CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » अभिभावक संघमा नक्कली अभिभावक

अभिभावक संघमा नक्कली अभिभावक

suprabhatकाठमाडौं, असार ८ – अभिभावक सँघका अध्यक्ष सुप्रभात भण्डारीका कुनै पनि सन्तान अहिले नेपालको स्कुलमा पढ्दैनन । उनकी छोरी अमेरिकामा पढ्छिन् भने छोरा ललितपुरको त्रिपद्यम विद्यालयमा पढाउँछन् । संघको अध्यक्ष रहिरहनकै लागि भण्डारीले आफ्नै छोराले पढाउने स्कुलकै एक छात्राको अभिभावकत्व ग्रहण गरेका
छन् । अभिभावक रहेकै देखाउन र अध्यक्ष पद ओगटिरहन भण्डारीले छोराले पढाउने स्कुलमा कक्षा ८ मा पढ्ने विपिना भण्डारीको कागजी अभिभावकत्व लिएका छन् । कहाँसम्म भने आफू अध्यक्ष रहिरहनकै लागि भण्डारीले संघको विधान पनि आफू अनुकूल बनाएका छन् । जसमा कसैको अभिभावकत्व ग्रहण गरेमा अभिभावक हुन पाइने उल्लेख छ । ‘कसैको अभिभावकत्व ग्रहण गरेमा अभिभावक बन्न पाइने भएकाले संघको विधान अनुसार म अभिभावक हुँ’, भण्डारीको दावी छ । २० वर्षदेखि संघको अध्यक्ष रहेका भण्डारी भन्छन्, ‘गत अधिवेशनमै छाड्न आँटेको थिएँ, तर साथीहरुले कर गरेकाले बसेको हुँ ।’ भण्डारीले यस्तो दावी गरे पनि उनी संघको अध्यक्ष रहिरहन साम, दाम दण्डभेद अपनाउने गर्छन् । निजी स्कुलहरुसँग साँठगाँठ गरि शुभ–लाभ लिन पल्किएका भण्डारीका लागि अभिभावक संघ मागी र ठगी खाने भाँडो भएको स्वयं संघकै अन्य पदाधिकारी बताउँछन् । सामुदायीक विद्यालयका करीव ६२ लाख, निजी विद्यालयका करीब २० लाख, प्रारम्भीक बालविकास केन्द्रका करीब ५ लाख र ११ र १२ का करीब ८ लाख विद्यार्थीको अभिभावकको प्रतिनिधित्व गर्दै आएका भण्डारीले नै सरकारी बैठकहरुमा अभिभावकको तर्फबाट भाग लिन्छन् । कुनै मिडियालाई बाइट लिन प¥यो कि उनीसँगै लिन्छन् । २०५१ साल चैत्र १० मा राजधानीका केही अभिभावकले सामाजिक संगठनका रुपमा जिल्ला प्रशासन कार्यालय, ललितपुरमा दर्ता गरेको अभिभावक संघको केन्द्रीय कार्यालय काठमाडौंको धुम्बाराहीमा छ । भण्डारीले लामो समयदेखी यसको अध्यक्षका रुपमा आर्थिक चलखेल गर्दै आएको आरोप पनि लाग्ने गरेको छ । संघको आजीवन सदस्यबाट उठाइएको १ हजार रुपैयाँ, सदस्यता शुल्कबापत उठेको २५ रुपैयाँ र सहयोगी र शुभचिन्तकको चन्दा सहयोगको परिचालन अपारदर्शी छ । निजी स्कुलको हितमा बोल्ने र निजी स्कुलका संचालकको पक्षमा लबीङ गर्ने भएकाले निजी स्कुलले पनि उनलाई चन्दा दिन्छन् । अर्कोतीर अभिभावकका नाममा शिक्षा मन्त्रालयको शिक्षा विभागले पनि आर्थिक सहयोग गर्छ । यी यावत सहयोग रकमको कुनै हर हिसाब छैन । ललितपुरमा पुख्र्यौली घर भएका भण्डारी २०४५ सालमा शिक्षा मन्त्री केशरबहादुर बिष्टका निजी सहयोगी थिए । नेपाल विद्युत प्राधिकरणको काठमाडौं ग्रिड अन्तर्गत फोर म्यान (लाइन जोडने काम)बाट सरकारी सेवामा प्रवेश गरेका भण्डारी सुब्बा हुँदै सहायक इन्जीनियर (छैठौं तह)सम्म पुगे । उनले नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दौ उनी बिबादमा पनि परे । हाल उनी प्राधिकरणको लगनखेल सवस्टेशनको इन्चार्ज छन् । पाँच जना दरवन्दी रहेको यो कार्यालयमा खटिन छाडेर उनी अभिभावक संघको काम गर्दै हप्तौं बेपत्ता हुने गरेको त्यहाँका कर्मचारी बताउँछन् .
साभार : रातो पाटी
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis