मुसो : बचाऊ, बचाऊ, कोही छ?
बिरालो : म्याउ, म्याउ......
मुसो : बिरालो दाइ, मलाई बचाऊ, मलाई यो जाँडको घ्याम्पोबाट निकाल, म जाँडमा डुबेर मर्न चाहन्नँ, बरु मलाई बाहिर निकालेर खाऊ, यो
मेरो वाचा भयो, प्लिज हेल्प मी...
बिरालोले बडो मुस्किलले मुसोलाई जाँडको घ्याम्पोबाट निकालेछ।
निस्कनेबित्तिकै मुसो खुरुरु दुलोभित्र छिरेछ।
बिरालो (रिसाउँदै) : साले मुसा, अघि वाचा गरेको होइन? बाहिर आइज म तलाई खान्छु।
मुसो (दुलो भित्रबाट) : ओ बिरालो दाइ, अघि जाँड खाएको बेला के-के भनियो के-के, अब तिमी आफ्नो बाटो लागे हुन्छ, माइन्ड नगर ल।
०००
बाबुआमाका इच्छा र चाहनाहरू
जुन दिन तिमीले हामीलाई बूढो देख्छांै तब हामीलाई बुझ्ने प्रयास गर्नु।
जब हामीले कुनै कुरा भुल्यौ र अन्जानवश केही गल्ती गर्यौ भने हामीसित रिस नदेखाउनु, आफ्नो बाल्यकाल सम्भिmनु।
हामी बूढो भएर हिँडडुल गर्न नसक्दा हाम्रो सहारा बनिदिनु र त्यतिबेला आफूले चालेको पहिलो पाइला याद गर्नु।
हामी बिरामी भयौ भने त्यो दिन याद गरेर आफ्नो पैसा खर्च गर्नु, जब तिम्रो इच्छा पूरा गर्न हामीले आफ्नो खुसी तिलाञ्जली दिएका थियौं।
०००
शेरे आत्तिँदै अस्पताल पुगेर
शेरे : डाक्टरसा'ब ! घरमा गएर जाँचेको कति फिस लाग्छ?
डाक्टर : २ सय रुपैयाँ।
शेरे : ल छिटो जाऊँ डाक्टरसा'ब !
डाक्टरले बाइक निकाल्यो र शेरेलाई पछाडि राखेर तुफान कुदायो। घर पुगेपछि।
डाक्टर : खै कहाँ छ बिरामी?
शेरे : बिरामी-सिरामी केही होइन। (ट्याक्सी ड्राइभरले ५ सय रुपैयाँ माग्दै थियो) यी यो लिनुस्, २ सय रुपैयाँ।
०००
एउटा १० वर्षको फुच्चे हाफपाइन्ट लगाएर एउटा बसमा यात्रा गरिरहेको रहेछ। कन्डक्टरले नजिकै आएर भन्यो।
कन्डक्टर : ओ भाइ, खोइ भाडा देऊ त।
फुच्चे : भाडा कति हो र दाइ?
कन्डक्टर : फुलपाइन्ट फूल भाडा, हाफ पाइन्ट हाफ भाडा
फुच्चे : (हतारिँदै हाफ पाइन्ट फुकाल्दै) उसो भए 'नो पाइन्ट नो भाडा' होइन त?
०००
क : कलह नगर
ख : खराब काम नगर
ग : गर्व पनि धेरै नगर
घ : घमन्ड नगर
च : चिन्ता नगर
छ : छलकपट नगर
ज : जिम्मेवारी पूरा गर
झ : झूट नबोल
ट : टीका-टिप्पणी अरूको नगर
ठ : ठगी नगर
ड : डरलाई हटाऊ
ढ : ढोंगी नबन
त : तुच्छ विचार हटाऊ
थ : थाक्नुहुन्न
द : दयालु बन
ध : धोका नदेऊ
न : नम्र बन
प : पाप नगर
फ : फाल्तू काममा समय नखर्च
ब : बितन्डा नमच्चाऊ
भ : भावुक बन
म : महझैं मीठो बोल
य : यथार्थमा बाँच्न सिक
र : रुन हुन्न
ल : लोभ नगर
व : विकल्पहरू खोज
श : शत्रुता छोड
ष : षड्यन्त्र नगर
स : सत्य बोल
ह : हँसिलो बन
क्ष : क्षमा गर
त्र : त्रसित कसैलाई नबनाऊ
ज्ञ : ज्ञानी बन।
०००
नौलो जिज्ञासा?
पानीमा डुबेर रुन सकिन्छ कि सकिँदैन?
माछालाई तिर्खा लाग्छ कि लाग्दैन?
हाँगामा बसेका चराहरू निदाएर खसेका छन् कि छैनन्?
अग्लो पक्की भवनलाई किन बिल्डिङ भनिएको होला, जबकि त्यो बनिसकेको हुन्छ।
विज्ञापनमा कुकुरलाई दिइने खाना नयाँ र मीठो स्वादमा आएको छ भनिन्छ, कसले चाख्छ त्यो र मीठो मान्छ होला?
पैसा रूखमा फल्दैन भने बैंकहरू किन ब्रान्च बढाउँछन्।
आई लभ यु प्रश्न होइन, तैपनि किन मानिसहरू यसको जवाफ खोज्छन्?
०००
लु दिमाग लगाऊ त !
तीन जना साथी होटलमा कफी पिउन गएछन्, कफी प्रतिकपको २५ रुपैयाँ थियो। कफी पिइसकेपछि साथीहरूले पैसा दिन मानेनछन्। एक जनाले मात्र पैसा दिँदा यहाँ त बिचरालाई सिधै ७५ रुपैयाँ घाटा लाग्ने भयो। एकैछिनको गन्थन मन्थनपछि तिनै जनाले २५ रुपैयाँका दरले एकमुस्ट ७५ रुपैयाँ वेटरलाई दिएछन्। अलि अघिसम्म आनाकानी गरिरहेकाहरूले पैसा दिएको देखेर साहुजी पनि छक्क परेछन्। उक्त रकम वेटरले साहूलाई बुझाएछ। बिचराहरूले पैसा दिन गाह्रो मानेकाले सो रकमबाट साहुले ५ रुपैयाँ वेटरलाई फिर्ता दिन पठाएछ। वेटरले ५ रुपैयाँ तीन जनामा बाँड्दा झगडा हुन सक्ने भएकाले २ रुपैयाँ आफूले राखी एक-एक रुपैयाँ तीनजनालाई बाँडेछ। अब सोच्ने कुरा यहाँ छ कि—
एक-एक रुपैयाँ फिर्ता पाएपछि त प्रत्येक कप कफीको २४ रुपैयाँ पर्न आयो? अब हिसाब गरौं है त, २४ को तिनगुणा ७२ हुन्छ। २ रुपैयाँ वेटरसँग छ। जम्मा पैसा ७४ रुपैयाँ भयो। अब भन्नुहोस्, एक रुपैयाँ कहाँ गायब भयो?
०००
जानिराखे खेर जान्न
बिरालोले बाटो काटे शुभसाइत बन्छ।
केटी राम्री भए लाली पाउडर सकिन्छ।
केटा राम्रो भए तरुनी फकाउन थाल्छन्।
कुकुर भुके सेक्युरिटीको वा गेट पालेको काम गर्छ।
हुर्केबढेका चेलीहरू चुप लागेर घरैमा बस्दा अपहरण हुँदैन।
भैंसी र सुँगुरको मासु खाँदैमा बाहुनको जात जाँदैन।
एउटा पुसले जाडो जाँदैन।
एक-दुई जनाको रचनाले साहित्य फस्टाउँदैन।
दर्शकबिना कलाकारहरूको काम छैन।
कानुनबिना संविधानको अर्थ छैन।
महिला-पुरुष बराबर अधिकार भुल्नु हुँदैन।
र लास्टमा
चन्द्र-सुर्य फरफराउने जस्तो झन्डा अरू कुनै देशको हुँदैन।
०००
एउटी मोटी आइमाईले चोर पक्री र ऊ माथि बसी अनि नोकरलाई भनी : 'जा पुलिस लिएर आइज।'
नोकर : मेरो चप्पल हराएको छ।
त्यत्तिकैमा चोर करायो : मेरो लगाएर भए पनि जा तर छिटो गर।
०००
शेरेले कन्डम किनेछ र बूढीलाई देखाएछ
बूढी : एउटालाई कति हो?
शेरे : १० रुपैयाँ
बुढी : के साह्रो भाउ बढेको, हामी ७ कक्षामा पढ्दा त २ रुपैयाँकै ३ वटा आउँथ्यो।
(शेरे बेहोस)
स्रोत : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !