CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » किन असुरक्षित छ पारसको ज्यान ?

किन असुरक्षित छ पारसको ज्यान ?

'निशानामा पूर्वयुवराज पारस'ः २०६९ मंसिर १५ गते साप्ताहिकले यही शीर्षकमा पूर्वयुवराज पारस शाहको ज्यान खतरामा रहेको विस्तृत  सामग्री प्रकाशन गरेको थियो। दुई साता नबित्दै २०६९ मंसिर २९ मा हाल थाइल्यान्डमा रहेका पारसले बैंककस्थित नेपाली दूतावासमा  आफ्नो जीउ-धनको सुरक्षा गरिपाऊँ भनी निवेदन दिए। निवेदनमा पनि पारसले आफ्नो ज्यानमा खतरा रहेको कुरा उल्लेख गरेका छन् भने  भारतीय दूतावास र थाई प्रहरीसँग कूटनीतिक प्रयास गरी आफ्नो ज्यान जोगाइदिन आग्रह गरेका छन्। साप्ताहिकले मंसिर १५ गते नै सावर् जनिक भएको पत्रकार सरोजराज
अधिकारीद्वारा लिखित 'चक्रव्यूहमा चन्द्रसूर्यः राष्ट्रिय सुरक्षा र स्वाधीनताका चुनौती' पुस्तकलाई उद्धृत गर्दै  पारस यसअघि मारिएका जमिम शाह, फैजान अहमदजस्तै निशानामा रहेको समाचार प्रकाशित गरेको थियो। त्यसलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह  पूर्वरानी कोमल तथा पूर्वयुवराज्ञी एवं पारसपत्नी हिमानीलाई साथ लिएर सिंगापुर गए। पूर्वराजपरिवार अझै स्वदेश फर्किएको छैन। 

स्वास्थ्य उपचारका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र परिवारसहित सिंगापुर जानुको अर्को प्रमुख कारण पारसको जीवन असुरक्षामा रहेको खुलासा  पनि भएको निर्मल निवास स्रोतको भनाइ छ। पारसको जीवन असुरक्षामा रहेको जानकारी पाएलगत्तै उनको जीवनरक्षाका लागि पहल गर्न पनि  ज्ञानेन्द्र त्यता गएका हुन्। थाइल्यान्डमा पारस कहिले लागूऔषध त कहिले झैझगडाका कारण विवादमा तानिएका छन्। त्यसमाथि उनीमाथि  आक्रमण हुन सक्ने खबरले पूर्वराजपरिवारको चिन्ता बढाइदिएको थियो। पूर्वराजपरिवारको सुरक्षास्रोतका अनुसार पूर्वराजा पिता ज्ञानेन्द्रकै  सल्लाहमा पुत्र पारसले थाइल्यान्डस्थित नेपाली दूतावासमा सुरक्षाका लागि निवेदन दिएका हुन्। 'भारतीय पक्षबाट खतरा छ भनेर सार्वजनिक  गरेपछि जोखिम कम हुन्छ भन्ने लागेर पनि निवेदन दिइएको हो,' उच्चस्रोतले भन्यो। 

पूर्वयुवराज पारसले 'असुरक्षित महसुस भएको जानकारी सम्बन्धमा' शीर्षकमा दूतावासमा १४/२०६९ नम्बरमा आफ्ना सहयोगीमार्फत निवे दन दर्ता गराएका हुन्। दूतावासका एक अधिकृत हरिकुमार थापाले निवेदन पाएलगत्तै थाइल्यान्डको परराष्ट्र मन्त्रालयमार्फत आवश्यक प्रक्रिया  अघि बढाइसकेका छन्। अधिकृत थापाले थाइल्यान्डका गैरआवासीय नेपाली संघका सचिव सुनिल खड्का तथा एक थाई नागरिक आएर निवे दन दर्ता गराएको कुरा बताउँदै साप्ताहिकसँगको टेलिफोन सम्पर्कमा भने, 'त्यसलगत्तै थाइल्यान्डको परराष्ट्र मन्त्रालयमार्फत् त्यहाँको  प्रहरीलाई पत्राचार गरी सुरक्षाका लागि आग्रह गरिसकिएको छ।' निवेदनमा पारसले आफूलाई 'भारतीय पक्षबाट असुरक्षा भएको' उल्लेख गरे का छन्। पत्रमा उनले थाई प्रहरी तथा भारतीय दूतावासमा समेत कूटनीतिक पहल गरिदिन आग्रह गरेका छन्। 
'ममाथि विभिन्न बहानाबाजीमा अनेक प्रकृतिका लञ्छानालगायत मानसिक यातनासहित आर्थिक शोषणदेखि ज्यान मार्नेसम्मको हर्कत भएको  बेहोरा जानकारी गराउँदै भारतीय मूलका जस्ता देखिने व्यक्तिहरूसमेतबाट असुरक्षति महसुस गर्दै सोसम्बन्धी कार्यहरूका सम्बन्धमा थाई  प्रहरी र भारतीय दूतावाससँग कूटनीतिक पहल गरी मेरो जीउधनको सुरक्षामा सहयोग गरिदिन अनुरोध गर्दछु,' पारसको हस्ताक्षरसहितको  निवेदनमा उल्लेख छ। निवेदन दर्ता गर्नुभन्दा एक दिनअघि अर्थात् मंसिर २८ मा बैंककको एक स्थानीय पत्रिकालाई अन्तर्वार्ता दिँदै पारसकी  एक महिला मित्रले आफूहरू लुकीलुकी हिँड्नुपरेको कुरा बताएकी थिइन्। उनले पारससहित उनका त्यहाँका सबै साथी त्रसित अवस्थामा रहे को समेत जनाएकी थिइन्। 

साप्ताहिकको समाचारमा उद्धृत 'चक्रव्यूहमा चन्द्रसूर्य' पुस्तकमा पारस आक्रमणको सूचीमा रहेको कुरा उल्लेख छ। पारसमाथि जाली  भारतीय नोटको कारोबारमा संलग्न रहेको, कुख्यात अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग साँठगाँठ रहेको भन्दै भारतीय पक्षबाट निकै लामो  समयदेखि प्रचारित गरिँदै आएको छ। त्यस्तै अभियोग र भारतविरुद्ध अन्य गतिविधि गरेको आरोप लगाइएका पूर्वसांसद मिर्जा दिलसाद वेग  २०५५ असार १५, कमलसिंह नेपाली २०६३ भदौ २४, मजिद मनिहार २०६६ असोज १९, शौकत वेग २०६६ पुस १०, जमिम शाह २०६६  माघ २४, फैजान अहमद २०६८ असोज ९ मा मारिएका थिए। मनिहार र वेग क्रमशः नेपालगन्ज र बुटवलमा मारिएका थिए भने बाँकी सबै  काठमाडौंमा। काठमाडौंमा मारिनेहरू पनि सुरक्षाका दृष्टिले निकै संवेदनशील स्थानमा मारिएका थिए। युनुस अन्सारीमाथि पनि २०६७ फागुन  २६ मा अत्यधिक सुरक्षा व्यवस्था रहेको केन्दि्रय कारागारमै गोली हानी हत्या प्रयास गरिएको थियो। 

केन्द्रीय कारागारमा युनुस अन्सारीमाथि भएको गोली प्रहारसम्बन्धी घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगको निष्कर्ष अनुसार सबैभन्दा पहिले पारसमाथि हमला गर्न खोजिएको थियो। पारस मुलुकबाहिर गएपछि युनुसमाथि हमला गर्न खोजियो, तर युनुस पनि  जेल परेपछि जमिम शाहको हत्या गरियो। पुस्तकमा विभिन्न आयोग तथा अन्य अनुसन्धानस्रोतहरूलाई उद्धृत गर्दै भारतीय गुप्तचर संस्थाका  नेपालस्थित उच्च अधिकारीसमेत पारसविरुद्ध कारवाहीको योजनामा लागेको सनसनीपूर्ण तथ्य उल्लेख छ।

साभार साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis