CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एमाओवादी मजदुरमा अर्बौ भ्रष्टचार भएको भन्दै उजुरी

एमाओवादी मजदुरमा अर्बौ भ्रष्टचार भएको भन्दै उजुरी

काठमाडौं, भदौ २७ - एकीकृत माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघमा करोडौं रुपैयाँ आर्थिक घोटाला भएको भन्दै छानविन गर्न पार्टीमा उजुरी परेको छ। पार्टी शान्ति प्रक्रियामा आएपछि युनियनले विभिन्न अवसर र शिर्षकमा उठाएको अर्बौ रुपैया रकमको हिसाव किताव सार्वजनिक नगरी महासंघ नेतृत्वले व्यापक घोटला गरेको भन्दै भदौ १७ मा उजुरी परेको होअखिल नेपाल होटल तथा रेष्टुरेन्ट मजदुर संघका ह्यात रिजेन्सीका अध्यक्ष मुक्ति दाहाल, एभरेष्टका होम सुवेदी, र्याटडीसनका रामेश्वर अधिकारी, सांग्रिलाका गोकर्ण अधिकारीलगायत मजदुर नेताले सो उजुरी गरेका हुन्। सगठनको नाममा भ्रष्टचार गर्नेलाई कारवाही गर्नुपर्ने माग गर्दै मजदुर नेताहरुले लिखित उजुरी दिएका हुन्। 


'हामीले समग्र ट्रेड युनियनमा भएका अर्बौ घोटलाको छानविन गर्नुपर्छ भनेर पार्टीमा उजुरी गरेका हौं' एभरेष्टका अध्यक्ष सुवेदीले भने, 'शान्ति प्रक्रियामा पार्टी आएपछि विभिन्न कालखण्ड र शिर्षकमा उठाइएको रकममा घोटला भएको हाम्रो निष्कर्ष छ।' मजदुर संगठनमा रहेका भ्रष्टचारीहरुलाई कारवाही गरी पार्टीलाई आर्थिक रुपमा पारदर्शी बनाउनु पर्ने भन्दै हस्ताक्षरसहित सो उजुरी गरिएको सुवेदीले बताए। 

'पार्टी कार्यालय (पेरीस डाँडा) खरिद गर्नका निमित्त साधारण मजदुर देखी उद्योगपति, कलकारखाना, अस्पताल, स्कुललगायत निकायहरुवाट शिलालेखमा समेत लेखिने भनि उठाएको करोडौं रुपैयाको हिसाव किताब हालसम्म पनि प्रकाशन नभएको र पार्टी कार्यालय पनि बैक र तथा व्यक्तिको नाममा रहेकाले सो उठाएको रकमको छानविन गरी दोषी उपर कारबाहीको सिफारिस गर्न अनुरोध गर्दछौं' उजुरीको पहिलो वुदाँमा भनिएको छ। 

कृष्णसेन इच्छुक स्मृति प्रतिष्ठान, जनदिशा राष्ट्रिय दैनिकको प्रकाशन तथा स्तोरन्नती र मजदुर सहिद स्मृति सहकारीको स्थापनाका लागि रकम उठाउँदा शेयरसहित प्रमाणपत्र दिने भनिएपनि वर्षौ भइसक्दा पनि अझै नदिएको उजुरीमा उल्लेख छ। 

महासंघको साधारण सदस्यहरुवाट रकम उठाइएको तर त्यसको रसिद र भपाई भने नदिएर आर्थिक अपचलन गरेको तथा ०६४ साल भाद्रमा सम्पन्न चौथौं राष्ट्रिय सम्मेलनका लागि करोडौं रुपैया उठाइएको तर त्यसको हिसावकिताब सार्वजनिक नगरी महासंघ नेतृत्वले भ्रष्टचार गरेको थप आरोप उजुरीमार्फत लगाइएको छ।

'माओवादी नेतृत्वमा भएको ६ दिने आमहडताल युनियन भित्रका नेतृत्वले विभिन्न व्यवसायी, उद्योगपत्तिहरुवाट अर्बौ रुपैया चन्दा संकलन गरी आम हडतालमा केही रकम खर्च गरेको र बाँकी रकमको हिसाब किताब नदेखाई अपचलन गरेकोले छानविन गरी पाउँ' उजुरीको छैटौं वुदाँमा भनिएको छ। 

'सातौं विस्तारित वैठकको म्याण्डेट अनुसार भ्रष्टहरुलाई कारवाही गर्ने र इमान्दारहरुलाई न्याय दिने नीति लागु हुन्छ भनेर उजुरी दिएका हौं' ह्यातका अध्यक्ष दाहालले नागरिकसँग भने। उजुरीका वारेमा पार्टीले उचित छानविन गर्नेमा आफुहरु आशावादी रहेको उनको भनाई छ। साउन २-६ सम्पन्न सातौं विस्तारित वैठकले पार्टी भित्रको भ्रष्टचार छानविन गर्न दुई आयोग निमार्ण गरि प्रक्रिया अघि बढाइ सकेको छ।



प्रकाश तिमल्सिना, नागरिक 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis