अहिलेका हिट एण्ड हट जोडीको जसले गुपचुप डेटिङ गर्दै बाहिरचाहिँ साथीको सम्बन्धको नाटक गर्दैछन, यहाँ उनीहरुको सूची प्रस्तुत गरिएको छ ।
रणबीर-कट्रिनाः पछिल्लो समय भारतीय मिडियामा सबै भन्दा धेरै चर्चा पाएको छ रणबीर कपुर र कटि्रना कैफको जोडीले । उनीहरुले नयाँ वर्ष मनाउने क्रममा बेलायतमा मगनी गरेको हल्ला समेत चल्यो । आजका मितिसम्म उनिहरुले मगनी नभएको दाबी गर्दै आएका छन् ।
एक वर्षअघि विदा मनाउने बहानामै समुन्द्री किनारमा मस्ती गरेको तस्विर इन्टरनेटमा भाईरलै बन्यो । अहिले पनि उनीहरु बेला बेलामा सुटुक्क घुम्न जान्छन् । सुटिङ सकिए लगत्तै एक अर्काको सन्चो बिसन्चो सोध्दै भेटन जान्छन् । तर, मिडियासामु कहिल्यै पनि आफ्नो सम्बन्धबारे स्वीकार गर्दैनन् ।
सिद्धार्थ मल्होत्रा- आलिया भट्ट : सिद्धार्थ र आलियाको प्रेम सम्बन्ध सुरु भएको धेरै भएको छैन । ‘स्टुडेन्ट अफ द ईयर’ मा काम गरेपछि उनीहरुले रोमान्स सुरु गरेका थिए ।
केही दिनअघि मात्रै उनीहरु गुपचुप रोमान्समा सामेल भएका केही तस्वीर लिक भए । कैयौं कार्यक्रममा उनीहरु हात समाएर पुगेको देखिन्छ । तर पनि उनीहरु आफ्नो सम्बन्ध स्वीकार्न तयार छैनन् ।
आदित्य राय-श्रद्धा कपुर : आशिकी-२ मा काम गरेपछि नै हो आदित्य राय र श्रद्धा कपुरको सम्बन्धले साथीको सीमा पार परेको छ । रिल लाईफमा प्रेमी प्रेमिका बनेका आदित्य र श्रद्धाले रियलमा एक अर्कालाई लिफ्ट दिए । अहिले पनि उनीहरु डेटिङमा मस्त छन् । तैपनि भन्दैछन-‘हामीहरु असल साथी मात्रै हौं ।’
विपाशा-करण : बलिउडकर्मीहरु भन्छन विपाशा बसुको प्रेमी गनि साध्यै छैन । हिन्दी फिल्म अलोनमा काम गरेपछि भने करण र बिपासाको रोमान्स सुरु भएको मानिन्छ । तर, विपाशाले करण आफ्नो साथी मात्रै भएको दाबी गर्दै आएकी छिन् ।
साभार : अनलाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !