CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » इटहरीमा 'कलगर्ल'का सेक्स लीला

इटहरीमा 'कलगर्ल'का सेक्स लीला

गोपाल दाहाल- झमक्क साँझ परेको थियो। कतैबाट हुइँकिँदै आएको मोटरसाइकल इटहरी पश्चिम लाइनको होटल अगाडि टक्क रोकियो। मोटरसाइकलमा आएका अधबैँसे भित्र पस्नेबित्तिकै होटल साहुनीले फोन डायल गरिन्। 
'हेल्लो डार्लिङ कहाँ हो? यहाँ अस्तिको सर आउनु भा'छ झट्टै आइज,' संवाददाताले उनले भनेको सुन्यो। उताबाट के जवाफ आयो कुन्नि, साहुनीले ग्राहकतिर आँखा झिम्क्याउँदै हाँसेर भनिन्, 'भाउ नखोज् न उहाँलाई तँ नै चाहियो रे।'
दिन न रात! अचेल इटहरीको पश्चिम लाइनमा 'कलगर्ल' र ग्राहक तथा होटल, रेस्टुरेन्टका सञ्चालकहरूबीच यस्तै संवाद र मोलतोल सुनिन्छ। केही वर्षदेखि इटहरीमा यौन धन्दा बढेपछि प्रहरीले दैनिकजसो क्याबिन रेस्टुरेन्ट र होटलमा छापा मारेर त्यहाँ बस्ने यौनकर्मीहरूलाई धमाधम पक्राउ गर्न थालेको छ। प्रहरीले छापा मार्न थालेपछि धेरै होटल तथा रेस्टुरेन्टमै उपलब्ध हुने यौनकर्मीहरूको संख्या कम भएजस्तो देखिएको छ तर ग्राहकले खोजेका बेला फोन सम्पर्कका आधारमा तुरुन्त उपलब्ध हुने 'कलगर्ल'हरूको संख्या ठूलो छ। यौन धन्दाको शैली परिवर्तन गर्दै 'कलगर्ल'का रूपमा ग्राहकलाई सेवा दिने थुप्रै छन् इटहरीमा। र, दिनदिनै उनीहरूको संख्या बढ्दो छ। प्रहरीसँग यकिन तथ्यांक नभए पनि होटलमै बसेर यौन धन्दा गर्नेहरू इटहरीमा मात्र अहिले ५० जनाभन्दा बढी छन्। प्रहरीले निरन्तर छापा मार्न थालेपछि घटेको संख्या हो यो। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्याम सारुमगर भन्छन्, 'होटलहरूमा बसेरै यौन धन्दा गर्नेहरू अहिले कम हुँदै छन् तर कन्टयाक्टमा आउने कलगर्लहरू बढिरहेका छन्।'
इटहरी सानो बजार हो। दश वर्षमै यसको जनसंख्या दोब्बर भयो। पूर्व र पश्चिमका यातायातको केन्द्र बनेको इटहरीमा चारैतिरका मान्छे ओइरिन थाले। पूर्वको व्यापारिक केन्द्रका रूपमा आफ्नो पहिचान बनाएको यो शहर आपराधिक गतिविधिका पनि केन्द्र बन्यो। केही वर्षयता दिउँसै चोकमा बम पड्काउनेदेखि गोली हान्ने र चोरी-डकैतीका घटना धेरै भए। दसैँ-तिहारमा जुवातासको अड्डाका रूपमा पनि चिनियो इटहरी। राजनीतिक दलका जिम्मेवार कार्यकर्ताहरू नै संलग्न जुवातास काण्डले देशव्यापी चर्चा पायो। तर, अहिले इटहरीको सबैभन्दा ठूलो टाउको दुखाइको विषय यौन धन्दा नै भएको छ।
यौन धन्दा इटहरीमा फैलिएको यौन धन्दा निरुत्साहित गर्न नागरिक समाज, आमा समूह, प्रहरी प्रशासन सबै लागिसके। पटक-पटक होटल व्यवसायीसँग बसेर आचार संहिता पनि बनाइएका छन् तर जति प्रयास गरे पनि धन्दा रोकिएको छैन र रोकिने छाँट पनि छैन। क्याबिन रेस्टुरेन्टमा काम गर्नेहरूलाई अन्य पेशामा लगाउने उद्देश्यले केही वर्षअघि धरानको उप्का नेपाल नामक संस्थाले लाखौँ रुपैयाँ खर्च गरेको थियो तर उसको लगानी बालुवामा पानी भएको थियो।
श्रीमान्सँग विछोड भएका, परिवारबाट हेला बेहोरेका र नाजुक आर्थिक अवस्था भएका ग्रामीण युवती यौन व्यवसायमा लाग्ने गरेका छन्। होटल व्यवसायी संघ, इटहरीका अध्यक्ष अनुरोध थापा प्रहरीले छापा मारेर र एकदुई जनालाई पक्रेर मात्र समस्या समाधान नहुने बताउँछन्। 'एकदुई पटक पक्रेर सार्वजनिक भएकाहरू झन् ढुक्कले खुलेआम धन्दा गरिरहेका हुन्छन्,' थापा भन्छन्, 'सरकारले कि त कडा कानुन बनाएर लागु गर्न सक्नुपर्‍यो। होइनभने यौन व्यवसायी लाइसेन्स दिनुपर्‍यो।'
अघोषित रेडलाइट एरिया 
यौन व्यवसाय हुने ठाउँका रूपमा चर्चामा आएको छ इटहरी। तर, राजमार्गले छोएका पूर्वका धेरै ठाउँ अघोषित रेडलाइट एरिया भएका छन् भने पनि हुन्छ। झापाको बिर्तामोड बसपार्कमा गत वर्ष पत्रकार यादव पौडेलको हत्या भयो। त्यस घटनासँग पनि यौन धन्दाको सम्बन्ध सार्वजनिक भएको थियो। त्यसबाहेक धरानको वडा प्रहरी कार्यालय अगाडि नै शान्तिपथ जाने बाटोमा खुलेका स-साना रेस्टुरेन्टदेखि जिरो प्वाइन्ट क्षेत्रका रेस्टुरेन्टहरू यौन व्यवसायीका चलखेल हुने ठाउँका रूपमा चिनिएका छन्। भेडेटार पूर्वका विभिन्न ठाउँबाट दिउँसै केटी ल्याएर होटलमा घण्टा-दुई घण्टा बिताउने स्थल बनिरहेको छ। धरान नगरस्तरीय एड्स समन्वय समितिका उपाध्यक्ष सुमित डाँगी यस क्षेत्रमा करिब एक हजार यौनकर्मीको आवतजावत हुने गरेको बताउँछन्। भन्छन्, 'उनीहरू जोखिमपूर्ण यौनव्यवहार गरिरहेका छन्।'
मोडलिङमा आधारित तस्बिर
मोडल : जतिन/पूजा
तस्बिर : बिकी पोखरेल

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis