काठमाडौं। छोटो समयमै माओवादीलाई चुनौती दिन सफल भए पनि बीचमा सुस्ताएको युथ फोर्स फेरि सक्रिय हुने भएको छ। महेश बस्नेतलाई युवा संघको अध्यक्ष बनाउनमा समेत निर्णायक भूमिका खेल्न सफल युथ फोर्सलाई सम्मेलनको मुखमा युवा संघले फेरि ब्युँताउने निर्णय गरेको छ।
माओवादीको वाईसीएल आतंक चरम भएको बेला स्थापित युथ फोर्सले छोटो समयमा निकै लोकप्रिय र प्रभावकारी काम गरे पनि सञ्चालन प्रक्रियामा समस्या देखा परेपछि बीचमा सुस्ताएको थियो। दलहरूका बीचमा निर्वाचन हुने चर्चा चलिरहेका बेला कार्यकर्ताको सुरक्षाका लागि स्थापित युथ फोर्सलाई पुनजीर्वित गर्ने निर्णय हुनुलाई सकारात्मक रूपमा लिइएको छ।
युवाहरूले राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्दै मेची–काली
अभियान चलाउने निर्णय पनि गरेका छन्। विधान सम्मेलनमार्फत विधान संशोधन गर्दै सबै कमिटी निर्वाचनद्वारा निर्माण गर्ने निर्णय गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए। उनका अनुसार युवा संघमा अबदेखि समन्वय र अनिर्वाचित कमिटी रहने छैनन् भने अञ्चल कमिटीलाई कार्यकारी बनाइनेछ।
युवा संघले आगामी महाधिवेशनबाट ४५ सदस्यीय सचिवालय, १ सय ३५ सदस्यीय केन्द्रीय कमिटी र शक्तिशाली लेखा र अनुशासन आयोग बनाउने निर्णय गरेको छ। पदाधिकारी चयन बहुपद र समावेशी आधारमा बनाउनेमा सैद्धान्तिक सहमति भएको छ। उपाध्यक्ष र सचिव पदमा बहुपद बनाउने निर्णय भए पनि महासचिव एक वा तीन कति बनाउने भन्नेमा भने निष्कर्ष निस्की नसकेको अध्यक्ष बस्नेतले बताउनुभयो। 'पदाधिकारी संख्याका लागि भिन्न–भिन्न प्रस्ताव आएपछि महाधिवेशनमा छलफलमा लैजाने कुरा भएको छ'– स्रोतले भन्यो– 'पदाधिकारीको संख्या र निर्वाचनको विधि राष्ट्रिय सम्मेलनले तोकेबमोजिम गर्ने कुरा भएको छ।' युवा संघले केन्द्रदेखि स्थानीय कमिटीसम्म ३३ प्रतिशत महिला सहभागितालाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ।
सम्मेलनमा अध्यक्ष महेश बस्नेतले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अबको युवा आन्दोलनलाई उत्पादन, व्यवसाय र समृद्धिको आन्दोलनसँग जोड्नुपर्ने बताउनुभयो। उपाध्यक्ष हरिबहादुर राईले विधान मस्यौदा, अर्का उपाध्यक्ष दिलु पन्तले समसामयिक राजनीतिक प्रस्ताव, महासचिव निरज आचार्यले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष निरु पालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
महासचिव निरज आचार्यका अनुसार आफ्ना कार्यकर्तालाई राजनीतिक रूपमा प्रशिक्षित गर्नेलाई 'युवा स्कुल' सञ्चालनको तयारी गरेको छ। केन्द्रीय कमिटीका सदस्यलाई १५ दिन, अञ्चल कमिटीका सदस्यलाई १० दिन, जिल्ला कमिटीलाई पाँच दिन पढाउने गरी पाठ्यक्रम निर्माण गर्ने तयारी भएको छ।
युवा संघले आठौं महाधिवेशन बुटवल, चितवन र पोखरामध्ये एक ठाउँमा गर्ने तयारी गरेको छ। 'चाँडै केन्द्रीय कमिटी बसेर मिति र स्थान निर्क्योल गर्छौं'– आचार्यले भन्नुभयो– 'स्थानीय पार्टीसँग छलफल गर्ने पनि तयारी भएको छ।'
विधान सम्मेलनको उद्घाटन गत शुक्रबार एमाले नेता केपी शर्मा ओलीले गर्नुभएको थियो। उद्घाटन सत्रलाई सचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, युवा संघका अध्यक्ष महेश बस्नेत, लोकतान्त्रिक तामाङ संघका उपाध्यक्ष शेरबहादुर तामाङ, अखिलका अध्यक्ष माधव ढुंगेल, अखिल नेपाल महिला संघका महासचिव थममाया थापालगायतले सम्बोधन गर्नुभएको थियो। त्यसलगत्तै सुरु भएको बन्द सत्रलाई एमाले महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य तथा युवा इन्चार्ज योगेश भट्टराईले सम्बोधन गर्नुभएको थियो।
-- मंसीर २०, बुधबार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !