CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मा कसम !! हड्डीमा कुकुर बिकेनन भने मलाइ भन्नुस !!!! अनिल अम्बानीको कम्पनी किन्ने संघाईको हालत

मा कसम !! हड्डीमा कुकुर बिकेनन भने मलाइ भन्नुस !!!! अनिल अम्बानीको कम्पनी किन्ने संघाईको हालत

अनिल अम्बानीको कम्पनी किन्ने संघाईको हालत


अनिल अम्बानी भारतका मात्रै हैन, विश्वकै सबैभन्दा धनीहरुको सूचिमा पर्छन्। उनै अम्बानीको नेपालमा गरिएको लगानी भने फेल खाएको छ। लगानी लिएर अम्बानीको रिलायन्स इन्टरटेनमेन्ट ग्रुप फर्किसकेको छ। तपाईँहरुलाई कतिको याद छ, कमलपोखरीको सिटी सेन्टरमा भएको बिग सिनेमा अहिले ब्रान्ड परिवर्तन गरेर बिग मूभिज भएको छ। बिग सिनेमामा अम्बानीको रिलायन्स मिडिया वर्क्सको लगानी थियो। तर मल्टिप्लेक्समा क्युएफएक्ससँग प्रतिस्पर्धा गर्न नसकेर बिग सिनेमा उसको अमेरिका र मलेसियामा भएका हलहरुमा जस्तो चलेन। नेपालका विभिन्न सहरमा मल्टिप्लेक्स हलहरु खोल्ने योजनाका साथ भित्रिएको रिलायन्सले
राजधानीमा नै फाइदा देखेन। त्यही भएर हल बेचेर अम्बानी आफ्नो बाटो लागे। बिग सिनेमाको साइटबाट नेपालको हल पनि हटाइयो। अम्बानीको त्यही कम्पनी तीन महिनाअघि ६ करोडमा किनेका थिए गोविन्द संघाईले। 
त्यतिमात्र हैन, गोविन्द बैंक अफ एसिया र नेपाल लाइफ इन्सुरेन्स कम्पनीमा बोर्ड डाइरेक्टर पनि छन्।
अहिले उनै संघाई छन् प्रहरी नियन्त्रणमा। नक्कली कागजात पेश गरेर सरकारी कागजात किर्ते गरेको अभियोग लगाइएको छ उनलाई।
गोविन्द संघाई नेपालको ठूलो औद्योगिक घराना त्रिवेणी ग्रुपसँग सम्वद्ध छन्। फ्रड काम गर्न यो ग्रुप माहिर रहेको चर्चा त धेरै पहिलेदेखि नै हुँदै आएकै नै हो। तर सब कुरा ‘मिलाएर’ गरिरहेको यो समूहका प्रमुख व्यक्ति अन्ततः फँस्न पुगे प्लास्टिकमा।
भएको के रहेछ भने दुग्ध विकास संस्थानको स्यासे क्रेट खरिदको लागि सिलबन्दी टेण्डर माग्या रैछ। यिनी अध्यक्ष भएको त्रिवेणी प्लास्टो पोलिमर्स प्रा.लि. ले पनि टेण्डर हाल्या रैछ। सरकारी टेण्डर हाल्दा कर चुक्ता भएको सबै कागजात पेश गर्नुपर्ने नियम छ। ९६ लाख ५८ हजार ११० रुपियाँको टेण्डर हाल्ने क्रममा उनले पेश गरेको कर चुक्ता भएको कागजात नक्कली पो रहेछ।
आन्तरिक राजश्व विभाग, आन्तरिक राजश्व कार्यालय, काठमाण्डौ क्षेत्र नं. २ अन्तर्गतको करदाता सेवा कार्यालय, नयाँ सडक न्यूरोडबाट जारी भएको चलानी नम्बरका कागजातहरु उनले पेश गरेका रहेछन्। अनुसन्धान गर्दा त ती चलानी नम्बरका कागजात फरक फरक मिति र बिषयमा अन्यत्रै कार्यालयहरुमा पो पत्राचार भएको रहेछ। लौ अब यति प्रमाण भएपछि त के चाहियो र। त्रिवेणी प्लास्टो पोलिमर्स प्रा.लि. का डाइरेक्टर उनै गोविन्दलाल साङ्घाईले नै हस्ताक्षर गरी कागजात पेश गरेको खुलिसकेकै थियो क्यारे।
अनि हिजो राति केन्द्रीय अनुसन्धान ब्युरो अन्तर्गतको प्रहरीले पुतलिसडकबाट सांघाईलाई समात्यो र हनुमानढोका पुर्‍यायो। लौ यत्रो उद्योगपति भएर विलासी जीवन बिताइरहेको मान्छे कहाँ हनुमानढोकाको खोरमा बस्ने ? उपाय के छ ? अरु व्यापारी र विशिष्टले नै अपनाउने उपाय- बिरामी भएको छु भनेर लाइदिएछन् र खोरमा नभई अस्पतालमा पुगेछन्।

के सजाय हुन्छ ?

आम्मै यत्रा ठूला उद्योगी समातिए किर्तेको अभियोगमा। लौ न अब के के पो हुने हो भन्ने लाग्दै हो भने ढुक्क हुनुस्, त्यस्तो खासै केही हुनेवाला छैन। देशमा अहिले कुनै नयाँ उद्योग धन्दा खुलेको छैन भनेर सरकारी तथ्यांक आए पनि वास्तवमा भित्रभित्र किर्ते उद्योगको धन्दा भने व्यापक भइसकेको छ। स्कूल कलेजको सर्टिफिकेट नक्कली बनाउने घटना त सामान्य भइसके, अहिले त नागरिकता नै पो नक्कली बन्छन् त। अझ भिसा, प्रज्ञापनपत्र आदि पनि नक्कली बनिसके। तिब्बतीहरुले नक्कली नागरिकता बनाएर त्यसबाट एमआरपी लिएको खबर अस्ति भर्खरै आएको हो।
सरकारी छाप तथा दस्तखत किर्ते गर्नेलाई अधिकतम एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। तर, अदालतले सामान्यतया तीन वर्षभन्दा कम कैद सजाय हुने मुद्दामा अभियुक्तहरूलाई धरौटीमा रिहा गर्ने गरी आएको रहेछ। यही अनुसार जतिसुकै ठूलो किर्तेमा संलग्न भएपछि धेरै जाबो नौ हजार धरौटी तिरेर छुट्ने गरेका रहेछन्। यत्रा ठूला उद्योगपति त्यो नि देउवा निकट व्यापारिक घराना भएपछि के होला त ? त्यही बिग मुभिजमा देखाइने हिन्दी फिल्ममा एउटा गीत छ- वही होता है, जो मन्जुरे खुदा होता है। ‘खुदा’ को अर्थ चाहिँ सिनेमाको त्यो गीत भन्दा फरक होला बरु।

7 comments to अनिल अम्बानीको कम्पनी किन्ने संघाईको हालत

  • karma
    यो त्रिवेणी ग्रुपसंग भू.पु. अर्थ मन्त्रि भरत मोहन अधिकारीले पनि धेरै घुस खाएर यिनीहरुको ग्रुपलाई बचाएको भनेको सुनेको थिए | अहिले चाही शायद वर्तमान अर्थ मन्त्रि बर्ष मान पुनले खाईरा होला | यसैले हो नेपाल भ्रस्ट मुलुकको सुचिमा अग्र पंक्तिमा पुगेको |
    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0
  • Hillman, Myagdi
    राष्ट्रघाती एमान्ग्रेसको सरकारको समयमा भएको भए कसको आँट गर्ने यो चोर व्यापारी लाई समाउन? कानुनत सजाय कम पाउने प्रावधान भए पनी, चोरले ओढेको मकुन्दो झिक्ने आँट बाबुराम भट्टराईको सरकारले त गर्यो!
    स्याबास भन्नु पर्छ!
    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 2
  • kedar
    मा कसम !! हड्डीमा कुकुर बिकेनन भने मलाइ भन्नुस !!!!
    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 55 Thumb down 1
  • Basantina
    Nothing will happen against frauds. Nepali big business houses can buy government mechinary where there are greedy bitches waitng for thrown away bones.
    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0
  • Sisir
    के गर्ने येस्तई नक्कली काम गर्ने मादे हरुले गर्दा सक्कली काम गर्छु भन्ने अरुले ब्यापारमा हात हाल्ने गारो भाको छ .. ०.५% जनसंख्या हुने माड्वारिको हातमा तेसै देश को ५०% भन्दा धेरै अर्थतन्त्र भएको होइन होला … सोझो तरिकाले त नेपालमा व्यापार ब्यबसाय गर्ने गारो भैसक्यो …
    मन परे हरियो नपरे रातो ! Thumb up 33 Thumb down 0
  • RajeS Shrestha
    लाटो देश मा गाड़ो तन्नेरी भनेको यहि हो …………………….
    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 3
  • anup_gorkhe
    लहरो तान्दा पहरो थर्कने त होइन, अरु पनि त मिलेकै होलान !!!
    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis