लाजले कुनै काज चल्दैन। काज चलाउन त आवश्यक साजबाज नै चाहिन्छ। कन्डम पनि रोग र बेइज्जत हटाउने एउटा साज नै हो। बाहिरी व्यवहारमा चाहिं इज्जत देखाउने तर भित्रभित्र भने सार्वजनिक बेइज्जतको पोको बढाएर बस्ने?
बोकेको डोकोको पोको फुका भनेर सम्बन्धितले यो कसको के बोकिस्, किन बोकिस्, कसको बोकिस्, के गर्न बोकिस्? भनेर सोधिनुपर्ने खालको
सार्वजनिक अपमान निर्लज्ज भएर भोग्नुभन्दा त समयमै सोचेर कन्डम प्रयोग गरौं भनेर खुलस्त देखिन थाले सुदूरका महिला। अठारौं कन्डम दिवसको सन्दर्भमा बाँके र सुर्खेतका महिलाले कन्डमका विषयमा खुलेर खुला बहस गरिसके छन्! ह्वात्तै एकैचोटि परिवार, नातागोता, इष्टमित्र सबैका सामु निर्लज्ज तरिकाले डमडम भएर डम्किनुभन्दा त कन्डमतिर लम्किनु बेस हो रे! 'कन्डमको भर, बन निडर' पो भन्न थाले। अब त यसलाई (कन्डमलाई) भन्दा एड्सलाई पो अनौठो मान्नुपर्यो रे। कामुकानन्दको बिहेको उपहारमा दर्जनौं साथीहरूले कन्डमसमेत उपहार दिएर शुभेच्छाको शुभकामना दिएकोलाई आजको समाजले पचाउन सक्यो। बिहेमा कन्डम उपहारको क्रम बढिरहेको छ रे!
खोलाको पानी आवश्यकता अनुसार खेतबारीमा पस्न दिएर अनावश्यक समयमा खोलैतिर फर्काएझैं गर्नुलाई अब अनौठो कसैले नमान्ने रे। जोतेको समयमा गोरुले घाँस नखाओस् भनेर मुहोला लगाउन, काँडाबाट जोगियोस् भनेर जुत्तामोजा लगाउन र धुलो छेक्न भनेर मुखमा मास्क लगाउन सिकेजस्तै त हो रे कन्डम कस्नु पनि। जानी नजानी, बुझी नबुझी, इच्छा भई नभई एकछिनको मोजमा सधैं बोझ हुनेगरी अनिच्छाको पेटै डमडम हुन्छ भने प्रयोग गर्नैपर्छ रे कन्डम। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले भने प्रचारका लागि त्यत्रो रकम खर्च गरेको देखाउँछ। उता आजका युवावर्गमा भने कन्डमको कखरा पनि सिकाउँदैन। बरु हामी सिकाउँछौं मनेर खुले महिलाहरू।
अब त स्कूले केटाकेटीलाई पनि 'क' माने कन्डमले, 'ख' माने खतरा, 'ग' माने गराउन, 'घ' माने घटाउँछ भनेर पढाउन परिसक्यो रे! हुन पनि ठिकै हो, अनावश्यक परिवारको बोझ र एड्सको झोजको सामना गर्नुभन्दा त जमानीभित्रको बेइमानीलाई छेक्न पनि कन्डमको कखरा पढाउनैपर्ने जस्तो देखियो नि। विकसित मुलुकका नागरिकहरू त कन्डम कर्मको मर्म बुझेर सर्म नमान्ने भैसके रे। यस एड्स प्रविधि र परीक्षणको प्रचार र प्रयोगका पारखी त अरू मुलुक भैसके रे! हामीले मात्र कन्डमको आशय नबुझी आश्चर्य त मान्न भएन नि। यो कल्ले बनायो, किन बनायो, केका लागि बनायो? त्यतातिर बुझ्नुलाई लाज मान्नु त भएन भन्दै भुलेर बेइमानी हुनुभन्दा खुलेर इमानी बन्नु ठीक भनी महिला जागरुक भएर १८ औं राष्ट्रिय कन्डम दिवस मनाएको दृश्य त देखिहाल्नुभो। लाजले लुक्नुभन्दा त मुखले फुक्नु नै बेस भनी तारा, जूनकिरी, जयकला र कृपा त कन्डम फुक्नेमा पुरस्कृत भैसकेछन्। लाचार भएर आचार नगुमाऔं, प्रचार गरेर सुनाउँ पो भन्न थाले सचेत महिलाहरू। उनीहरूलाई साथ त दिनैपर्छ, अनिमात्र रोग र शोक टर्छ। कन्डम प्रचारलाई लाजै मान्दा त लुकेर प्रेम फुकेर बिछोड होला है भन्द्या छ। डमडम पेट डम्किने डर हटाउन कन्डमको भर त गर्नैपर्यो नि, होइन र? यस्तो एकोहोरो प्रयोग दोहोरो सुरक्षालाई नबुझेर वा बुझ पचाएर बस्नुलाई त एक्काइसौं शताब्दीले पचाउन सक्दैन रे। सकेसम्म गर संयम, नसके कस कन्डम।
घिमिरे 'मैदेली'

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !