आइटम गर्ल सुषमा कार्कीले 'अब म छोटा लुगा लगाउँदिनँ' भनेको एक महिना पनि भएको छैन। प्रेमीसँग सुटिङमा उपस्थित हुँदा केही निर्देशकसँग झगडासमेत गरेकी सुषमाले आफू अब सरिफ बन्ने दाबी गरेकी थिइन्।
तर, रामराजा दाहाल निर्देशित फिल्म 'नेपथ्य' मा उत्तेजक भंगीमा नृत्य गरेकी छिन्। बोली त टिकेन नि भन्ने प्रश्नमा सुषमाको भनाइ थियो, 'नेपथ्यको गीतमा मैले छोटो लुगा लगाएको छैन।' सुषमाले जे भने पनि उक्त फिल्ममा उनी आइटम गर्लका रूपमा प्रस्तुत भएकी छिन् र उनले नृत्य गरेको गीतलाई कामुक बनाउने प्रयास गरिएको छ। साथै सुषमाको डे्रसअप पनि उत्तेजक छ। 'बिन्दास' लगायत केही फिल्ममा अंग प्रदर्शन गरेकै कारण विवादमा आएकी सुषमाले थप विवाद नआओस् भनेर नै छोटो लुगा लगाउँदिनँ भनेकी थिइन्।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !