काठमाडौ, मंसिर १४ - सोल (दक्षिण कोरिया)- दक्षिण कोरियाली गायक पार्क छे साङ उर्फ साईको खाङनाम स्टाइल गीत शनिबारदेखि विश्वमै सर्वाधिक हेरिने र सुनिने गीतको कीर्तिमान राख्न सफल भएको छ । शनिबारसम्मको नयाँ विश्व रेकर्ड अनुसार, युट्युबमा ८० करोड पटक हेरिएको जस्टिन बिबरको 'बेबी' लाई उछिन्दै खाङनाम स्टाइल ८१ करोडभन्दा बढी पटक हेरिसकिएको छ । गत जुलाई १५ देखि भाइरलसरि फैलिएर विश्वभर हंगामा मच्चाएको यो गीत २ सय २३ मुलुकमा हेरिएको छ । अमेरिका, थाइल्यान्ड, कोरिया, ब्राजिलमा सबैभन्दा धेरै हेरिएको छ । सोमबारसम्म ८२ करोड पटक क्लिक गरी सकिएको छ । यो गीत हेर्नेहरूको
संख्या प्रत्येक दिन ७ लाखदेखि १० लाखसम्म छ । यो गीत हेर्नेहरूमध्ये ६१.६ प्रतिशत पुरुष छन् । यीमध्ये १३ देखि १७ वर्ष उमेर समूहको सर्वाधिक प्रतिनिधित्व छ । ३५ वर्षे साईको यो गीत ३० भन्दा बढी मुलुकको चार्टमा माथिल्लो स्थानमा समेत परेको छ । यसले युट्युबमा ६ लाखभन्दा लाइक पाएर अर्को गिनिज वल्र्ड रेकर्ड राख्न पनि सफल भएको छ । गायक साईलाई गत महिना संयुक्त राष्ट्रसंघका महासचिव बान कि-मूनले आफ्नो कार्यालयमा बोलाएर सम्मान गरेका थिए । त्यति बेला मून पनि त्यही स्टाइलमा नाचेका थिए । त्यसपछि अमेरिकामा यो गीत क्लिक गर्नेहरूको संख्या ह्वात्तै बढ्यो । यही महिनाको पहिलो साता सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनका बेला पनि 'ओबामा स्टाइल' शीर्षकमा यसको प्यारोडी सार्वजनिक गरिएको थियो । गङनामको म्युजिक भिडियोमा राजधानी सोलको केन्द्र मानिएको गङनाम इलाकामा हाबी भएको बजारवादलाई व्यंग्यात्मक रूपले प्रस्तुत गरिएको छ । मोटो शरीर भएका गायक साङ घोडामा सवार रहेको र हातमा लगाम रहेको शैलीमा नाचेका छन् । विभिन्न मुलुकका प्रमुख सहरहरूमा तीव्र रूपमा लाइभ कन्सर्ट गरिरहेका साईले अमेरिकी र कोरियन संगीत मिश्रति अर्को गीत निकाल्ने तयारीमा रहेको समेत बताएका छन् ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !