काठमाडौं। पछिल्लो समय घरजग्गाको ऋण तिर्न नसकेर कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्न थालेपछि व्यवसायीले सहकारीबाट पैसा लिएर बैंक तथा वित्तिय संस्थालाई तिर्न थालेपछि बचत कर्ता विचल्लीमा पर्ने संकेत देखिएको छ। सहकारीको रकमले व्यवसायी तत्काललाई कालोसुचीबाट जोगिए पनि बचतकर्ताको भने बिचल्ली हुन थालेको छ। राष्ट्र बैंकले ऋण नतिर्नेलाई कालोसूचीमा सिफारिस गर्न कडाइ गरेपछि सहकारीबाट ऋण लिएर बैंक तथा वित्तिय संस्थालाई तिर्ने क्रम बढेको छ। केन्द्रीय बैंकको कडाइअघि बैंक तथा वित्तिय संस्थाले हत्तपत्त ऋणीलाई कालोसूचीका लागि सिफारिस गर्दैनथे। व्यवसायीले सहकारीबाट लिएर बैंकहरुलाई भुक्तानी गर्न थालेपछि घरजग्गामा लगानी गरेका बैंकहरुले असोज मसान्तमा ४१ प्रतिशतभन्दा बढी नाफा कमाएको तथ्यांक छ। यसअघिको बैंकको घरजग्गा ऋण उठ्न सकेको थिएन।
व्यवसायीले बैंकहरुको किस्ता र ब्याज भुक्तानी गरे पनि सहकारीबाट पैसा लिएकाले निक्षेप संकलन गर्ने सदस्य मर्कामा परेका हुन्। घरजग्गाका लागि बैंकबाट लिएको ऋण भुक्तानी गर्न सहकारीबाट ठूलो रकम लगेकाले कतिपय सहकारीले सर्वसाधारणलाई मागेका बेला दिन छाडेका छन्। देशभरका सहकारीमा सर्वसाधारणको १ सय ३० अर्ब रुपैयाँ बचत रहेको छ। यसमध्ये ५० प्रतिशत रकम घरजग्गा व्यवसायीले चलाएका छन्। 'सहकारी सञ्चालकले बैंकको ऋण तिर्न आफूखुसी रकम चलाउन थालेकाले निक्षेपकर्ता जोखिममा पर्न थालेका छन् सहकारीका एक जानकारले बताए। बैंकहरुको हालत सुध्रे पनि ठूलो संख्यामा सर्वसाधारणको बिचल्ली हुन थालेको छ। सहकारीमा सर्वसाधारणको निक्षेप फिर्ता नगर्ने सञ्चालकलाई कारबाही गरिएको छैन। सहकारीहरुको प्रभावकारी अनुगमन र सुपरिवेक्षण नहुँदा सञ्चालकले सर्वसाधारणको रकम व्यक्तिगत काममा लगाउने गरेका छन्। झिकेको पैसा भुक्तानी नगर्दा पनि उनीहरुलाई कालोसूचीमा राख्ने प्रावधान छैन। अधिकांश सहकारीमा आफ्नै नातागोता र परिवारका सदस्य सञ्चालक हुन्छन् स्रोतले भन्यो, 'घरघरमा गएर पैसा उठाउने भएकाले सर्वसाधारणले यस्ता सहकारीमा बचत गर्ने गरेका छन्। स्रोतका अनुसार पहिले नाम कमाएका सहकारीले मागेका बेला घरैमा गएर ऋण दिने गरेकाले सर्वसाधारण आकर्षित भएका थिए। तर अहिले सहकारी सञ्चालक घरजग्गा कारोबारले गर्दा समस्यामा पर्न थाले। त्यहाँबाट उम्किन सर्वसाधारणको पैसा व्यक्तिगत प्रयोगमा लगाउन थालेका हुन स्रोतले भन्यो। आफ्नो पैसा झिक्न जाँदा सर्वसाधारणले अर्को तारेखबाहेक केही पाउँदैनन्। घरजग्गा व्यवसायी र कतिपय साना वित्तिय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारीहरु सहकारीमा आबद्ध हुने गरेका छन्। स्रोतका अनुसार दुवैतिरको 'नेटवर्क” ले विगतमा व्यक्तिगत लगानी बढाएका उनीहरु बैंकले च्याप्न थालेपछि सर्वसाधारणको निक्षेप आफ्नो ऋण तिर्न प्रयोग गर्न थालेका छन्।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !