लस एन्जेल्स, पुस ४ - लस एन्जेल्सको एक प्राथमिक विद्यालयका ११ वर्षीय बालकले आफू र आफ्ना साथीहरुलाई सम्भावित आक्रमणबाट बचाउने प्रयोजनका लागि भन्दै कक्षा कोठामै बन्दुक ल्याएका छन् ।
अमेरिकाको कनेक्टिकट राज्यको न्युटाउनस्थित एक विद्यालयमा गत शुक्रबार एक बन्दुकधारीले २० बालबालिकाका साथै २६ व्यक्तिको हत्या गरेको घटना सेलाउन नपाउँदै अर्को यो घटना भएको पाइएको छ ।
तर ती बालकको आफै आक्रमण गरी साथीहरुको हत्याका लागि
सो बन्दुक ल्याएको नभइ सम्भावित हमलाबाट बच्नका लागि सो बन्दुक ल्याएको बताएका छन् ।
कनेक्टिकट राज्यको स्यान्डी हुक इलिमेन्ट्री स्कुलमा सो घटना भई त्यहाँ २६ जनाको ज्यान गएको थाहा पाएर आफू र आफ्ना साथीहरु पनि यस्तै हमलामा पर्न सक्ने हुँदा सो हमलाबाट बच्नका लागि बन्दुक बोकेको बताएका छन् ।
उनले आफूले बन्दुक ल्याएको समाचार आफ्नो कक्षाका साथीहरुलाई बताएका थिए । सो घटनापछि ती विद्यार्थीहरुले पनि विद्यालयका प्रधानाध्यापकको कक्षमा गई सो बारेमा जानकारी गराएका थिए । उक्त विद्यायलका प्रवक्ताका अनुसार सो जानकारीका आधारमा प्रधानाध्यापकले उनलाई प्रहरीमार्फत झिकाएर उनको कार्यकक्षमा नै केरकार गरेका थिए ।
निकै बेरको केरकारपछि ती बालकले आफूले बन्दुक ल्याएको कुरा स्वीकारेका छन् । पछि उनले लस एन्जेल्सको साल्ट लेक सिटीमा रहेको वेस्ट केर्न विद्यालयका ती बालकले हाते पेस्तोल ल्याएको पाइएको थियो ।
उनले सो पेस्तोल आफ्नो शरीरको पछाडिको भागमा लुकाएर ल्याएको पाइएको समाचारमा जनाइएको छ । उनलाई प्रहरी हिरासतमा पठाइएको र हिरासतमै प्रहरीसमक्ष उनले बन्दुक देखाएका थिए ।
विद्यालयमा नै बिहानको खाना खाने क्रममा सबै विद्यार्थीहरु बाहिर निस्किएको क्रममा ती बालकले आफूसँग बन्दुक रहेकाले सबैलाई निर्धक्क भएर वा सुरक्षित महसुश गरेर बस्न भनेका थिए ।
उसको सबैभन्दा बढी मिल्ने तीनजना विद्यार्थीका अनुसार ती बालकले आफूसँग बन्दुक रहेको कुरा निकै डरलाग्दो पाराले व्यक्त गरेका थिए र जसका कारण ती साथीहरु पनि प्राचार्यको कार्यालयमा पुगेका थिए ।
उनले भने, “झन्डै दुर्घटना भएको थियो हामीले समयमै भन्न भ्यायौं ।” पछि ती बालकको साथबाट बन्दुक बरामद गरिएको थियो ।
उक्त विद्यायल प्रशासनका अनुसार पेस्तोल भने भरिएको अवस्थामा नभइ खाली थियो । खाली नै भएपनि उसले सो बन्दुक निकै जतनसाथ र लुकाएर राखेको थियो ।
अमेरिकामा बन्दुक राख्न पाउने अधिकारका बारेमा निकै नै विवादास्पद भनाइहरु बाहिर आइरहेका बेला गत शुक्रबारको सो दुर्घटना र लगत्तै सोमबार यो अर्को घटना पनि सार्वजनिक भएको छ ।
अमेरिकामा विभिन्न राज्यमा फरकरूपमा लागुभएको बन्दुकमाथि प्रतिबन्ध लगाउने कानुनका विषयमा पुनः विवाद सिर्जना गराएको छ ।
आफ्नी शिक्षिका आमाले राखेको बन्दुक ल्याएर न्युटाउनस्थित स्यान्डी हुक इलिमेन्ट्री स्कुलमा शुक्रबार गोली प्रहार गरी एक बालकले हत्या गरेको थियो ।
तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले सन् १९९३ मा हस्ताक्षर गरेको कानुनअनुसार अमेरिकामा बन्दुक खरिद गर्ने व्यक्तिले आफ्नो पृष्ठभूमिका विषयमा जानकारी दिनुपर्छ ।
यो कानुनी व्यवस्था फौजदारी अभियोग लागेका तथा मानसिक अवस्था ठीक नभएका व्यक्तिका विषयमा तत्कालै थाहा पाउन सकियोस् भनी लागु गरिएको थियो ।
यो कानुनअनुसार अनुमति प्राप्त बन्दुक व्यापारी, उत्पादक, आयातकर्ता तथा अन्य केहीमा मात्र लागु हुन्छ । यसरी राखिएका बन्दुकको दुरुपयोग गरी विभिन्न समयमा अमेरिकामा व्यक्ति हत्याका घटना हुन थालेपछि नयाँ विवाद सुरु भएको बताइएको छ । रासस/एएफपी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !