CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » डिस होमले मलाई यसरी नराम्ररी ठग्यो

डिस होमले मलाई यसरी नराम्ररी ठग्यो

dish-home-logo
मेरो घरमा भएको डिस होमको सेट टप बक्सबाट आवाज कहिले आउने कहिले नआउने समस्या भइरहेको थियो। तेस्को लागि भनेर मैले डिसहोमको कस्टमर केयरमा पटक-पटक कम्प्लेन गरेँ। तर पनि उनीहरु ले कहिले टिभीमा समस्या त कहिले रातो पहेँलो तारमा समस्या भनेर टारी नै रहे। मैले सपोर्टको लागि भन्दा महिनौँसम्म पनि कोही नि पठाइदिएनन्। पछि आफैले डिसहोमको सर्भिस सेन्टर पत्ता लगाएर
तीनकुने अफिसमा गएँ। त्यहाँ उनी हरुले चेक गर्दा सेट टप बक्समा समस्या देखियो र बनाउनको लागि ५०० रुपैयाँ लाग्छ भनेर भने। थप २ महिनाको रिचार्ज पनि गर्नु पर्छ भनेर ती रिसेप्सनकी बहिनीले भनिन्। मैले रिचार्ज चैँ किन नि ? भनेर प्रश्न तेर्स्याउँदा, कम्पनी को नियम भनेर जवाफ फर्काइन्।

पछि बक्स लिन जाँदा मैले मर्मत खर्च ५०० चैँ छ तर दुई महिनाको रिचार्ज गर्ने पैसा चैँ छैन भनेँ। ती बहिनीले विनम्रपूर्वक बक्स फिर्ता गर्दै बिल चै दिन मिल्दैन भनिन्।
म त छक्क परेँ, पैसा तिर्ने म तर मलाई नै बिल दिन मिल्दैन रे। अनि मैले इन्चार्जसँग कुरा गर्छु भन्दा इन्चार्ज चैँ छुट्टीमा भनेर जवाफ दिइन्।
लौ ठीकै छ, टिभी त हेर्न पाउने भएँ भनेर घरतिर लागेँ। घर गएर रु ३०० (फागुन २८ गते) को रिचार्ज गरी टिभी हेरिरहेको थिएँ। त्यसको ३ दिनमा (चैत २ गते) फेरि पैसा सकेको मेसेज आयो।
अनि मैले डिस होम को कस्टमर केयरमा फोन गर्दा त्यहाँकी बहिनीले विनम्रतापूर्वक पहिले पहिले रिचार्ज गर्दा तपाईँलाई अलि बढी नै टिभी हेर्न दिएका थियौँ, त्यही पुरानो हिसाबले गर्दा तीन दिनमा नै यसरी लाइन काटेका हौँ भनेर भनिन्।
हैन ए गाँठे, यस्तो पनि हुँदो रहेछ भनेको ! रिचार्ज गरेको पैसा बराबरको चैँ टिभीमा सिग्नल नदिने रे, अनि पहिले-पहिले चैँ बढी समय च्यानल हेर्न दिएको भनेर चैँ कसरी पत्याउने? यो त सरासर ठगी भएन र भनेको। पैसा तिरेको बिल पनि नदिने, अनी पैसा तिरे बराबरको टिभीमा सिग्नल पनि नदिने। हैन एस्तो ठगी गर्ने निकायलाई कारबाही गर्न मिल्छ कि मिल्दैन? मिल्छ भने मलाई उजुरी गर्ने ठाउँको ठेगाना भनिदिनु पर्‍यो
मेरो सेट टप बक्स नम्बर N71902778738
-रुपेश कार्की-
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis