CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बच्चा जन्माउन किन अपरेसन ??

बच्चा जन्माउन किन अपरेसन ??


तपाईँको आफन्त, साथीभाइ, छिमेकी कसैको घरमा नयाँ सदस्य जन्मिएको भए एक पटक सोध्नुस्- प्राकृतिक जन्म (नर्मल डेलिभरी) भएको हो कि अपरेसन गरी (सिजेरियन डेलिभरी) भएको हो?
सिजेरियन डेलिभिरी भएको हो भने एक पटक फेरि सोध्नुस्- कहाँ लगेको हो डेलिभरी गराउन? धेरै जवाफ तपाईँले निजी अर्थात् नर्सिङ होम पाउनु हुनेछ। नर्मल डेलिभरी भने अधिकांश सरकारी अस्पतालहरुमा भएको जवाफ तपाईँले पाउनु हुन्छ।
हामी मात्र हैनौँ, यो ट्रेन्डले सरकारलाई समेत चिन्तामा पारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत पर्ने पारिवारिक स्वास्थ्य विभागले हालै नर्सिङ होम र निजी अस्पतालहरुमा सिजेरियन डेलिभरीको संख्या उच्च रहेकोमा चासो देखाउँदै पत्र पठाएको छ। किन भइरहेको छ त यस्तो ? किन प्राकृतिक जन्म कम हुँदै गएको ? एउटा मात्र हैन, अनेक कारण छन् यसका।

रिपब्लिकामा छापिएको तथ्याङ्क हेरौँ। डा. सिलु अर्याल भन्छिन्- १० देखि १५ प्रतिशत गर्भवतीमा मात्र डेलिभरीको बेला समस्या आउँछ। त्यसमध्ये ५ प्रतिशतलाई मात्र शल्यक्रिया आवश्यक हुन्छ। थापाथलीको प्रसुति गृहमा २० प्रतिशतभन्दा कम मात्र सिजेरियन डेलिभरी हुन्छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सिजेरियनको दर २५ प्रतिशत मात्र छ। तर काठमाडौँ मेडिकल कलेजमा यो दर ४४ प्रतिशत छ। कीर्तिपुर अस्पतालमा ४९ प्रतिशत छ। ओम हस्पिटल तथा रिसर्च सेन्टरका निर्देशकले त अधिकांश डेलिभरी सिजेरियन नै हुने आफैले बताएछन्।
पैसाको लागि?
नर्सिङ होम वा मेडिकल कलेज वा निजी अस्पतालहरुले नर्मल डेलिभरी भन्दा सिजेरियन डेलिभरी तीन गुणा बढी गर्ने गरिरहेको तथ्य फेला परेपछि विभाग गम्भीर भएको हो। किन यस्तो हुँदैछ त ? मन्त्रालय केही अधिकारीहरुले बिरामीको परिवारबाट थप पैसा असुल्न आवश्यक नभए पनि यस्तो डेलिभरी गराइरहेको हुनसक्ने श‌ंका गरेका छन्। मेडिकल कलेजलाई त डबल फाइदा। विद्यार्थीहरुलाई सिकाउन नि पाइने, बिरामीसँग बढी पैसा असुल्न नि पाइने। त्यस्ता अस्पतालहरुमा ३० हजारदेखि एक लाख रुपियाँसम्म सिजेरियन डेलिभरीका लागि तिर्नुपर्छ। जबकि प्रसुति गृह जस्ता सरकारी अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क हुन्छ। काठमाडौँमा त केही नर्सिङ होम र मेडिकल कलेजमा लग्यो भने सिजेरियनै गर्छन् भनेर पहिल्यै भन्न सकिने स्थिति छ। पैसाका लागि त्यसो गर्नु अनैतिक हो। तर वरिष्ठ चिकित्सकहरु संलग्न निजी अस्पतालहरुमा नै यस्तो अभ्यास बढी देखिन्छ। यसलाई रोक्न सरकारले पनि केही कदम चालेको देखिन्न।
समयका लागि?
नर्मल डेलिभरीका लागि लामो समय कुर्नुपर्छ। छिटोछिटो गर्नका लागि सिजेरियन गर्न खोज्नेहरु पनि छन्। कोही कोही महिला लामो समय प्रसव पीडा सहन नचाहेर पनि सिजेरियन रोज्ने गर्छन्।
अन्धविश्वास
यो एउटा अनौठो कारण हो। धेरैलाई थाहा नहोला। तर मैले यो विषयमा केही सम्वद्ध व्यक्तिहरुसँग कुरा गर्दै जाँदा यो कारणले सिजेरियन डेलिभरी गराउनेहरु पनि धेरै देखियो।
डेलिभरी मिति नजिकिँदै गएपछि ज्योतिषहरुकहाँ गयो, कुन साइतमा जन्म उत्तम हुन्छ भनेर तिथिमिति गणना गर्‍यो, अनि फलानो मितिमा फलानो समयदेखि फलानो समयभित्र जन्म हुँदा उत्तम हुन्छ भन्ने मिति लिएर आयो। त्यही मिति डाक्टरलाई देखायो र त्यही मितिमा पेट चिरेर बच्चा निकाल्न भन्यो। एक्स्ट्रा पैसा तिर्न तयार! पूर्व युवराज पारसको छोरासमेत यसरी नै साइत हेरेर सिजेरियन डेलिभरीबाट जन्माइएको चर्चा त्यतिबेला चलेको थियो। त्यतिबेला मलाई यो उच्च वर्गकाहरुले मात्र गर्ने अभ्यास होला जस्तो लागेको थियो। तर अहिले मध्यम वर्गकाहरुले समेत यस्तो अभ्यास प्रशस्त गर्न थालेका रहेछन्। जन्मसमेत प्राकृतिक रुपमा गर्न नदिई भाग्यविधाता आफै हुन खोज्नेहरुले जन्माएको बच्चा भविष्यमा कस्तो हुने हो, हेर्न बाँकी छ।

[साथीहरु, तपाईँको वा तपाईँका आफन्त, छरछिमेक वा साथीभाइको परिवारमा पनि यसरी आवश्यक नभए पनि सिजेरियन डेलिभरी गरिएको तपाईँले देख्नुभएको छ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुस्




माईसंसार 
By Salokya, on August 27th, 2012 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis