आजभोलि नेपालमा ‘देशको नाम राख्ने’ खुब लहर चलेको छ। कुरा राम्रै हो। देशको नाम राख्न देशवासीहरु लागिपर्नुमा नराम्रो त केही छैन। तर नाम राख्ने उपाय भने गतिलो हुनुपर्यो। अहिले त गिनिज बुकमा नाम लेखाइयो भने देशको नाम रहन्छ भन्ने गलत विचार मान्छेहरुको मनमा गढेको रहेछ। त्यस्तै लहडमा लागेका थिए दमौलीका ३६ वर्षीय शमशेरबहादुर लम्साल। उनी १०५ मिटर लामो आगोको सुरुङलाई मोटरसाइकल चढेर २० सेकेन्डमा पार गरेर कीर्तिमान राख्न
मंगलबार त्यसको लागि दमौलीको वीपी वनवाटिकामा सबै तयारी गरिएको थियो। तर रेकर्ड हैन, दुर्घटना हुन पुग्यो। आगो नियन्त्रणमा लिन नसक्दा रेकर्ड राख्न खोज्ने त घाइते भए नै, सुरुङमा आगो लगाउन सहयोग गर्ने दुई जना पनि जलेर घाइते हुन पुगे।
खासमा १०५ मिटर लामो आगोको सुरुङ बनाउन बाँस र जुटको बोरा प्रयोग गरिएको थियो। आगो लगाउन त्यसमा मट्टितेल, पेट्रोलले भिजाइएको थियो। २८ वर्षका सुरेश पन्थ र २९ वर्षका सुमित थापाको काम सुरुङमा आगो लगाउने थियो। उनीहरुले हातमा आगोको मसाल बोकी मोटरसाइकलबाट सुरुङ भित्र आगो लगाउँदै आइरहेका थिए। भित्र आगो लगाएर आउँदै गर्दा बाहिरका बढी जान्नेहरुले बाहिरबाट आगो सल्काइदिएछन्। अनि त बिचराहरु भित्रै आगोमा परे। दुई जना गम्भीर घाइते भए। अहिले उनीहरुलाई पोखरा मणिपाल अस्पताल हुँदै उपचारका लागि काठमाडौँ ल्याइएको छ।
रेकर्ड राख्न खोज्ने लम्साल पनि घाइते भए। आगो लगाउने बित्तिकै मोटरसाइकल कुदाएका उनी बीचैमा लडे। यिनले चाहिँ फायर प्रुफ ज्याकेट लगाएकोले शरीर जलेन, सामान्य घाइते मात्रै भए।
आगलागीपछि प्रहरीले आयोजक गण्डकी कम्प्युटर ट्रेनिङ सेण्टरका संचालक बसन्त सदाशंकरलाई नियन्त्रणमा लिएको छ।
भिडियो हेर्नुस् आगो दुर्घटनाको-
फोटो र भिडियो साभारः Mukudml.com। थप फोटो फेसबुक पेजमा र समाचार यहाँ क्लिक गरी हेर्नुस्
देशको नाम ?
गिनिज बुकमा नाम लेखाउन यस्ता उट्पट्याङ्गे काम गर्ने धेरैको तर्क हुन्छ- मैले देशको नाम राख्न यस्तो गरेको हुँ। तर यसले देशको नाम कसरी राख्छ, म अचम्ममा छु। रेकर्ड राख्नेले आफ्नो नाम मात्रै राख्छन् त्यो किताबमा। देशको नाम साथै लेखिए पनि त्यसको कुनै तुक हुन्न। एक पटक हिमालमा ऋतुराजले लेखेको जस्तो- टाउकोले सबैभन्दा धेरै समय टेकेर उभिने कुन देशका हुन् ? एक खु्ट्टाले सबैभन्दा धेरै समयसम्म उभिने कुन देशका थिए ? सबभन्दा धेरै समय सुत्ने कुन देशका थिए ? सबभन्दा धेरै बिस्कुट खाने रेकर्ड कुन देशका मान्छेको नाममा छ ? तपाईँलाई यी कुरा थाहा छ ? थाहै भए पनि के मतलब हुन्छ र ? टेक्सासका एक किशोरले ३५ पटक ह्यान्डस्प्रिङ गरेर रेकर्ड राखे। त्यसले अमेरिकाको नाम राख्यो र? अमेरिकाको नाम त यत्तिकै रहेको छ नि। जापानकी एक महिलाले सबैभन्दा धेरै हेलो किट्टी डलहरु संकलन गरेर राखेकी छिन्। यसले जापानको नाम राख्छ र ? जापानको नाम यत्तिकै रहेको छ नि। नेपालको नाम पनि यत्तिकै रहेको छ। कसैले उट्पट्याङ्गे काम गरेर नेपालको नाम राखिरहन पर्दैन।

व्यक्तिगत रुपमा यस्तो रेकर्ड राखेको छु है भनी अरुलाई धाक जमाउन भने काम लाग्छ। तर गिनिज बुकमा नाम राख्दैमा पैसा आउने हैन। नेपालमा पनि गिनिज बुकमा नाम राख्ने धेरै भइसके। संस्था पनि खुलेको छ क्यारे अहिले त गिनिज बुकमा नाम रहेकाहरुको। देशमा उद्योगधन्दाको विकास नभएकोले यस्ता रेकर्डधारीहरुले विज्ञापनमा पनि खेल्न पाइरहेका छैनन्।
बढी गोल गरेर मेस्सीले भर्खरै राखेको रेकर्ड, धेरै पटक सगरमाथा आरोहण गरेर नेपालका आपा शेर्पाले राखेको जस्तो रेकर्ड दुर्लभ हुन्। यस्ता रेकर्डको अर्थ पनि रहन्छ। आगोको सुरुङमा छिटो मोटरसाइकल कुदाएर राखेको रेकर्डको के अर्थ ! रेकर्डको नाममा भर्खरकी बच्चीलाई प्याराग्लाइडिङ उडाउने काम नेपालमा भइसक्यो। कुन दिन बन्जीमा हाम्फाल्न लगाउने, प्यारासुटबाट हाम्फाल्न लगाउने जस्ता जोखिमपूर्ण काम नहोस्!
By Salokya, on my sansar , December 12th, 2012
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !