CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ब्यालेन्स ट्रान्सफरमा पनि शुल्क ठटाउन छाडेन एनसेलले

ब्यालेन्स ट्रान्सफरमा पनि शुल्क ठटाउन छाडेन एनसेलले

ncell2
एक जनासँग अहिले नै तु कुरा गर्नुपर्‍यो तर ब्यालेन्स सकिन लाग्यो। रिचार्ज कार्ड किन्न कहाँ जाने अहिलेको अहिल्यै ? राति पसलहरु बन्द भएको पनि हुनसक्छ।
यस्तो खालको अवस्थामा- हतार हुँदा, अप्ठेरो पर्दा साथीभाइ वा आफन्तसँग केही रकम आफ्नो मोबाइलमा सार्न मिल्ने सुविधा एकदम उपयोगी हुन्छ। त्यसैले
प्रिपेड मोबाइल चलाउनेहरुलाई ब्यालेन्स ट्रान्सफर नभई नहुने त हैन तर एउटा आवश्यक सहयोगी सुविधा हो। नेपाल टेलिकमले प्रिपेड मोबाइलमा यो सेवा धेरै अघिदेखि दिँदै आएको थियो। यो सातादेखि निजी क्षेत्रको अर्को मोबाइल कम्पनी एनसेलले पनि यस्तो सेवा सुरु गरेको छ।
ncell1
तर एनसेलले यो सुविधा आफ्ना ग्राहकलाई उपहारस्वरुप फ्रिमा दिन लागेको भने हैन।
यो सेवा दिएवापत् उसले प्रति ट्रान्सफर सर्भिस चार्ज भन्दै एक रुपैयाँ ठटाउनेछ। त्यो एक रुपैयाँ त एनसेलले पाउने मात्र भयो। यसमा अझ कर पनि जोड्नु पर्छ। करवापतको रकम पनि तपाईँकै ब्यालेन्सबाट कटाइनेछ।
टेलिकमले वर्षौँअघिदेखि यो सुविधा निःशुल्क दिइरहेको छ। प्रमुख प्रतिस्पर्धी कम्पनीले निःशुल्क दिइरहेको उस्तै खालको सेवामा समेत शुल्क लगाएर एनसेलले आफ्ना ग्राहकलाई ‘मैले चाहे जे पनि गर्न सक्छु’ भन्ने सन्देश दिएको छ।
पक्कै पनि एनसेलका पक्षमा बोल्न खटाइएकाहरुले तर्क गर्नेछन्- पैसा लिन्छ भने नचलाए भइगो नि !
यो अर्को हेपाहा तर्क हो। ग्राहकले सकेसम्म धेरै सुविधा खोज्नु सामान्य हो। त्यसमाथि प्रतिस्पर्धी कम्पनीले दिएको सुविधा आफूले चलाउँदै आएको कम्पनीले पनि दिए हुन्थ्यो भन्ने चाहना राख्नु अन्यथा हैन। विभिन्न कारणले ग्राहक एउटा कम्पनीको मोबाइलसँग जोडिएको हुन्छ। त्यो ‘लोयलिटी’लाई कायम राख्न सक्नु पर्छ। हैन ग्राहकको बाध्यतालाई बन्धक बनाएर अनेक थरिका शुल्कले रेट्न थाल्यो भने अविश्वास उब्जन्छ। त्यो अविश्वासले कालान्तरमा घाटा पुर्‍याउने अरु कसैलाई हैन, त्यही कम्पनीलाई हो।
के एनसेलले यति सुविधा निःशुल्क दिन सक्दैन थियो होला त ? के प्रतिस्पर्धी कम्पनीले निःशुल्क दिँदै आएको सुविधा एनसेलले दिँदा ठूलै आर्थिक भार पर्थ्यो होला त ? उसको नाफामा ठूलै ह्रास आउँथ्यो होला त ? यो सामान्य प्रश्नको उत्तरले पनि एनसेलले ग्राहकको विश्वासप्रति गरिरहेको खेलवाडलाई प्रष्टसँग बुझ्न सकिन्छ।

साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis