिटी सोबाट निकै तारिफ बटुलेको थियो। सो तारिफलाई झोलाले दर्शकबाट पनि त्यस्तै सदासयता पायो। सती प्रथामा आधारित करिब ९० मिनेटको झोला चलचित्रले मल्टिप्लेक्समा पनि राम्रो व्यापार गर्योर। अहिलेसम्म केही हलमा चलिरहेको झोलाले झन्डै एक करोडमाथिको व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ। झोला चलचित्र रिलिज भएको झन्डै तीन सातापछि उस्तै अर्थ दिने झोले चलचित्र हलमा लाग्यो। दोस्रो सातामा प्रदर्शन भइरहेको झोलेले सुरुवाती दुई दिनमै ४२ लाखको व्यापार गरेर सफलताको झन्डा गाडिसकेको निर्माण पक्षले दाबी गरेको छ। झोलेमा रंगमञ्चमा नाम कमाएका दयाहाङ राई, प्रियंका कार्कीलगायत कलाकारको अभिनय छ। अहिलेसम्म आधा दर्जन चलचित्रमा अभिनय गरिसके पनि सबै असफल बनेपछि प्रियंका चिन्तित बनेकी थिइन्। झोलेको सफलताले उनलाई सञ्जीवनी बुटी दिलाएको जस्तै भएको छ।
यतिखेर झोला र झोले आपसमा भिडिरहेका छन्। पुरानो सत्य कथामा आधारित झोला र शिक्षित बेरोजगार युवायुवतीको कथामा आधारित झोलेको सफलताले नेपाली चलचित्र उद्योगलाई थोरै भए पनि राहत दिलाएको छ। ६ एकान ६, बितेका पल, झोला र झोले जस्ता चलचित्र नेपालमा मात्र होइन, विदेशमा बस्ने नेपालीहरूबीच पनि लोकप्रिय बनेका छन्। त्यसैले गर्दा नेपालमा लगानी नउठे पनि माउथ पब्लिसिटीकै आधारमा विदेशी राइट बेचेर निर्माताहरू सुरक्षित हुन थालेका छन्। मोक्ष चलचित्र त्यसैको उदाहरण हो। करिब ५० लाखमा बनेको मोक्ष चलचित्र नेपालमा राम्रो नचले पनि विदेशबाट करिब ४२ लाख आम्दानी भएको निर्माता तथा वितरक सुनिल मानन्धरको दाबी छ। मोक्षले नेपाली समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। सोही आधारमा यसको प्रचार राम्रोसँग भएको थियो। त्यसैले निर्माताहरू सकेसम्म विदेशी राइट अलि महँगैमा बेच्ने अभियानमा देखिन्छन्।
आउँदो सातादेखि ऋतु चलचित्र प्रदर्शनमा आउँदैछ। राजबल्लभ कोइराला, पूर्वमिस नेपाल मलिना जोशी अभिनित ऋतु महँगो बजेटमा बनेको चलचित्र हो। चलचित्रको पूरै सुटिङ अस्ट्रेलियामा भएको छ। त्यसैले विदेशमा बस्ने नेपालीहरूका लागि ऋतु प्रतीक्षारत चलचित्र बनेको छ। विशुद्ध प्रेमकथामा आधारित चलचित्र भएको र विदेशमा सुटिङ गरिएकाले पनि ऋतुले सफलता पाउनेमा नायक राजबल्लभ ढुक्क देखिएका छन्। हाइवे टु धम्पुस अंग्रेजी चलचित्र खेलिरहेका बेला अमेरिकामै हुँदा राजवल्लभले ऋतु खेलेका थिए।
पछिल्लो समय नेपाली चलचित्रको प्रचार प्रसार बढीभन्दा बढी अनलाइन र सामाजिक सञ्जालहरूमा हुन थालेकाले पनि धेरैले यसप्रति रुचि देखाएको पाइन्छ। कुन चलचित्र कस्तो बनेको छ, गीत संगीत कस्तो छ, पोस्टर कस्तो छ आदि सबै कुरा सामाजिक सञ्जाल फेसबुक, टि्वटरलगायतमा तुरुन्तै आउने र त्यसको प्रतिक्रिया चाँडै पाउने भएकाले पनि सामाजिक सञ्जाल प्रयोग बढेको छ। - विक्ली नेपाल


काठमाडौं। एउटै नाम भएका र उस्तै अर्थ लगाउन मिल्ने चलचित्र आपसमा जुधाइयो भने के होला? यसको स्वाभाविक उत्तर हुन्छ, सबै मारमा पर्नेछन्। नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय उस्तै अर्थ लाग्ने चलचित्रबीच यस्तै अस्वस्थ्य प्रतिस्पर्धा चलेको छ। प्रसंग हो, चलचित्र झोला, झोले र झेलीको।
झोला साहित्यिक कृतिमा आधारित चलचित्र हो। झोले डार्क कमेडी चलचित्र हो। झेली चाहिँ कमेडी, थ्रीलर र प्रेमकथामा आधारित चलचित्र हो। यो वर्ष नेपाली चलचित्रकर्मीका लागि अन्य वर्षभन्दा केही सुखद रह्यो। वर्षको सुरुवातमा काली चलचित्रले निकै राम्रो इनिसियल व्यापार गर्यो।। तर, सुरुका दिन जस्तो चलचित्र धेरै दिन हलमा टिक्न भने सकेन। तैपनि निर्मातालाई कालीले निराश बनाएन। कालीको स्लोली स्लोली बोलको गीत निकै रुचाइयो। रेखा थापा अभिनित कालीले पहिलेको जस्तो व्यापार नगरे पनि चर्चामा भने छ।
काली चलेपछि करिब चार महिनासम्म कुनै पनि नेपाली चलचित्रले राम्रो व्यापार गरेनन्। ठूला स्टारकास्ट भएका चलचित्र दुई दिनमै हलबाट उत्रिए। आर्यन सिग्देल, विराज भट्ट, राजेश हमाल, नम्रता श्रेष्ठ जस्ता कलाकार अभिनित चलचित्र नचलेपछि नेपाली चलचित्रबारे नकरात्मक टिप्पर्णी चल्न थाल्यो। यही बीचमा पुस २६ गते रिलिज भएको कमेडी चलचित्र ६ एकान ६ ले खडेरी परेको नेपाली चलचित्रमा वर्षातको काम गर्यो्। त्यति मात्र होइन, उक्त चलचित्रले देशभित्र र बाहिर गरेर दुई करोडभन्दा बढीको व्यापार गरेपछि फेरि नेपाली चलचित्र उद्योगमा भन्न थालियो, नेपाली चलचित्रको बजार सुधि्रयो भनेर। बितेका पलले पनि राम्रै व्यापार गर्योल। ६ एकान ६ मा नेपाली टेलिसिरियलमा नाम कमाएका दीपकराज गिरी, शिवहरि पौडेल, सीताराम कट्टेल, जितु नेपाल, केदार घिमिरे जस्ता कलाकारको अभिनय छ। यसबाट नेपाली दर्शकको पहिलो रोजाइमा टेलिसिरियलका कलाकार परेको देखिन्छ।
६ एकान ६ प्रदर्शन भएको दुई सातापछि कृष्ण धारावासीद्वारा लिखित झोला कथामा आधारित झोला रिलिज गरियो। झोला चलचित्रले प्रेस मिट र च्यारिटी सोबाट निकै तारिफ बटुलेको थियो। सो तारिफलाई झोलाले दर्शकबाट पनि त्यस्तै सदासयता पायो। सती प्रथामा आधारित करिब ९० मिनेटको झोला चलचित्रले मल्टिप्लेक्समा पनि राम्रो व्यापार गर्योर। अहिलेसम्म केही हलमा चलिरहेको झोलाले झन्डै एक करोडमाथिको व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ। झोला चलचित्र रिलिज भएको झन्डै तीन सातापछि उस्तै अर्थ दिने झोले चलचित्र हलमा लाग्यो। दोस्रो सातामा प्रदर्शन भइरहेको झोलेले सुरुवाती दुई दिनमै ४२ लाखको व्यापार गरेर सफलताको झन्डा गाडिसकेको निर्माण पक्षले दाबी गरेको छ। झोलेमा रंगमञ्चमा नाम कमाएका दयाहाङ राई, प्रियंका कार्कीलगायत कलाकारको अभिनय छ। अहिलेसम्म आधा दर्जन चलचित्रमा अभिनय गरिसके पनि सबै असफल बनेपछि प्रियंका चिन्तित बनेकी थिइन्। झोलेको सफलताले उनलाई सञ्जीवनी बुटी दिलाएको जस्तै भएको छ।
यतिखेर झोला र झोले आपसमा भिडिरहेका छन्। पुरानो सत्य कथामा आधारित झोला र शिक्षित बेरोजगार युवायुवतीको कथामा आधारित झोलेको सफलताले नेपाली चलचित्र उद्योगलाई थोरै भए पनि राहत दिलाएको छ। ६ एकान ६, बितेका पल, झोला र झोले जस्ता चलचित्र नेपालमा मात्र होइन, विदेशमा बस्ने नेपालीहरूबीच पनि लोकप्रिय बनेका छन्। त्यसैले गर्दा नेपालमा लगानी नउठे पनि माउथ पब्लिसिटीकै आधारमा विदेशी राइट बेचेर निर्माताहरू सुरक्षित हुन थालेका छन्। मोक्ष चलचित्र त्यसैको उदाहरण हो। करिब ५० लाखमा बनेको मोक्ष चलचित्र नेपालमा राम्रो नचले पनि विदेशबाट करिब ४२ लाख आम्दानी भएको निर्माता तथा वितरक सुनिल मानन्धरको दाबी छ। मोक्षले नेपाली समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। सोही आधारमा यसको प्रचार राम्रोसँग भएको थियो। त्यसैले निर्माताहरू सकेसम्म विदेशी राइट अलि महँगैमा बेच्ने अभियानमा देखिन्छन्।
आउँदो सातादेखि ऋतु चलचित्र प्रदर्शनमा आउँदैछ। राजबल्लभ कोइराला, पूर्वमिस नेपाल मलिना जोशी अभिनित ऋतु महँगो बजेटमा बनेको चलचित्र हो। चलचित्रको पूरै सुटिङ अस्ट्रेलियामा भएको छ। त्यसैले विदेशमा बस्ने नेपालीहरूका लागि ऋतु प्रतीक्षारत चलचित्र बनेको छ। विशुद्ध प्रेमकथामा आधारित चलचित्र भएको र विदेशमा सुटिङ गरिएकाले पनि ऋतुले सफलता पाउनेमा नायक राजबल्लभ ढुक्क देखिएका छन्। हाइवे टु धम्पुस अंग्रेजी चलचित्र खेलिरहेका बेला अमेरिकामै हुँदा राजवल्लभले ऋतु खेलेका थिए।
पछिल्लो समय नेपाली चलचित्रको प्रचार प्रसार बढीभन्दा बढी अनलाइन र सामाजिक सञ्जालहरूमा हुन थालेकाले पनि धेरैले यसप्रति रुचि देखाएको पाइन्छ। कुन चलचित्र कस्तो बनेको छ, गीत संगीत कस्तो छ, पोस्टर कस्तो छ आदि सबै कुरा सामाजिक सञ्जाल फेसबुक, टि्वटरलगायतमा तुरुन्तै आउने र त्यसको प्रतिक्रिया चाँडै पाउने भएकाले पनि सामाजिक सञ्जाल प्रयोग बढेको छ। - See more at: http://www.weeklynepal.com/2014/03/04/jola-ra-jhole-bic-takkar/#.UxXF3M59tuY
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis