अधिकारीले फेसबुकमा 'जय जनता' नामको
प्रोफाइल खोली औद्योगिक घराना मुरारका समूहका एक सदस्यसित डेढ करोड फिरौती मागेको देखिएको महाशाखा स्रोतले जनाएको छ।
सोही प्रोफाइलबाट 'हामीले नै सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्या गरेका हौँ, पुलिसले हाम्रोबारे पत्ता लगाउन सक्दैन' भनेर समेत धम्क्याएको स्रोत बताउँछ।
न्यायाधीश बमको हत्याको कुरासमेत आएपछि उक्त व्यापारिक घराना र प्रहरीले यो मुद्दालाई गम्भीर रुपमा लिएको थियो।
दुई वर्षअघि सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई राजधानीको शंखमुलमा गोली प्रहार गरी हत्या गरिएको थियो। सो हत्याकान्डका दोषी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
अपराध महाशाखाले अनुसन्धान गर्ने क्रममा 'जय जनता' नामको प्रोफाइल पहिले व्यक्तिको नाममा खोलेको देखिएपछि त्यही क्लुलाई पछ्याउँदै अधिकारीसम्म पुगेको थियो।
पत्रकार अधिकारी 'नेपाल समाचारपत्र'मा सह-सम्पादकका रुपमा कार्यरत थिए। एमनेस्टी इन्टरनेसनलसित पनि आवद्ध उनलाई प्रहरीले आज एमनेस्टीकै काठमाडौँस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो।
नेपालमा साइबर क्राइमसम्बन्धी अलग्गै कानुन नभएको हुनाले प्रहरीले यस्ता मुद्दामा विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कारबाही गरी मुद्दा चलाउन सिफारिश गर्ने गर्छ। दफा ४७ मा यस्ता अपराधमा बढीमा ५ वर्षसम्म कैद गर्न सकिने प्रावधान छ।
यसैबीच साइबर क्राइमसँग सम्बन्धित विषयमा छानबिन गर्न पक्राउ परेका अर्का पत्रकारलाई थुनामा राख्नुपर्ने कारण पत्ता लगाई न्यायिक छानबिन गर्न नेपाल पत्रकार महासंघले आज विज्ञप्ति जारी गरेको छ।
स्पाइवेयर सफ्टवेयर प्रयोग गरेर कार्यालयको अन्य कम्प्युटरमा आफ्नो सहयोगीले गर्ने पत्राचार इमेल लगायतका जानकारी, महत्वपूर्ण र गोप्य सरकारी विवरण तेस्रो पक्षलाई पठाउने गरेको अभियोगमा प्रहरीले स्वास्थ्य मन्त्रालयको एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, कन्ट्री कोअर्डिनेसन मेकानिजम सचिवालयका प्रमुख गोकर्णप्रकाश भट्टलाई पक्राउ गरेको थियो।
उनी नेपाल पत्रकार महासंघ, ललितपुर शाखाका सदस्य पनि हुन्। महासंघका महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ- गोकर्ण भट्टलाई विद्युतीय कारोबार ऐनअन्तर्गत १० दिनदेखि थुनामा राखेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। महासंघ पत्रकार भट्टलाई थुनामा राख्नुपर्ने कारण पत्ता लगाई न्यायिक छानबिन गर्न आग्रह गर्दछ।
साभार : पहिलो पोस्ट
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !