मधुर भण्डारकर र प्रिती जैनः
शक्ति कपुर स्टिंग अपरेसनः
शक्ति कपूरका साथसाथै अमन वर्मामाथि पनि कास्टिङ काउचको आरोप लागेको थियो र यसको खुलासा स्टिंग अपरेसनमार्फत भएको थियो । सन् २००५ मा एक न्यूज च्यानले एउटा टेप जारी गरेको थियो जसमा अमन वर्मा एक महिलालाई गलत उद्देश्यले जिस्काइरहेका थिए । यद्यपी अमन वर्माले आफूविरुद्धको उक्त आरोपलाई खण्डन गरेका थिए । मुद्दाको विषयमा सलमानसहित थुप्रै बलिउड स्टारहरुले अमनको बचाउमा उत्रेका थिए ।
सन् २०११ मा पायल रोहतगीले निर्देशक दिवाकर बेनर्जीमाथि शारिरिक शोषणको आरोप लगाएकी थिइन् । पायलका अनुसार जब बेनर्जीले उनलाई फिल्ममा रोल दिनका लागि तयार भएका थिए त्यतिबेला उनले उनीमाथि आफूलाई गलत उद्देश्यले जिस्काएका थिए । पछि निर्देशकले एउटा साथीको सहारामा पायललाई मानसिक रुपमा अस्थिर भएको आरोप लगाएका थिए ।
सुभाष घई र रीना गोलन:
इजरायली मोडल रीना गोलनले आफूले नायिका बन्ने सपना बुन्दै भारत आएको समयमा सुभाष घईले उनलाई कास्टिङ काउचको लागि प्रस्ताव गरेको बताइन् । रीनाले आफ्नो अत्मकथामा सो कुराको खुलासा गरेकी हुन् । उनले सुभाष घईलगायत अन्य थुप्रै हस्तीहरुले कास्टिङ काउचका लागि आफूलाई प्रस्ताव गरेको आरोप लगाएकी छिन् ।
निकै चर्चित निदेशक राजकुमार सन्तोषीमाथि पनि कास्टिङ काउचको आरोप लागेको थियो । ममता कुलकर्णीले उनीमाथि यस्तो आरोप लगाउँदै फिल्म ‘चाइना गेट’ को सुटिङको दौरान आफूलाई राजकुमारले सेक्सको प्रस्ताव गरेको बताइन् । उनका अनुसार जब ममताले उनको अफरलाई अस्विकार गरिन् तब फिल्ममा उनको रोललाई कम गरिएको थियो । त्यतिबेला ममता अरु कुनै विषयमा पनि चर्चामा थिइन् ।
नायिका गितिका त्यागीले सुभाषमाथि शारिरिक शोषण गरेको आरोप लगाएकी थिइन् । यति मात्र होइन् उनले आफ्नो भनाई पुष्टि गर्ने भिडियो पनि सोसल नेटवर्किङ साइटमा अपलोड गरेकी थिइन् । उक्त भिडियोमा कपूरले उनीमाथि यौन दुव्र्यवहारको बारेमा कुराकानी गरेको देखिएको छ । यसका साथसाथै गितिकाले कपूरलाई थप्पडसमेत हानेकी थिइन् । यद्यपी भिडियोमा कति सत्यता थियो त्यो एउटा रहस्यको रुपमा नै रहेको थियो ।
इरफान खान र ममता पटेलः
‘पान सिंह तमोर’ मा इरफानका नायिका ममल पटेलले खानमाथि कास्टिङ काउचको आरोप लगाएकी छिन् । ममताका अनुसार फिल्मको सुटिङका क्रममा इरफानले उनको शारिरिक शोषण गरेका थिए । ममताका भनाई अनुसार इरफानले फिल्ममा काम दिलाउने लोभ देखाएर उनीमाथि शारिरिक शोषण गरेका थिए ।

शाइनी अहुजाः
अभिनेता शाइनी अहुजामाथि सन् २००९ मा आफ्नी घरेलु कामदारमाथि बलात्कार गरेको आरोप लागेको थियो । उक्त घटना अदालतसम्म पु्ग्यो र शाइनीलाई ७ वर्षको जेल सजायँ भएको थियो । त्यसपछि शाइनीको बलिउडको करियरमाथि ग्रहण लागेको थियो ।

सुचित्रा कृष्णामूर्तिः
सन् २००९ मा नायिका सुचित्रा कृष्णामूर्तिले आफ्नो ब्लगमा सबैलाई अचम्मित पार्ने खुलासा गरेकी थिइन् । उक्त ब्लगमा उनले आफू निर्माताको शारिरिक शोषणबाट बचेको आरोप बताएकी थिइन् । सेक्सको प्रस्ताव राख्ने फिल्म निर्माताको फिल्मबाट बाहिरिएसँगै आफू यस्तो शिकारबाट बचेको उनले बताएकी थिइन् । यद्यपी, नायिकाले निर्माताको नामभने खु्लासा गरेकी थिइनन् ।

साभार : रातो पाती
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !