
पहिले पो सुटुक्क चोर्यो, कसले चोर्यो, कहिले चोर्यो- थाहै हुन्न थियो। अहिलेको युगमा त चोरहरुलाई नि साह्रै अप्ठेरो। एक त आजभोलिका सामान्य पसलहरुमा सिसिटिभी राखिएकै हुन्छ। अर्को इन्टरनेट र सामाजिक सञ्जालबाट त्यसलाई फैलाउन पनि सजिलो।

गएको नोभेम्बरमा काठमाडौँको एउटा पसलमा दुई हाइफाइ केटीले सेल्सगर्ललाई अल्झाएर लुगा चोरेछन्। पसलका मालिक पनि के कम। सिसिटिभी फुटेजमा
अनुहार देखिने र चोरेको देखिने गरी भिडियो फेसबुकमा राखिदिए। फेसबुकमा यो भिडियो यति भाइरल भयो कि शायद् चोर्नेहरुको फेसबुक वालमा सम्म पनि पुग्न बेर लागेन होला।

पसलमा आएका थिए दुई केटी।

अर्की थिइन् यिनी

हेर्नुस् सेल्स गर्ललाई एक जनाले सामान हेरेर अल्झाउँदै गर्दा अर्कीले सुटुक्कै ब्यागमा हालिन् ड्रेस।
सिसिटिभी फुटेज हेर्नुस्-
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !