महिलाको उमेर १८ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै राम्रो हुन्छ । गर्भधारण आकस्मिक घटनाका रुपमा नभई योजनाबद्ध हुनु राम्रो हुन्छ । यसो भएमात्र आगन्तुक शिशुले राम्रो स्वागत पाउँछ र शिशुको शारीरिक र मानसिक विकास
पनि राम्रो हुन्छ । ३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि विभिन्न विकृति आउने सम्भावना हुने भएकाले २० देखि ३० वर्ष भएका वेला बच्चा जन्माउनु राम्रो हुन्छ ।
३५ वर्ष नाघेका महिलाले बच्चा नजन्माउनु नै वेश हुन्छ । आमाको उमेर ३५ वर्षभन्दा बढी भएका अवस्थामा आमा र बच्चा दुवैलाई समस्या पर्न सक्छ । जब दम्पत्तीलाई अर्को बच्चाको इच्छा बढ्छ तब पत्नीले तीन महिनादेखि नै परिवार नियोजनका साधन जस्तैः खाने चक्की, डिपोप्रोभेरा सुई, नरप्लान्ट वा पाठेघरमा प्रयोग भएका साधन प्रयोग गर्न छाड्नुपर्छ । महिनावारी नियमित नभएसम्म पुरुषले कण्डोम प्रयोग गर्ने र महिनावारी नियमित भएपछि कन्डम प्रयोग गर्न छाड्दा गर्भ स्वस्थ रहन मद्दत पुग्छ । परिवार नियोजनका साधन प्रयोग गरिरहेका बेला गर्भ रहेमा बच्चा विकृत बन्न वा गर्भपात हुने सम्भावना हुन्छ । जन्मने बच्चा पनि अस्वस्थ र कमजोर हुन सक्छ ।
गर्भधारणको दुई तीन साताअगाडिदेखि नै पति–पत्नी दुवैले कफी, चुरोट, बिडी, सुर्ती, खैनी रक्सी र अन्य लागुपदार्थ खानुहुँदैन । यस्ता पदार्थको अति सेवन गरेमा रोगी बच्चा जन्मने बढी सम्भावना हुन्छ । गर्भधारणभन्दा दुई हप्ता अगाडिदेखि नै महिलाले निन्द्रा लगाउने, पेट पोलेमा कम गर्ने, ज्वरो निको पार्ने औषधि खानु हुँदैन । यसले गर्भपतन गराउने बढी सम्भावना हुन्छ । गर्भ रहिरहेमा यस्ता औषधिले गर्भे बच्चामा शारीरिक र मानसिक विकास राम्रो हुन पाउँदैन । जन्मदा बच्चाको तौल कम हुन्छ । मुख हातखुट्टा र अंगभंग भएको हुन सक्छ । जीउको खानेकुरा शोसेर राख्न शक्ति घट्छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete