सहभागी गराइएका केटा केटीहरुलाई ३ वोटा फरकफरक उमेर-समूहमा पनि बाँडेर अध्ययन गरिएको थियो। यसो गर्दा के पनि पत्ता लग्यो भने औसतमा करिब १३ बर्षसम्म केटा तथा केटी दुबैको मस्तिष्क संजाल लगभग उस्तै हुने, १३ देखि १७ बर्षको बिचमा बिशाल परिवर्तन भै केटीहरुमा अगाडिको मस्तिष्कको दुई खण्ड बिचमा र केटाहरुमा दुवै खण्डको अगाडि पछाडि संजाल एकदम फैलिने, र त्यसपछि उमेर बढ्दै जाँदा केटा तथा केटी दुबैको समग्र मस्तिष्कमा बिस्तारै संजाल बढ्दै जाँदो रहेछ।
सारंशमा हाम्रो मस्तिष्कको काम भन्नु पर्दा पछाडिको मस्तिष्कले अनुभबसंग सम्बन्धित काम गर्दछ, अगाडिको मस्तिष्कको देब्रे खण्डले बुद्धि र तर्क संग सम्बन्ध राख्ने क्रिया संचलान गर्दछ भने अगाडिको मस्तिष्कको दायाँ खण्डले कलात्मक, सृजनशील र कल्पनात्मक कुरासंग सम्बन्धित कुराहरु संचलान गर्दछ।
यस भन्दा पहिलेका अध्ययनले औसतमा शारीरिक बल, दर्शन, तर्क र परिक्षण जस्ता कुरामा पुरुष अगाडि हुने, र सिप, सिर्जना, मान्छे छिटै चिन्ने, नयाँ ठाउँमा छिटै घुलमेल हुन सक्ने कुरामा महिला अगाडि हुने कुरा पत्ता लगाएको तर त्यसो हुनुको कारण खोल्न नसकेकोमा यही महिला तथा पुरुषमा उस्तै कामको लागी प्रयोग हुने फरक रंग र मात्राका तन्तुहरुको साथै मस्तिष्क संजालको भूमिका हुनु पर्छ भन्ने कुरामा अनुसन्धानकर्ताहरुको बिश्वास छ।
त्यसरी नै यस परिणामले भविष्यमा मस्तिष्कको काम सम्बन्धी अनुसन्धानको नयाँ ढोका खुल्नुको साथै मस्तिस्कमा लाग्ने रोगको निदानमा समेत नयाँ आयाम थपिन सक्ने कुरामा अनुसन्धानकर्ताहरु उत्साही छन्।
हालसालै बैज्ञानिकहरुले महिला र पुरुषको बिचमा करिब ७८ किसिमका वंशाणुगत भिन्नता हुने कुरा पत्ता लगाएका छन्। ती मध्ये केही उदाहरणहरु यस प्रकार छन्।
१) महिलामा जस्तै पुरुषमा खानाका धेरै परिकार एकैचोटी बनाउने क्षमता हुँदैन।
२) महिलाहरुले आफ्ना बस्तुहरु लुकाएर राख्छन भने पुरुषहरुले देखाएर राख्छन।
३) महिलाहरुमा पुरुषलाई सर्बेसर्बा हूँ भन्ने बातावरण बनाइदिन सक्ने क्षमता हुन्छ।
४) साबिकको भन्दा जति सस्तो भए पनि आवश्यक नभएका बस्तुहरु पुरुषले किन्दैनन भने महिलाहरुले खुसी हुँदै किन्छन।
५) आफूले प्रयोग गर्ने बस्तु किन्न पुरुषहरुले २ मिनेट पनि लगाउदैनन भने महिलालाई घण्टासम्म लाग्न सक्छ।
६) कोही व्यक्ति रुन शुरु गर्छ भने त्यसलाई के गर्ने महिलाले तुरुन्त निर्णय गर्न सक्छन।
७) बच्चा रोइरहेको भए पनि, कुकुर भुकिरहेको भए पनि, घन्टी बजिरहेको भए पनि पुरुष सुत्न सक्छन भने महिला सक्दैनन्।
८) महिलाहरुले बीस बर्ष पहिले आफूले लगाएको बस्त्र समेत सम्झेका हुन्छन भने बस्त्र नहेरिकन पुरुषलाई हिंजो लगाएका बस्त्रहरु पनि याद हुँदैन।
९) पुरुषहरु वाक्य (Sentence) मा कुरा गर्छन भने महिलाहरु अनुच्छेद (Paragraph) मा।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !