सिनेमा खेल्न पतिले हस्तक्षेप गरेपछि आफूले डिभोर्स
दिएको प्रियंकाले खुलाइन् । डेढवर्षअघि पति रोचक मैनालीसँग उनले सम्बन्ध विच्छेद गरेकी थिइन् । अहिलेसम्म यो रहस्यलाई उनले गोप्य राख्न कोसिस गर्दै आएकी थिइन् ।
पि्रयंका र रोचकवीच अमेरिका अध्ययनका क्रममा प्रेम बिबाह भएको थियो । केही बर्षको सम्बन्धपछि उनीहरुको सम्बन्धमा ब्रेक लागेको थियो । मिस टीनबाट आफ्नो ग्लामर करियर सुरु गरेकी उनले सिनेमामा जम्ने सुर कसेपछि पति उनको योजनामा बाधक बनेका थिए ।
अहिले आफू सिंगल रहेको प्रियंका दाबी छ । आफू पिपुल मिमिक्री (नक्कल) गर्न पनि सक्षम रहेको प्रियंकाले दावी गरिन् । झोले फिल्मबाट एकाएक हिट हिरोइनको सूचीमा दरिएकी उनले फिल्ममा गरेको यौनकर्मीको भूमिका निकै चुनौतिपूर्ण रहेको उल्लेख बताइन् ।
साभार : अनलाईन खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !