कोही सुन्दर छ कि छैन भन्ने कुराको आधार के हो ? सुन्दर छ भने कति र छैन भने किन ? यस विषयमा संसारका दार्शनिक एवं विचारकहरूको समान धारणा पाइँदैन । यसमा आमजनमानसमा पनि समान मत देखिँदैन । सामान्यतया कुनै मानिस कसैलाईर् अत्यन्त राम्रो लाग्छ भने कसैलाईर् नराम्रो पनि लाग्न सक्छ । यसका बाबजुद पनि हरेक व्यक्ति सुन्दर र आकर्षक देखिन हरसम्भव प्रयास गर्छन् । सौन्दर्यप्रतिको जागरुकता एवं चाहना, परिवर्तित सोच, बदलिँदो परिस्थिति एवं आधुनिक समाजको देन भने होइन । प्राचीन कालमा पनि आफ्नो छालालाईर् चिल्लो बनाउन
कहिले दूधले नुहाउने त कहिले जडीबुटीको लेप लगाउने चलन थियो । आँखाको सुन्दरता बढाउन ज्वानो तथा मेथीको प्रयोगबाट घरमै निर्माण गरिएको गाजल प्रयोग गरिन्थ्यो भने केशलाईर् कर्ली लुक दिन मसिनो बाँस वा निगालोको डाँठलाईर् आगोमा सेकेर रोलिङ गर्ने चलन थियो तर प्रविधिको विकासले सौन्दर्यको क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ । सोहीअनुसार छालाको रंग, किसिम एवं व्यक्तित्व सुहाउँदो सौन्दर्य प्रसाधनको उपलब्धता, विभिन्न सौन्दर्यसम्बधी समस्या समाधान गर्न ब्युटिपार्लर र त्यससित सम्बद्ध विशेषज्ञहरूको सेवाले उक्त कुरालाईर् अझ सहज-सरल बनाइदिएको छ । फलस्वरूप बढेको छ सौन्दर्यप्रति जागरुकता र सुन्दर देखिने चाहना ।
आज सुन्दर देखिनु रुचि मात्र नभएर आवश्यकता नै बन्न पुगेको छ । प्रतिस्पर्धात्मक परिवेशले यसलाईर् अझ प्रश्रय दिएको छ । समयसँगै सुन्दरताको मापदण्ड पनि परिवर्तन हुँदै गएको छ । आज हेयर कलरिङदेखि नेलपालिसलाईर् स्टाइलिस लुक दिन पनि महिलाहरू ब्युटिपार्लर पुग्छन् । भागदौडको जीवनमा कसैसित फुर्सद छैन, तथापि आफ्नो सौन्दर्यप्रति सजग हुनेहरू यसका लागि समय निकालिरहेका छन् । उदाहरणका लागि कामकाजी महिलाहरू बिनावेक्सिङ अफिस जान रुचाउँदैनन् । म्याचिङ ड्रेसअप, नेलपालिस, एसेसरिज एवं फुटवेयर आजको आवश्यकता भैसकेको छ । कलेज जाने युवतीहरूमा वेक्सिङ, थ्रेडिङ एवं ब्लिच गर्ने चलन बढ्दो छ । अहिले सुन्दर देखिनु समयको माग साबित भएको तर सम्पूर्ण व्यक्तित्वले पनि उत्तिकै महत्त्व राख्छ । स्वस्थ छाला, चम्किलो केश, अप टु मार्क आउटफिट्स, ड्रेसिङ सेन्स, अवसरअनुरूप फेसन सबै कुरा महत्त्वपूर्ण भएका छन् । सुन्दर भएर जन्मिनु आवश्यक छैन । पूर्ण मेकओभरपछि साधारण युवतीहरू पनि स्टाइलिस एवं आकर्षक देखिन्छन् ।
अहिलेको समयमा सौन्दर्य पैदा गर्न सकिने भएको छ तर त्यसका लागि आफूमा गुण विकसित गर्नु पनि जरुरी छ । सौन्दर्य महत्त्वपूर्ण छ तर त्यसभन्दा पनि महत्त्वपूर्ण छ सम्पूर्ण व्यक्तित्व । यदि कोही स्वस्थ छ र व्यक्तित्व पनि आकर्षक छ भने सुन्दर हुनुपर्ने आवश्यकता गौण हुन पुग्छ । पहिलो नजरमै जुन कुराले प्रभाव पार्छ त्यही नै आफ्नो व्यक्तित्व हो । सुन्दरता नै व्यक्तित्वको सम्पूर्णता पक्कै होइन । परन्तु सुन्दर हुनु व्यक्तित्वको एउटा महत्त्वपूर्ण पक्ष अवश्य हो । नम्र व्यवहार, शिष्टाचार, आदरभाव, अनुशासनजस्ता अनेकौं तत्त्वले व्यक्तित्वलाईर् गरिमा प्रदान गर्छन् भने तिनले व्यक्तिको सुन्दरतामा थप सुगन्ध संचार गर्छन् ।
सुन्दरता र स्वास्थ्य एक-अर्काका पर्याय हुन् । यी दुवै एकबिना अर्को अपूरो हुन्छन् । यदि स्वास्थ्य ठीक छ भने व्यक्तिको मुहार पनि सुन्दर एवं चम्किलो देखिन्छ । यदि ऊ बिरामी छ भने उसको छाला, शरीर एवं मुहार सबै खराब देखिन्छ । अतः सुन्दर देखिन राम्रो शरीर र स्वस्थ छाला दुवै चाहिन्छ । राम्रो स्वास्थ्यका लागि नियमित दिनचर्या, सन्तुलित आहार एवं नियमित वर्कआउट अत्यन्त जरुरी छ । सुन्दरतालाईर् निखार्न पनि नयाँ-नयाँ उपाय देखा परिरहेका छन्, यसको निर्धारणमा स्वास्थ्यको भूमिका उत्तिकै रहन्छ । फिटनेस सेन्टरप्रतिको आकर्षण पनि बढ्दो छ । स्वास्थ्यका लागि नियमित दिनचर्या सबैभन्दा पहिलो आवश्यकता हो । नियमबद्ध तरिकाबाट गरिएको कार्य अरूभन्दा राम्रो हुन्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनु र त्यसको नियमित रेखदेख गर्नु जरुरी छ । सही र सन्तुलित आहारले पनि यसमा महत्वपूर्ण भूमिका खेल्छ । के खाइन्छ र कति सोचविचार गरी खाइन्छ त्यसको प्रभाव सम्पूर्ण व्यक्तित्वमा पर्छ । त्यसैले दैनिक आहारमा भिटामिन, मिनरल र प्रोटिन आदि पोषकतत्व भएका खाद्यपदार्थ समावेश गर्नुपर्छ । फलमा बिटा कोरोटिन हुन्छ जसले घामको तीव्रतालाईर् कम गर्न मद्दत गर्छ र रिंकलबाट जोगाउँछ । हरियो सागसब्जी, अंकुरित दाल, गेडागुडी, कालो चना आदिमा ल्योकोपिन हुन्छ जसमा भिटामिन ए, ई, बी एवं सी पनि पाइन्छ । यसले शरीरको सेल्सलाईर् क्षति तथा एजिङ देखिनबाट जोगाउँछ । त्यसैगरी केशको सुन्दरताका लागि भिटामिन, मिनरल, प्रोटिन तथा फोलिक एसिड भएका खाद्यपदार्थ सेवन गर्नुपर्छ । सन्तुलित खानपानबाट नै स्वास्थ्य एवं सौन्दर्य दुवैलाईर् दीर्घजीवी बनाउन सकिन्छ ।
व्यक्तिको सोचले पनि उसको स्वास्थ्यमा उत्तिकै प्रभाव पार्छ । जसरी नकारात्मक विचारधाराले व्यक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ त्यसरी नै सकारात्मक सोच स्वास्थ्यका लागि फलदायी हुन्छ । जीवनदर्शनका विचारक ओशो रजनीशका अनुसार मनुष्यको सुन्दरता धेरै हदसम्म उसको मुडमाथि निर्भर हुन्छ । व्यक्ति सबैभन्दा कुरूप तब लाग्छ जब ऊ क्रोधको अवस्थामा हुन्छ । त्यसको ठीक विपरीत ऊ तब सुन्दर देखिन्छ जब सहज अवस्थामा हुन्छ । डिप्रेसन, ब्लडप्रेसर आदि कतिपय रोग त्यसै पनि ठीक हुन्छन् । ओशोका अनुसार स्व तथा स्थ यी दुई शब्दबाट स्वास्थ्य बन्छ । यस अर्थमा स्वस्थको अभिप्राय हुन्छ, व्यक्ति स्वयंमा स्थित छ । स्वयंमा स्थित हुने कुरा सीधा मनोदशासित जोडिन्छ । ओशोका अनुसार व्यक्तिले जबसम्म आफ्नो दृष्टि भौतिक संसाधनमा केन्दि्रत गरिरहन्छ तबसम्म ऊ आत्मतत्त्वतर्फ दृष्टि लगाउन सक्दैन र तनावग्रस्त रहन्छ । आत्मतत्त्वतर्फ ध्यान केन्दि्रत हुन थालेपछि तनाव विस्तारै टाढा हुँदै जान्छ र व्यक्ति रोगबाट पनि मुक्त हुन्छ । यही नै स्वास्थ्य हो ।
सुन्दरता बाहिरी आवरणबाट मात्र झल्कनुपर्छ भन्ने होइन । व्यक्ति कस्तो छ, उसको हृदय कस्तो छ, उसमा कति राम्रो र सकारात्मक सोच छ त्यसमा पनि उसको सुन्दरता निर्भर गर्छ । त्यसैले सुन्दरता व्यक्तिको व्यवहार, कुरा गर्ने शैली, शिष्टाचार एवं उसको प्रस्तुतिबाट पनि झल्किनुपर्छ । यदि कोही स्वस्थ एवं सकारात्मक विचार राख्छ भने साधारण भएर पनि प्रभावकारी देखिन सक्छ ।
पहिरनबाट सुन्दरता बढ्न सक्छ तर राम्रो पहिरनबाट मात्र सुन्दरता झल्कन्छ भन्ने होइन । यसका लागि ड्रेसिङ सेन्स पनि हुनुपर्छ । कुनै पनि कुरालाईर् कति सही तरिका र राम्रो ढंगबाट सम्पन्न गर्न सकिन्छ त्यसमा पनि सौन्दर्य निर्भर गर्छ । त्यसैले आफ्ना कमी-कमजोरी र खुबी आदिका सम्बन्धमा राम्रो ज्ञान हुनुपर्छ । फिगर राम्रो राख्न नियमित दिनचर्या महत्त्वपूर्ण हुन्छ । यदि समयमा सन्तुलित खाना खाइन्छ, नियमित एक्सरसाइज गरिन्छ भने अवश्य पनि फिट रहन सकिन्छ । सबै कुरा सन्तुलनमा हुनु जरुरी छ । त्यसका लागि सन्तुलित एवं पोषक आहार, पर्याप्त निद्रा, दैनिक एक्सरसाइज, सकारात्मक सोच आदि सबै कुरा आवश्यक छन् । सुन्दर, आकर्षक र स्वस्थ शरीरले समग्रमा सुन्दर व्यक्तित्वलाईर् पूर्णता प्रदान गर्छ । यीसँगै पर्सनल केयर पनि जरुरी छ । छालाको हेरचाह, क्लिन्जिङ, मोस्चराइजिङ, टोनिङ, नरिसिङ आदि महत्त्वपूर्ण छन् साथै बडी केयर, एक्सरसाइज, डाइट, योग, वजनमाथि नियन्त्रण पनि । यी सबै सन्तुलित भए स्वास्थ्य र सौन्दर्य दुवै सन्तुलित रहन्छन् । त्यसपछि आउँछ सकारात्मक सोच, मनको शान्ति जसबाट इनर ग्लो प्राप्त हुन्छ । नियमित र पर्याप्त निद्राबाट मात्र शरीरलाईर् आराम प्राप्त हुँदैन यसले मन-मस्तिष्कलाईर् समेत शान्ति प्रदान गर्छ । चाहे त्यो विवाहको कुरा होस् वा नोकरीका लागि अन्तर्वार्ता, सबैभन्दा पहिले व्यक्तित्वको प्रभाव महत्त्वपूर्ण हुन्छ । त्यसैले वेल ग्रुम्ड हुनु जरुरी छ । छाला सफा भए आत्मविश्वास पैदा हुन्छ र व्यक्तित्व पनि आकर्षक देखिन्छ । फिजिकल, इमोसनल, स्पिरिचुयल तथा इनर हेल्थ सबै कुरा मिलेर सौन्दर्यको संरचना खडा हुने भएकाले यससँग सम्बन्धित सबै कुरामा सजग एवं सचेत रहनुपर्छ ।
- रिोजिन शाक्य

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !