एभिन्यूजका सञ्चालक भाष्करराज राजकर्णिकार उद्योग वाणिज्य महासंघको अध्यक्षमा पराजित भएसंगै एभिन्यूज बिक्रीको तयारीले तीव्रता पाएको छ । खासगरी यसअघि नै पटक पटक एभिन्यूज टेलिभिजन बेच्ने तयारी गरिएको भएपनि महासंघको निर्वाचनसम्मका लागि स्थगन भएको थियो । भाष्करको हारले एभिन्यूज बेचिने लगभग निश्चित जस्तै भएको छ ।
मुख्य लगानीकर्ता भाष्कर भएपनि एभिन्युजमा मिडिया हबको ९६ प्रतिशत लगानी रहेको छ । जबकी मिडिया हबमा पनि भाष्करको राम्रै लगानी रहेको छ । पारदर्शिताको अभावमा एभिन्यूज टेलिभजिनबाट यसअघि १ दर्जनजति लगानीकर्ताहरुले लगानी झिकिसकेका छन् । पछिल्लो पटक लगानी झिक्नेमा प्रिज्म एड्भटाइजिङका रञ्जित आचार्य,एड मिडियाका मोहम्मद अख्तर, वेलकम एड्भटाएजिङका निर्मल पौडेल र एएनएस क्रियसनका सुदीप थापा रहेका छन् । उनीहरुले मिडिया हब मार्फत एभिन्यूजमा लगानी गरेका थिए ।
पछिल्लो पटक मिडिया हबका सोमप्रसाद धितालसमेत भाष्करसंग रुष्ट रहेका छन् । धितालले नयाँ एड्भटाइजिङ कम्पनी खोलिसकेका कारण भाष्कर र धितालको सहकार्य पनि टुङ्गिने निश्चित छ ।
पछिल्लो पटक मिडिया हबका सोमप्रसाद धितालसमेत भाष्करसंग रुष्ट रहेका छन् । धितालले नयाँ एड्भटाइजिङ कम्पनी खोलिसकेका कारण भाष्कर र धितालको सहकार्य पनि टुङ्गिने निश्चित छ ।
महासंघको निर्वाचनसम्मका लागि भाष्करलाई सहयोग गरेका धेरै जनाले भाष्करको हारसंगै “फोकटको सहयोग” नगर्ने मुड बनाइसकेका छन् ।
सबैतिरबाट कमजोर बनेका भाष्करले एभिन्यूज टेलिभिजन बिक्री गर्ने योजना भने यसअघि नै बनाइसकेका थिए । भाष्कर स्वंयले आफ्नो टेलिभिजन किनिदिन पर्यो भन्दै अन्नपूर्ण पोष्ट चलाइरहेको थ्री एन आई का अध्यक्ष रामेश्वर थापालाई बारम्बार फलो गरेका थिए ।
केही महिना यता एभिन्यूज टेलिभिजनले एक राष्ट्रिय दैनिकमा आफ्नो कार्यालय रहेको जग्गा बिक्रीको विज्ञापन प्रकाशन गरेको थियो । तर जग्गा समेत बिक्री नभएका कारण भाष्कर स्वंय एभिन्युज टेलिभिजन नै बेच्ने अवस्थामा पुगेको एभिन्यूज र मिडिया हब निकट स्रोतले बतायो । महासंघको निर्वाचनमा गरेको करोडौंको खर्च बालुवामा पानी सावित भएपछि भाष्करको ऋण अझै बढेको बताइन्छ ।
कुनैबेला कर नतिर्दा बैंक खाता रोक्का भएपछि एभिन्यूज टेलिभिजनले आन्तरिक राजस्व कार्यालयको विज्ञापन लगातार बजाएर आफ्नो बक्यौता घटाएका थिए । शंकर कोइराला अर्थमन्त्री रहदा अनियमित रुपमा राजस्व कार्यालयले एभिन्यूजमा विज्ञापन बजाइदिएवापत लाखौं रुपैया कर मिलान गर्दै आएको थियो । अहिले भने अर्थमन्त्री डाक्टर रामशरण महतले राजस्वमा बार्टर नगर्न कर्मचारीहरुलाई निर्देशन दिइसकेका छन् ।
एभिन्यूज टेलिभिजन बिक्रीमा रहेको थाहा पाएका एभिन्यूजका कर्मचारीहरु भने तनावमा छन् । आधा वर्षभन्दा बढी समयदेखी तलब नपाएका उनीहरुलाई महासंघको अध्यक्ष भएपछि पैसा दिने आश्वासन दिइएको भएपनि भाष्कर निर्वाचनमा पराजित भएपछि पैसा नपाउने त्रासमा कर्मचारीहरु रहेका छन् ।
पछिल्लो जानकारी अनुसार एभिन्यूज टेलिभिजनको ब्रान्ड किन्ने र तिनकुनेस्थित आफ्नै कर्पोरेट भवनमा नयाँ संरचना बनाएर टेलिभिजन सञ्चालन गर्ने सोचमा रामेश्वर थापा पुगेका बताइन्छ । त्यसो हुदा अहिले काम गरिरहेका कर्मचारीहरुको दायित्व भने भाष्करले नै लिनुपर्ने हुन्छ । उता, अन्नपूर्ण पोष्टको एफ एम पनि सञ्चालनमा आउदैछ । स्रोतका अनुसार उपत्यका भित्र नया लाइसेन्स पाउने रेडियोमा अन्नपूर्णको नाम पहिलो स्थानमा रहेको छ ।
साभार : समाज खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !