CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » प्रलयको प्रकोप:२१ डिसेम्बर २०१२ ..के होला अब?

प्रलयको प्रकोप:२१ डिसेम्बर २०१२ ..के होला अब?



माया क्यालेन्डर सन् २०१२ डिसेम्बर २१ (पुस ६ गते शुक्रबार) मा सकिने हुनाले पृथ्वीको आयु पनि सोही क्यालेन्डरअनुसार समाप्त हुनेछ ।

करोडौं वर्ष पहिले पृथ्वीमा उल्का ठोक्किँदा डाइनोसर लोप भएजस्तै पृथ्वीमा विशाल ग्रहहरू ठोक्किँदै छन् जसले मानव सभ्यता नै नष्ट हुनेछ  ।

यही डिसेम्बर २३ देखि २५ तारिख (पुस ८ देखि १० गते) मा उत्तरी ध्रुव दक्षिणमा र दक्षिणी ध्रुव उत्तरमा जाने हुनाले चुम्बकीय शक्तिको  फेरबदलले पृथ्वीका सम्पूर्ण इलेक्ट्रोनिक उपकारणहरूले काम गर्ने छैनन् भने पृथ्वीमा पूरै ब्ल्याक आउट हुनेछ ।

डिसेम्बर २१ मा पृथ्वी ध्वस्त भएका भिडियोहरू युट्युव लगायत विभिन्न साइटहरूले राखिसकेका छन् । ती भिडियोहरू हेर्दा यस्तो लाग्छ, पृथ्वीको विनाश निश्चित भैसकेको छ ।

अहिले साथीभाइहरूसँग चियाको चुस्की लिँदै होस् वा रेस्टुराँ तथा बारमा पृथ्वीको अन्त्य हुन लागेका कारण चियर्स गर्दै गफ गर्नेहरू हुन्,  सबैको कुरा डिसेम्बर २१ मा पृथ्वीको विनाश हुँदैछ भन्नेबाट सुरु हुने गरेको छ । त्यसबाहेक विभिन्न सामाजिक सञ्जालका वेबसाइटदेखि  इन्टरनेटका विभिन्न वेबसाइटहरूमा पृथ्वीको विनाश हुन लागेका विषयमा विभिन्न किसिमका तर्क वितर्कहरू देखा परिरहेका छन् । यसले  डिसेम्बरमा पृथ्वीको विनाश हुने घटनालाई अझ रहस्यमय बनाइरहेको छ भने कतिपयले यसलाई हास्यास्पदसमेत बताइरहेका छन् ।

साथीभाइहरूसँग गफ गर्दा आउने तर्क वितर्क पत्याउने कुनै ठोस आधार नदेखिएला, तर इन्टरनेटका विभिन्न साइटले पृथ्वीको विनाश  नजिकिएका समाचारलाई प्राथमिकताका साथ प्रस्तुत गरेका कारण यो कुरामा विश्वास गर्नेहरूको संख्या बढिरहेको छ। त्यसबाहेक  आममानिसको अत्यधिक आकर्षण रहेको सामाजिक सञ्जालका साइटहरूमा विनाशका घटनाप्रति मानिसहरूको चासो बढी देखिन्छ भने डिसे म्बर महिनामा विनाश हुँदैन भनेर आधिकारिक निकायहरूलाई उद्धृत गर्दै सम्प्रेषण गरिएका टिप्पणीहरूप्रति मानिसको आकर्षण कमै छ।

पृथ्वी ध्वस्त हुने पूर्वानुमान गरिएको यो पहिलो घटना होइन। पश्चिमा मुलुकमा आफ्नो प्रभुत्व जमाएको प्राचीन रोम सभ्यतादेखि नै पृथ्वीको  विनाश हुने कुरा बारम्बार चर्चामा आउने गरेको छ। त्यसबाहेक हिन्दु धर्मग्रन्थहरूमा पनि पृथ्वीको विनाश हुने कुरा उल्लेख छ। यसैगरी माया  सभ्यताको समयमा तयार पारिएको क्यालेन्डरका उल्लेखित केही घटना मिल्न गएको र उक्त क्यालेन्डर सन् २०१२ डिसेम्बर २१ पछि सकिने  हुनाले पनि यसको संकेत पृथ्वीको विनाशसँग जोडिएको छ। फ्रेन्च भविष्यवेत्ता नेस्त्रेदमसले अनेकौं भविष्यवाणी मिलाएका कारण उनले पृथ्वीको विनाशका बारेमा गरेको भविष्यवाणी पनि बेलाबेलामा चर्चामा आउँछ। 

यसअघि पृथ्वी ध्वस्त हुने पूर्वानुमान् सन् १८४० मा पनि गरिएको थियो। त्यसपछि प्रत्येक दशकमा यस्ता किसिमका पूर्वानुमानहरू देखा  परिरहे। यस्ता पूर्वानुमानहरूले कहिले सानो रूप लियो भने कहिले ठुलो। सन् १९९० को दशकमा पृथ्वी ध्वस्त हुने पूर्वानुमान्हरू सबैभन्दा बढी  देखा परेका थिए। उक्त दशकमा ६ पटक यस्ता किसिमका पूर्वानुमानहरू आए जसमा सन् १९९९ को डिसेम्बर ३१ बढी नै चर्चित थियो।  त्यसपछि सन् २००३ मा पनि यस्तै किसिमको घटना हुने पूर्वानुमान गरिएको थियो। आखिर त्यो पनि पहिलेका पूर्वानुमानहरूजस्तै गलत  सावित भयो। ती पूर्वानुमान आएको समयको तुलनामा अहिले प्रविधिले ठूलै फड्को मारेको हुनाले डिसेम्बर २१ होस् वा डिसेम्बर २३ देखि  २५ सम्मका घटनाहरूप्रति आममानिसको चासो अत्यधिक बढेको देखिन्छ। फेसबुक र टि्वटरमा यो घटनाका बारेमा लाखौं भनाइ पोस्टिङ  भैरहेका छन् भने युट्युबमा पनि पृथ्वीको विनाश कसरी हुन्छ भन्ने किसिमका भिडियोहरू सयौंको संख्यामा छन् भने त्यसलाई करोडौं  मानिसले हेरिसकेका छन्। मानिसहरूमा बढ्दै गएको निराशाले पनि यस्ता कुराको प्रचारप्रसारमा टेवा पुगिरहेको छ। रोयटर्स समाचार संस्थाले  गरेको सर्वेक्षणअनुसार विश्वका सात मानिसमध्ये १ जना, अमेरिकामा ४ जना मध्ये १ जना र बि्रटेनमा १२ जनामध्ये १ जना पृथ्वीको विनाश  आफ्नै जीवनकालमा हुने विश्वास गर्छन्। 

पृथ्वीको विनाश त हुन्छ तर कहिले हुन्छ भनेर कसैले ठोकुवा गर्न सकेका छैनन्। सबैका आ-आफ्नै किसिमका पूर्वानुमान छन्। खगोलविद्ह रूका अनुसार पृथ्वीको आयु साढे ७ अर्ब वर्ष भन्ने छ। त्यसपछि पृथ्वी सूर्यमा विलिन हुन्छ भन्छन् उनीहरू। अहिले पृथ्वी विनाश हुँदैछ भन्ने  हल्लाले व्यापकता पाएपछि अमेरिकास्थित नेसनल एरोननिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले पनि आफ्ना धारणा सार्वजनिक गरेको छ।  नासाका वैज्ञानिकहरूका अनुसार पृथ्वीलाई अझै पनि ४ अर्ब वर्षसम्म कुनै किसिमको बाह्य खतरा छैन। (पढ्नुहोस् पृष्ठ २०) हिन्दू  मान्यतामा युगका आधारमा पृथ्वीको उमेर वर्गीकरण गरिएको छ। हिन्दू धर्मले सत्य, द्वापर, त्रेता र कलियुगका रूपमा चार युगको कल्पना  गरेको छ। अहिले कलियुग जारी छ। ज्योतिषविद् डा. वासुदेव शास्त्रीका अनुसार कलियुगको पुरा आयु ४ करोड ३२ लाख वर्ष हो। अहिले ५  हजार १३ वर्ष मात्र बितेको छ। यस हिसाबले पृथ्वीको आयु ४ करोड ३१ लाख ९४ हजार ८ सय ८७ बर्ष बाँकी नै छ। (पढ्नुहोस् पृष्ठ ७  मा)

ज्योतिषशास्त्री, खगोलशास्त्री एवं वैज्ञानिकहरूले आगामी डिसेम्बर २१ तारिख र डिसेम्बर २३ देखि २५ तारिखसम्म पृथ्वीमा कुनै किसिमको  दुर्घटना नहुने जानकारी गराए पनि कतिपय मानिस उक्त कुरा मान्न तयार छैनन्। कतिपय चाहिँ जीवनको समाप्ति आफ्नै जीवनकालमा हुन  लाग्यो भनेर खुसी छन् भने कतिपय मानिस केही नहोस् भनेर प्रार्थना गरिरहेका छन्। 



महाविनाशको आशंका

'संसारको अन्त्य हुन्छ' यो समाचारले हामी सबैलाई दुखित बनाउन सक्छ। यद्यपि खुसीको खबर, संसारको अन्त्य यति चाँडै हुने छैन। २०१२  डिसेम्बर २१ मा संसारको अन्त्य हुन्छ भन्ने हल्ला माया क्यालेन्डरका आधारमा फैलिएको हो। यतिबेला यो हल्लाले विश्वमै सनसनी  मच्चाएको छ। सबैतिर आतंक फैलिएको छ माया क्यालेन्डर सकिन सक्छ तर, विश्व ध्वस्त हुने कुनै संकेत छैन। यो केवल अफवाह मात्र हो।  मंगल ग्रहमा जीवनको अंश खोजिरहेको अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले पनि संसारको समाप्तिको संभावनासम्बन्धी अध्ययन गरेको थियो।  उसले संक्षेपमा यस्तो निष्कर्ष निकाल्यो- 'घोर निराशावादी मानिसहरू मात्र यस्ता कुरामा आश्वस्त हुन सक्छन्' ।

संसारको अन्त्य हुन्छ भन्ने भविष्यवाणी गलत सावित हुँदै आएको छ। १८४० पछि प्रत्येक दशकमा दुई-तीन पटक विश्व ध्वस्त हुने  भविष्यवाणी भए । यद्यपि तीमध्ये कुनै पनि सत्य भएनन्। त्यसो त प्राचीन रोम कालमा पनि विश्वको अन्त्य हुने गलत अफवाह फैलिएको  थियो। 

विगतदेखि नै हामीले सुन्दै आएका कथा एवं चलचित्रका  कारण पनि यस्तो अफवाह फैलने गरेको अनुमान गरिन्छ। काल्पनिक साइन्स फिल्म  हुन् वा जेम्स बोन्डका फिल्म नै, तिनमा कहीं न कहीं संसार ध्वस्त भएको देखाइन्छ  । त्यसैले पनि मानिसहरूमा विश्व ध्वस्त हुन्छ भन्ने  मानसिकताले जरा गाडेको हुन सक्छ। 

विश्वको अन्त्य हुन्छ तर कहिले ? 

हरेक चारमध्ये एक अमेरिकी र विश्वका हरेक सातमध्ये एक व्यक्ति आफ्नै जीवनकालमा संसार ध्वस्त हुन्छ भन्ने मान्यतामा अडिग छन्।  यसै वर्ष रोयटर्सले गरेको एक सर्वेक्षणबाट उक्त नतिजा देखाएको हो। ब्रिटेनमा १२ मध्ये एक जना व्यक्ति यस्तै सोच राख्छन्- हो, पृथ्वीको  आयु पनि एकदिन सकिनेछ खगोलविद्हरूका अनुसार पृथ्वीको आयु अझै ७ दशमलव ५ अर्ब वर्ष छ। 'त्यसपछि पृथ्वी सूर्यमा गाभिनेछ,'  बीबीसीको साइन्स कार्यक्रमका प्रस्तोता एवं लेखक क्वेन्टिन कुपरलाई उद्धृत गर्दै बीबीसीको अनलाइन संस्करणमा लेखिएको छ- 'तर,  त्यसअघि नै मानिसहरू पृथ्वीवाट गायव भैसकेका हुनेछन्' ।

म्याक्सिकोमा 'प्रलयका दिनको' तयारी

यतिवेला म्याक्सिकोका मानिसहरू 'प्रलयको दिनको' तयारीमा छन्। यसपटक हजारौं पर्यटक म्याक्सिकोमा भेला भएका छन्। उनीहरू माया  सभ्यताका प्राचिन मन्दिरको दर्शनका लागि त्यहाँ पुगेका हुन्। माया सभ्यताका अनुसार यही डिसेम्बर २१ मा संसारको अन्त्य हुँदैछ। 

म्याक्सिकोस्थित पर्यटन विभागले तापाचुला शहरको विभिन्न भागमा उक्त तारिखको सम्झना दिलाउने विशाल घडी राखेको छ। लगभग दुई  हजार वर्ष अघि माया सभ्यताको विस्तार केन्द्रीय अमेरिका र आसपासको भूभागमा फैलिएको थियो  । माया सभ्यताको निशानीका रूपमा  हरेक वर्ष हजारौं मानिस उक्त मन्दिरको दर्शन गर्न जान्छन्। हाल उक्त संख्या केही बढेको छ किनभने प्रलयको खबरले पर्यटकहरूलाई बढी  उत्सुक बनाएको छ। 

माया सभ्यताका केही जानकारहरूका अनुसार यो विशाल मन्दिरमध्ये एकमा 'प्रलयको तारिख उल्लेख छ।' जबकि अन्य जानकारले उक्त  तारिख केवल एक युगको अन्त्य दर्साउने गणना मात्र हो भनेका छन् । माया सभ्यताको अन्त्य १९ औं शताब्दीमा भएको थियो। उक्त  सभ्यताले आफ्ना लागि एक अलग गणितको विकास गरेको थियो, जसमा केही अंक अत्यन्तै महत्वपूर्ण थिए। उक्त सभ्यतामा समयको  आंकलन ३९४ सालको हिसाबबाट हुन्थ्यो, जसलाई 'बकटुन्स' भनिन्थ्यो। 

युगको अन्त्य, विश्वको होइन 

माया समुदायले २१ डिसेम्बर २०१२ का लागि उल्टो दिन गन्ती सुरु गरिसकेको छ। त्यस दिन माया सभ्यताको प्राचीन पञ्चाङ्गअनुसार पाँचौं  सहस्राब्दी समाप्त हुनेछ। केही मानिस माया पञ्चाङ्गको युगान्तलाई विश्वको अन्त्य हुने भविष्यवाणी मानेका छन्। यद्यपि जानकारीहरूअनुसार  त्यो एक युगको अन्त्य हो, विश्वको होइन। 

माया समुदायका पुजारीले उल्टो गिन्ती सुरु गर्दै विशेष धार्मिक कर्मकाण्ड नै प्रारम्भ गरेका छन्। उक्त सभ्यतामा खगोलशास्त्र, गणित र  कालचक्रलाई अत्यन्तै महत्त्व दिइएको थियो। यस दिन खगोल रेखा धेरै महत्त्वपूर्ण हुने आधुनिक खगोलशास्त्रीहरू पनि स्वीकार गर्छन्। करिब  १३ सय वर्षअघि एउटा पत्थरमा लेखिएको सन्देशलाई मानिसहरूले विश्वको समाप्तिको भविष्यवाणी मान्दै आएका छन्। त्यही कथित  भविष्यवाणी अहिले इन्टरनेटमार्फत संसारभर फैलिएको छ। 


विनाश हुने कुरा कपोलकल्पित दुष्प्रचार 

- डा.वासुदेवकृष्ण शास्त्री (ज्योतिषाचार्य तथा वास्तुशास्त्री)

२०१२ को डिसेम्बर २१ देखि २४ सम्मको समय अर्थात् नेपाली पात्रो अनुसार पुस महिनाको ६ देखि १० गतेसम्मको सम्पूर्ण समय चन्द्रमा  मीन राशिमा रहनेछ भने ग्रहहरूको स्थितिमा सूर्य धनराशि, मंगल मकर राशि, बृहस्पति वृष राशि, केतु मेष राशि, राहु तुला राशिमा तथा  शुक्र र बुध वृश्चिक राशिमा रहनेछन्। पुष ६ गते उत्तर भाद्रपद नक्षत्र, तिथि नवमी परेको छ। त्यसको एक साता अर्थात् डिसेम्बर २८ तारिख  तदनुसार पुस १३ गतेसम्म पञ्चांगअनुसार ग्रहहरूको स्थिति हेर्दा आकाशमा बादलको अवस्था, हावाको वहाब, पानी पर्ने सम्भावना, पृथ्वीको  गति वा चाल, सम्पूर्ण ग्रह तथा नक्षत्रहरूको चाल, आकाशगंगाहरूको स्थिति गणना गर्दा कुनै पनि अनिष्ट वा अशुभको संकेत देखिँदैन। पृथ्वीको विनाशको कुरामा कुनै पनि रूप वा सार भेटिँदैन। 

ज्योतिष शास्त्रीय गणनाअनुसार पृथ्वीको सम्पूर्ण आयुको दुईतिहाइ समय बाँकी नै छ। यस अर्थमा ४ करोड ३२ लाख वर्ष पृथ्वी अझै  गतिशील रहन्छ। १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १३ वर्ष पृथ्वीमा मानिसलगायत प्राणीहरूको गतिशीलताको समय मानिएको  छ। हिन्दू शास्त्रमा चार युगको वर्णन गरिएको छ, सत्य, त्रेता, द्वापर र कली। अहिलेको युग कलियुग हो र कलियुगको पूर्ण आयु ४ करोड ३२  लाख वर्ष हो, जसमा भर्खर ५ हजार १३ वर्ष मात्र बितेको छ। ४ करोड ३१ लाख ९४ हजार ८ सय ८७ बर्ष अझै बाँकी नै छ। यो  गणनाअनुसार पनि अहिले नै पृथ्वी सकिने कुनै आधार हाम्रो शास्त्रमा उल्लेख छैन। 

गणना हेर्दा २०१२ को डिसेम्बर २१ देखि २४ सम्मको समयमा कतै ग्रहण लाग्दैन। पूणिर्मा नजिकै भएकाले सामान्य बदली भएर पानी पर्न  सक्छ। जाडो यामको छोटो दिन हुनाले ढिलो सूर्योदय हुने र चाँडै अस्ताउने, चिसो बढ्ने, हुस्सु र तुवाँलो लागेर ढप्प हुने र त्यही कारणले  अन्धकारजस्तो देखिने सामान्य प्राकृतिक अवस्था हुनसक्छ। जबकि ती दिनहरूमा पनि अन्य दिन जस्तै सामान्य रूपमा सर्वत्र सूर्योदय हुनेछ।  काठमाडौंमा डिसेम्बर २१का दिन बिहान ६ बजेर ५२ मिनेटमा सूर्योदय हुनेछ। 

पृथ्वी पाँच तत्वबाट सञ्चालित छ वा बनेको छ। पृथ्वी (धर्ती), जल (पानी), तेज (प्रकाश वा उर्जा), वायु (हावा) र आकाश। ती तत्त्वमा  कहिलेकाहीं तनाव उत्पन्न हुँदा पृथ्वीवासीहरूले प्राकृतिक प्रकोपजस्ता दुर्घटनाको सामना गर्नुपरिरहेको छ। डिसेम्बर २१ तारीख (पुस ६गते) दे खि एक सातासम्म त्यस्ता प्रकोपहरूको पनि कतै संकेत देखिँदैन। पञ्चांग अनुसार कुनै पनि त्यस्तो अनिष्ट, अशुभ र पृथ्वीको अस्तव्यस्तता  देखिदैन।

पृथ्वीको सम्पूर्ण अवस्थालाई ज्योतिष विज्ञानअनुसार भविष्यवाणी गर्दा डिसेम्बर २१ उताको समयमा विनाश हुने कुरा कपोलकल्पित दुष्प्रचार  मात्र हो। यो मनोगढन्त तरिकाबाट भ्रम सिर्जना गरेर विश्वका सम्पूर्ण शान्तिप्रेमी, मानवतावादीहरूलाई आतंकित गर्ने प्रचार हो। यस्तो अपवाह  फैलाउने गिरोह, संस्था, समूह वा व्यक्तिले मानवताविरुद्ध काम गरेकोमा कारवाही गरिनु पर्छ भन्ने मलाई लाग्छ। 


पृथ्वी अन्त्यको आधार

माया क्यालेन्डरः माया सभ्यतामा गरिएका आँकलनहरू हजारौं वर्षपछि सम्म पनि सही सावित भए। भनिन्छ- 'त्यतिबेला अहिलेको सुपर  कम्प्युटरले भन्दा पनि सटिक गणना निकाल्न सकिन्थ्यो।' यसैअनुसार उनीहरूले एउटा क्यालेन्डर तयार पारेका थिए, जसमा गरिएका  आंकलनहरू सत्य सावित भए। माया क्यालेन्डर २०१२ डिसेम्बर २१ मा सकिँदैछ। माया क्यालेन्डरको अन्त्यसँगै पृथ्वी पनि नष्ट हुन्छ भन्ने  मान्यता त्यसैका आधारमा तय भएको हो। माया सभ्यतामै पृथ्वी विनाशको धारणाको जन्म भएको पाइन्छ।

सूर्यको प्रकोपः धर्तीमा सूर्यको किरणको प्रकोप बढिरहेको छ। पृथ्वीमा सूर्यको विकिरणको नकारात्मक प्रभाव तीव्र रूपमा बढिरहेको सौयर् मण्डलका विशेषज्ञहरूले बताएका छन्। उनीहरूका अनुसार यो क्रम निरन्तर रहे पृथ्वीको समाप्ति आवश्यंभावी छ। 

परमाणु विखण्डनः युरोपका वैज्ञानिकहरूले २७ किलोमिटर लामो सुरुङ बनाइरहेका छन्, जहाँ परमाणु विखण्डन गरिनेछ। त्यहाँ विश्वकै सबै भन्दा ठूलो एक्सिलेटर लगाइएको छ। जानकारहरूले अनुमान गरेका छन्। यो यन्त्रको गम्भीर प्रयोग हुनेछ र धर्तीको अन्य हुने कुरामा  उनीहरू सशंकित छन्। 

धर्मग्रन्थहरूको तर्कः माया सभ्यताको आशंकालाई बाइबलले बढावा दिएको छ। बाइबलमा लेखिएको छ- '२०१२ मा राम्रा र नराम्रा  आत्माबीच युद्ध हुनेछ।' यही नै धर्तीको विनाशको कारण बन्नेछ। एउटा ठूलो उल्का पिण्डले पृथ्वीलाई टक्कर दिने र जीवनको विनाश हुने  भविष्यवाणी पनि बाइबलमा छ। यसैगरी चिनियाँ धार्मिक ग्रन्थ चिंग 'चाइनिज बुक अफ चेन्जेस' मा पनि यही बताइएको छ। केहि हिन्दू  ग्रन्थमा वणिर्त 'प्रलय' को अवधारणाले पनि उक्त कुरामा वल पुर्‍याएको छ। 

महा ज्वालामुखीः अमेरिकाको यलोस्टोन नेसनल पार्कमा विश्वको सबैभन्दा ठूलो ज्वालामुखी विस्फोट हुने आशंका गरिएको छ। भू-गर्भ विशे षज्ञहरूका अनुसार यो ज्वालामुखी हरेक ६ लाख ५० हजार वर्षमा विस्फोट हुन्छ र विनाशकारी घटनाक्रम शीघ्र दोहोरिने क्रममा छ। विस्फो टपछि त्यसको राप वायुमण्डलमा फैलिनेछ। यसले सूर्यको किरण रोक्नेछ र तापमान घट्नेछ। यो निरन्तर रहनेछ र धर्तीमा जीवनको अस्तित्व  समाप्त हुनेछ। 

चुम्बकीय क्षेत्रको कमालः पृथ्वीको चारैतिर चुम्बकीय क्षेत्र छ। वैज्ञानिकहरूका अनुसार उत्तरी एवं दक्षिणी धुव्रले प्रत्येक ७ लाख ५० हजार  वर्षमा आफ्नो स्थिति बदल्छन्। त्यसो हुँदा पनि पृथ्वीको जीवन खतरामा पर्नेछ। अध्ययनमा पाइएको छ कि धुव्रले हरेक वर्ष २० देखि ३०  किलोमिटरको हिसाबले आफ्नो स्थिति बदल्दै जान्छन्। चुम्बकीय प्रभाव सकिएपछि जीवनको अस्तित्व पनि समाप्त हुनेछ।

साभार : सप्ताह्हिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis