CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » फेरि महाभूकम्पको हल्ला!

फेरि महाभूकम्पको हल्ला!

काठमाडौ, पुस ४ । आठ सय १४ वर्षअघि नेपालका हिमालय क्षेत्रमा गएको महाभूकम्प फेरि फर्कन सक्ने एक अध्ययनले दाबी गरेको छ।  
फ्रान्स, सिंगापुर र नेपालका भूगर्भविद्हरूले गरेको पछिल्लो अध्ययनले नेपालमा सन् १२५५ साल जुन ७ मा गएको ७ दशमलब ७ रेक्टर स्केलको महाभूकम्प नेपालका हिमालय क्षेत्रमा पुनः फर्कने सक्ने देखाएको हो। समाचार संस्था एएफपीका अनुसार १२५५ सालमा गएको महाभूकम्पले काठमाडौँका एक तिहाइ नागरिकको ज्यान जानुका साथै हजारौँ घर तथा मन्दिर ध्वस्त भएका थिए। सोही महाभूकम्पमा परी तत्कालीन राजा अभय मल्लको समेत ज्यान गएको थियो। भूगर्भविद्हरूले पृथ्वीको सतहमा देखिने लामो चिरामा अवस्थित नदीमा रहेका अवशेषहरूको अध्ययनपछि नेपाललगायत हिमालय क्षेत्र भूकम्पीय दृष्टिले खतरामा रहेको चेतावनी दिएका हुन्।  
सोही चिरामा भारतीय उपमहाद्वीप प्रत्येक वर्ष ५० मिलिमिटरको गतिमा एसिया टेक्टोनिक प्लेटलाई हिर्काउँदै अघि बढेको अध्ययनले देखाएको छ। विज्ञहरूले गरेको ४० हजार वर्ष पुरानो कार्बनको अध्ययनमा एक ठाउँमा भूहलचल देखिएको र सो भूहलचल १२५५ साल ७ जुनमा नेपालमा गएको ७ दशमलब ७ रेक्टर स्केलको महाभूकम्पसंग मेल खाएको एएफपीको समाचारमा उल्लेख छ। ६ शताब्दीपछि सोही ठाउँमा अर्को चिरा परेको र त्यो सन् १९३४ मा नेपालमा गएको ८ दशमलब २ रेक्टर स्केलको भूकम्पसँग मेल खाएको अध्ययनले देखाएको छ। प्लेटको ठक्करबाट पृथ्वीको सतह टुक्रिएको प्रमाण नभेटिएकाले पनि अध्ययन महत्वपूर्ण मानिएको छ।  
अध्ययन अनुसार अर्को विनाशअघि शक्ति सञ्चय गर्न केही शताब्दी लाग्नेछ। अध्ययनमा अघिल्लो घटनाको अभिलेख नराखिने तथा प्राचीन घटना मुस्किलले सम्भि्कने भएकाले शताब्दीपछि हुने यस्ता घटना डरलाग्दा हुने बताइएको छ। 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis