उहिले-उहिले बिहे गर्न महिना दिन लाग्थ्यो। पूर्वांगदेखि दुलही फर्काउने र साउने पानी छल्ने चलन अब हराइसकेको छ। बिहेका लागि यतिउति टाइम भन्ने छैन। एक घण्टादेखि एक दिनसम्म समय जति लगाए पनि हुने भएको छ। विधि-विधान छोट्टिँदै छन्। विवाह भन्ने संस्था विलुप्त हुने खतरा बढ्दै गएको छ। किनभने, तन्नेरी पुस्ता हतारमा छ। ऊ बिहेको लगन पर्खेर समय गुमाउन चाहँदैन। मन मिले, तन मिलिहाल्छ। उसका लागि रीतिथितिको माखे साङ्लोमा जोडिनुको कुनै अर्थ छैन। आगो साक्षी राखेर जग्गेको फेरो जति लगाए पनि मन मिलेन भने तनको
आगोसमेत निभिहाल्छ। लोकलाई देखाउन मात्र जग्गेमा बस्नुको सान्दर्भिकता नदेख्ने तन्नेरी पुस्ताका लागि बिहेको रीत आडम्बर र पाखण्डमात्रै हो। सजना बराल र अम्मर जिसीको बिहे वृत्तान्त।
उम्रिँदै तीनपाते छ, अहिलेको पुस्ता। सानै उमेरमा पार्टनर रोज्नेमात्र होइन, उस्तै परे नौ डाँडा काट्न पछि हट्दैनन् उनीहरू। शुभ कार्यमा ढिलाई नरुचाउने युवायुवती त झन् मंसिर महिना कुर्ने झन्झटमा किन अल्भि्कन्थे र? तर, त्यसो भन्दैमा मंसिर नलागिकन, बिनालगन जहिले मन लाग्यो तहिले, जोसँग भन्यो उहीसँग र जुनसुकै उमेरमा पनि लगनगाँठो कस्न कहाँ राजी हुन्छन् र! विवाहसँग सम्झौता गरे भावी जीवन नारकीय बन्छ भन्नेबारे उनीहरू बेखबर छैनन्। तर, हिजोआज प्रचलनमा आएको 'लिभिङ टुगेदर' सम्बन्धले भने विवाह, मंसिर वा साइत तोक्ने परम्परामा ठूलै परिवर्तन ल्याएको छ र नेपालीहरूकोे बिहे गर्ने उमेर झन्झन् पर सर्दै गएको पाइन्छ। तर, हालसालै सार्वजनिक गरिएको राष्ट्रिय जनगणना तथ्यांकले भने यो भनाइलाई बिलकुलै गलत ठहर्या एको छ। कारण, तथ्यांकअनुसार अझै पनि एक लाख ३८ हजार १५ जना नेेपालीले दश वर्ष नपुग्दै बिहे गर्ने गरेका छन्।

मौलाउँदै 'लिभिङ टुगेदर'
कास्की घर भएका प्रताप कार्की भर्खरै अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन्। उनी अस्ट्रेलिया छँदा फिलिपिन्सकी एउटी केटीसँग रुम सेयर गर्थे। 'रुम सेयर गर्नु भनेको साह्रै कमन कुरा हो त्यहाँ,' उनले भने, 'अहिले त काठमाडौँमा पनि कमन भइसकेको रहेछ।' पाँच वर्षपछि स्वदेश फर्किएका उनले यहाँ पनि आफ्नी प्रेमिकालाई रुम पार्टनर बनाएका छन्। उनीहरूको बसाइ सम्झौतामा भएको हो रे। 'मन मिले बिहे गर्ने, नमिले छोड्ने,' उनले भने, 'हाम्रो सर्त यही हो। हामी दुवैजना एकअर्कालाई राम्ररी बु‰नका लागि मात्रै सँगै बसिरहेका छौं।'
आफ्नो दैनिकीलाई रोमाञ्चक बनाउन चाहने युवायुवतीको संख्या दिनानुदिन बढ्दो छ, राजधानीमा। उनीहरूले दाम्पत्य जीवनअघिको सेक्सलाई मात्र कायम राखेका छैनन्, अघोषित श्रीमान-श्रीमती भई विवाहपूर्वको सहवासलाई पनि स्विकारेका छन्। 'लिभिङ टुगेदर' अर्थात्, विवाह नगरी रुम सेयर गर्ने प्रचलन विशेष गरी राजधानीमा निकै मौलाएको छ। विवाह पछिमात्रै श्रीमान्-श्रीमतीले एकअर्काको अनुहार हेर्न पाउने रामायणकालीन जमाना अब रहेन।

सुका आम्दानी भए पनि खर्च आठाना हुने काठामाडौँ शहरमा खर्च न्यून गर्ने राम्रो उपाय पनि बनेको छ, लिभिङ टुगेदर। गोँगबुकी रोशा भन्छिन्, 'सँगै बस्दा कम खर्च हुन्छ भने यसलाई नराम्रो मान्नु जरुरी छैन। फेरि, सँगै बस्दा पार्टनरको आनीबानी पनि बुझिन्छ। उसका हकर्तहरू चित्त बुझेर विवाह गर्दा जीवन सुखी बन्छ।' यो टे्रन्डले डिर्भोसको रेट घटाउन पनि मद्दत गर्ने उनी बताउँछिन्। स्नातकोत्तर अध्ययन गर्दै गरेकी सोनुलाई भने यो सिस्टम पटक्कै मन पर्दैन। भन्छिन्, 'यसले हाम्रो समाजमा विकृति ल्याउँछ। विदेशीले जे गरे हामीले पनि त्यसैको नक्कल गर्नुहुँदैन।' यही प्रसंगमा उनले एउटा घटना पनि सुनाइन्, 'मेरो एउटी साथी उसको ब्वाईफ्रेन्डको घरमा बस्थी, बिहे नै नगरी। उनीहरू सँगै बसेको तीन महिना जति भएको थियो। एक दिन के कुरामा झगडा परेछ कुन्नि, त्यो केटाले त मेरी साथीलाई घोक्राएर घरबाट निकालिदिएछ। ऊ बिचरी कहाँ जाओस्? आफ्नै घर गई। परपुरुषसँग बसेकी केटी भनेर उनलाई आफ्नै भाउजूले टोकस्थिन् रे। त्यही निहँुमा उनले आत्महत्या गरिन्। त्यसकारण हाम्रो जस्तो कन्जर्भेटिभ समाजमा लिभिङ टुगेदरजस्तो खुलमखुला सम्बन्ध फाप्नै सक्दैन।'
मंसिर, लगन र कुण्डली
सुखद भविष्यको लालसा कसलाई पो हुँदैन? आफूले रोजेकै पार्टनरसँग घरजम गरेर आनन्दसँग जीवनयापन गर्न पाए पृथ्वी नै स्वर्ग भइदिन्छ। तसर्थ, विवाहइतर हाइसन्चोको जीवन बाँच्न पाइने आसमा कतिपय युगल जोडी लगन, साइत र कुण्डली मिलाउनप्रति निकै चाख राख्छन्।
'हाम्रो बुवा-ममीले कुण्डली नै नहेरी, साइतै नजुराईकन बिहे गर्नु भएको थियो रे,' आफ्नै घरको उदाहरण दिँदै थिइन् २४ वर्षीया वर्षा भण्डारी, 'त्यसैले त, म र दाइ जन्मिसकेपछि बुवाले दोस्रो विवाह गर्नुभयो। छोरामा छोरा, छोरी भने छोरी दुवै भएको मान्छेलाई अर्की श्रीमती ल्याउनु पर्ने के आवश्यकता थियो होला र? फेरि, उहाँले हाम्रो ममीलाई असाध्यै माया पनि गर्नुहुन्थ्यो रे। तर, ममीमाथि नै सौता हाल्नुभयो। त्यो किनभने उहाँहरूले लगन नजुराईकन बिहे गर्नुभएको थियो रे। त्यसैले उहाँको मति बिग्रिएको भन्नुहुन्थ्यो हजुरामाले।' बाबुबाटै पाठ सिकेकी वर्षाले लगन नजुराई त कुनै हालतमा पनि बिहे नगर्ने बताइन्। 'आजकल धेरै मान्छेले यस्तो कुरामा विश्वासै गर्दैनन्,' उनले भनिन्, 'तर, कुनै-कुनै कुरामा विश्वास गर्नैपर्दो रहेछ।'
ज्यो. तुलसी भारद्वाजका अनुसार विवाह बन्धनमा बाँधिन लागेका युवायवती दुवैको मन, विचार, स्वभाव, संस्कार, आर्थिक हैसियत, आनीबानी, यौनिक क्षमता आदि कुरा मिल्नुपर्छ। तिनै गुण- अवगुणहरूको मिलानलाई ज्योतिषशास्त्रमा कुण्डली मिलान भनिन्छ। यसअनुसार मान्छेका ३६ गुणमध्ये कम्तीमा १८ गुण मिलेको खण्डमा दाम्पत्य जीवन सुखमय हुन्छ। ज्यो. भारद्वाज भन्छन्, 'सामान्यतया मेष र कन्या, वृष र धनु, मिथुन र वृश्चिक, कुम्भ र कर्कट, सिंह र मकर अनि तुला र मीन राशिले विवाह गर्नु उचित हुन्छ।'
वर्षाले भनेझैँ यस्ता कुरामा विश्वास गर्ने मानिस कमै मात्र होलान्। 'मन मिलेपछि साइत न फाइत?' मोर्गान कलेजकी सञ्जुले भनिन्, 'कुण्डली हेराएर मात्रै बिहे गर्नुपर्छ भन्नु वाहियात हो।' उनकै जस्तो विचारधारा राख्ने युवायुवतीको वर्चस्व छ हाम्रो समाजमा। त्यसको उदहारण राजधानीका मठ-मन्दिरमा वर्षैभरि हुने विवाहलाई पनि लिन सकिन्छ। भद्रकाली, दक्षिणकालीजस्ता मन्दिरमा बाह्रै मास बेहुला-बेहुली र जन्तीको आवतजावत देखिन्छ। म्ह्ैपीस्थित गणेश मन्दिरका पुजारी सन्तोषप्रसाद पन्त भन्छन्, 'आजभोलि त साउन न कात्तिक, बाह्रै मास बिहे गर्छन्।'
फेरिँदो संस्कार
परम्परागत र सांस्कृतिक चालचलनअनुसार कमैले मात्र बिहे गर्छन्, हिजोआज। बिहेको प्रक्रिया / चलनदेखि खानपानमा समेत परिवर्तन आएको छ। घरमा भन्दा मन्दिर र पार्टी प्यालेसमा बिहे गर्न रुचाउँछन्, अधिकांश केटाकेटी। 'घरमै बिहे गर्योट भने त गन्जागोल हुन्छ,' यही मंसिरमा सिउँदो रंगाएकी बिना थापाले भनिन्, 'मन्दिरमा गएर गर्योग आनन्दै!' प्रायजसो युवायुवती आफ्नो बिहे जतिसक्दो भव्य तरिकाले गर्न चाहन्छन्। फेरि, बिहेमात्रै गरेर पनि कहाँ पुग्छ र उनीहरूलाई! साथीभाइ, आफन्त, परिवार, अफिसका स्टाफका लागि छुट्टाछुट्टै पार्टी पनि दिनैपर्योई। बिहे गरेको महिनादिनसम्म पनि सकिएका हुन्नन् भोजभतेरका कार्यक्रम।

त्यसो त यही समयमा अर्कोथरी जमात पनि जुर्मुराएको छ नेपालमा। कुरा हो प्रगतिशील बिहेको। बिहेमा गरिने भोजभतेर/पार्टीहरूको विरोधी हुँ भन्ने इतिहासकार प्रा. दिनेशराज पन्त बिहेमा गरिने सबै खाले खर्च र परिश्रम नाटकमात्र भएको टिप्पणी गर्छन्। ‘बिहेमा लाखौं खर्च गर्न के आवश्यक?' उनी भन्छन्, 'बरु त्यो पैसा कुनै राम्रो कामका लागि लगानी गरे हुन्छ।' प्रगतिशील विवाह संस्कारप्रति सकारात्मक देखिन्छन् मानवशास्त्री सुरेश ढकाल पनि। छिटो/छरितो र सामाजिक काम गरेर सम्पन्न हुने बिहे संस्कारले समाजलाई सकारात्मक बाटोमा डोर्याटइरहेको बताउँछन् उनी।
लाजिम्पाटका रमेश सिंह र शिला शाहको जोडीले पनि यस्तै फेरिँदो शैलीमा विवाह गरे, यही मंसिरमा। पशुपतिनाथ मन्दिरको प्रांगणमा आयोजना गरिएको खुला बिहेभोजमा सडक बालबालिका, भरिया, अनाथ/असहाय वृद्धवृद्धा गरी पाँच सयको हाराहारीमा जन्ती जस्तै लाइन लागेर खाना खाएका थिए। ‘यसरी सार्वजनिक ठाउँमा भोज गरेर बुढाबुढी, अनाथ/असहायहरूलाई खाना खुवाउने मेरो धेरै पहिलेदेखिको सपना थियो,' बिहेकै दिन रमेश भन्दै थिए, ‘जीवनमा एक चोटि भए पनि सामाजिक काम गर्न पाइयो। त्यो अवसर जुरायो आफ्नै बिहेले। म त धेरै खुसी छु।'
राम्रासँग रोमान्स, सज्जनसँग बिहे
'बिहे गरेर श्रीमान्को घर गएपछि मात्रै लोग्नेको अनुहार देखेकी थिएँ' भन्ने हजुरआमाका नातिनीहरू आफ्नो श्रीमान् आफैँ खोज्न थालेका छन्। 'जीवन बिताउने हामीले हो, अरूले केटा छान्दिएर हुन्छ त?' आकांक्षा श्रेष्ठले भनिन्, 'आफूलाई माया गर्ने, केयर गर्ने, ह्यान्डसम र समझदार केटासँग बिहे गर्छु म त।' रोमान्सका लागि सुन्दर युवतीको अपेक्षा गर्ने केटा र ह्यान्डसम ठिटाको खोजीमा रहने युवती पनि विवाहका मामिलामा यस्तासँग हच्किन्छन्। यसमा सहमत हुँदै कुपन्डोलका सुजन श्रेष्ठ भन्छन्, 'गर्लफ्रेन्ड त साथीका आँखा तिरमिराउने खालकै हुनुपर्योै नि।' सानका लागि राम्रा केटीसँग सरसंगत गरे पनि एकदम सिम्पलसँग घर बसाउने चाहना व्यक्त गरे उनले। बालाजुका जेसन पुनको रोजाइ पनि शील-स्वभाव राम्रो भएकै युवती नै हुन्। 'अनुहार राम्रा भएकाहरू उत्ताउली हुुन्छन्,' उनको धरणा छ, 'त्यस्तासँग बिहे गर्यो भने दुःख पाइन्छ।'
हतारमा बिहे, फुर्सदमा पछुतो

बिहेपछि सबै जोडी खुसी नै हुन्छन् भन्ने पनि छैन। स्नातक पढ्दै गरेका धनकुटाका २१ वर्षे विजय शर्माले एक वर्षअघि क्लास फ्रेन्ड काभ्रेकी सविता गुरुङसँग उनकै शब्दमा हतारोमा बिहे गरे। दुवैजनाको घरको असहमतिका बीच गरिएको सो बिहे अहिले पछुताउने माध्यमबाहेक अरू केही नभएको विजय बताउँछन्। ‘गरिखाने केही उपाय र सीप छैन। दुवै जनाको घरबाट दिनदिनै किचकिचमात्र सुन्नुपर्छ,' हतारिएर गरिएको बिहेपछिको पीडा पोख्छन््, ‘पढाइ पनि अघि बढाउन सकिएन। गुजारा चलाउन पनि मुश्किल परिरहेको छ।'
भक्तपुरकी २२ वर्षे गोमा मालाकार हातमा किताबकापी बोकेर कलेज जानुपर्ने उमेरमा एक वर्षे छोरो काखी च्यापिरहेकी भेटिइन्। स्कुल पढ्दापढ्दै अढाई वर्षअघि आफ्नै गाउँको आफूभन्दा केही पाको उमेरको तन्नेरीसँग सुटुक्क भागेकी गोमा घरको काम र बच्चाको हेरचाह गर्नुपर्न भएकाले पढाइलाई रोक्न बाध्य भइन्। ‘चाँडो बिहे गर्न नहुने र गरिहाले पनि बच्चा चाहिँ ढिलो जन्माउनु पर्ने सुझाव गोमाको छ।'
टिनएजमा रमाइलो गर्दागर्दै अन्जानमै बिहे गरेकाहरू पनि धेरै छन् यहाँ। सुरुमा सेक्स पार्टनरमात्रै बनेका काठमाडौँका धिरज शाक्य र सिमोन बलामी हिजोआज दुई वर्षे छोरीको अभिभावक बनिसकेका छन्। कलेज पढ्दापढ्दै बिहे गरेका उनीहरूले पढाइलाई निरन्तरता दिन सकेनन्। बिहे गर्ने सोचै नभएको बताउने धिरज-सिमोनको जोडीले 'मिस्टेक'ले बच्चा बसेकाले विवाह बन्धनमा बाँधिनुपरेको बताए।
उमेर नपुग्दै बिहे गरेर गाउँबाट भागेर काठमाडौँ छिरेका पाल्पाका रामु रेग्मी र पार्वती पौडेलको जोडी अहिले नयाँ बसपार्कनजिकको सडकपेटीमा पसल थापेर गुजारिरहेका छन्। करिब पाँच वर्षअघि १८ वर्षका रामु र १५ वर्षकी पार्वती स्कुलमा पढ्दापढ्दै वैवाहिक सम्बन्ध जोडेर बालविवाह विरोधी संघसंस्थाहरूको डरले काठमाडौँ छिरे। दुईजनाको पेट पाल्न अनेकौँ संघर्ष गर्नुपर्ने काठमाडौँमा आएर उनीहरूसँग नयाँ सदस्य थपिएकी छिन्, छोरी। आफ्नै गाँसबासको ठेगान नभएको यो जोडीलाई छोरीलाई कसरी पढाउने भन्ने चिन्ता थपिएको छ।
दाङकी २१ वर्षे कलावती चौधरीले गत साल ‘डिभोर्स' गर्नुपरेपछि जीवनभर फेरि बिहे नै नगर्ने निधो गरेकी छिन्। एक अधबैँसे प्रहरीको मायाजालमा परेर भरभराउँदो जवानी सुम्पेकी कलावती बिहे गरेको तीन वर्ष नपुग्दै एक्लिन बाध्य भइन्। पुलिस, आर्मी भन्नेबित्तिक्कै हुरुक्क हुने गाउँका ठिटीहरू आफ्नो असफल कहानी देखेर धेरै लाइनमा आएको बताउने कलावती हतारमा कसैको झुटो आश्वासनमा लागेर विवाहजस्तो गम्भीर विषयमा खेलबाड नगर्न सुझाव दिन्छिन्। अहिले सानो व्यवसाय गरेर दुई वर्ष पुग्नै लागेको छोरा हुर्काइरहेकी उनी भन्छिन्, ‘बुढाको जागिर छ भनेर बिहे गरँे। उसले त मजस्ता तीन जनालाई विवाह गरेर जता गयो उतै श्रीमती छोड्दै हिँडिरहेको रैछ।'

nagarik news
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !