काठमाडौं। मधेसी जनतालाई विशेष अधिकार हुनुपर्ने मुद्दा लिएर उठेको आन्दोलन केही आपराधिक व्यक्तिका लागि सम्पत्ति आर्जन गर्ने उद्योग बनेपछि जनकपुर क्षेत्रका बुद्धिजीवीहरू आन्दोलित देखिएका छन्। मधेसवादी आन्दोलनलाई सम्पत्ति आर्जन गर्ने उद्योगमा परिणत गर्न सफल धेरै 'डन' मध्ये सञ्जय साह 'टक्ला' बारे यतिबेला जनकपुर क्षेत्रमा निकै ठूलो चर्चा परिचर्चा सुरु भएको छ।
राजनीतिको पहेलो खोल ओढेका छन्। २०६९ वैशाख १८ गते मिथिला आन्दोलनका क्रममा जनकपुर रामानन्द चोकमा सत्याग्रहमा बसेकाहरूमाथि बम विस्फोट गराई पाँचजना मारिए। चार दर्जन घाइते भए। घटनाको छानबिन गर्ने क्रममा अभियुक्त देखिएका मुकेश चौधरी र सञ्जय साहबीचको टेलिफोन वार्ता प्रहरीेले फेला पारिसकेको
थियो। तर राजनीतिक पहुँचका कारण सञ्जय साहमाथि अझै कारबाही भएको छैन। गत पुस २८ गते तराई टेलिभिजनबाट समेत सुनाइएको सञ्जय साह र मुकेश चौधरीबीचको उक्त संवाद पुनः सार्वजनिक भएपछि जनकपुर आन्दोलित र त्रसित भएको छ। उनीहरूबीचको संवाद यस्तो थियो–
चौधरी– मन्त्रीजी बोल्नु भएको हो?
साह– हो, म बोल्दै छु।
चौधरी– त्यो मान्छे डेढ दुई सयको भीडमा बसेको छ।
साह– भीडमा नहान्नोस्, भीडबाट त्यो मान्छे निस्किसकेपछि हान्न भन्नोस्।
चौधरी– त्यसो भए त उसलाई ब्याक गर्नुपर्छ राखिसक्यो, अब के गर्ने?
रामानन्द चौकमा बम विस्फोट हुनुभन्दा करिब १० मिनेट पहिले साह र चौधरीबीच भएको यो टेलिफोन संवादबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले पत्ता लगायो– होटल सीताका मालिक जीवनाथ चौधरीलाई मार्ने डिजाइनअन्तर्गत सञ्जय साहको समूहले बम विस्फोटन गराउँदा रामानन्द चौकमा उक्त दुर्घटना भएको रहेछ। बम विस्फोटका प्रमुख योजनाकार सञ्जय साह भएको रहस्य खुलेपछि अपराधीमाथि कारबाहीको माग गर्दै जनकपुरमा चरणबद्ध आन्दोलन सुरु भएको छ। त्यसअन्तर्गत माघ २ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो। माघ ३ र ४ गते दुई–दुई घन्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा चक्काजाम गरियो। माघ ५ गते जनकपुर क्षेत्रका लब्ध प्रतिष्ठित बुद्धिजीवी, नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रतिनिधिबीच दोषीमाथि कारबाही अघि बढाउन सरकारलाई दबाब दिने उपायका बारेमा अन्तरक्रिया गरियो।
नेपाल बार एसोसियसनको हलमा भएको उक्त अन्तरक्रियामा नागरिक समाजका अगुवा मुरारिमनोहर सिंह, प्राध्यापक परमेश्वर कापडी, बार अध्यक्ष श्यामकिशोर मल्लिक, नेपाली कांग्रेसका जिल्ला सभापति रामसरोज यादव, एमाओवादीका मिथिला राज्य सेक्रेटरी रोशन जनकपुरी, एमाले नगर अध्यक्ष शम्भु पासवान, रामानन्द क्लबका अध्यक्ष नवीन मिश्रलगायतका व्यक्तिहरूल बम विस्फोटका योजनाकार साहमाथि ज्यानमुद्दा चलाएर कारबाही अगाडि बढाउन संयुक्त रूपमा माग गरे। नेपाली कांग्रेसका जिल्ला सभापति यादवले भने– सञ्जय साह नक्कली भारुको कारोबारमा संलग्न तस्कर हुन् भन्ने प्रमाण मसँग छ, मैले सप्रमाण प्रहरीमा उजुरी गर्न लगाएँ, तर कारबाही भएको छैन।'
पाकिस्तानी गुप्तचर संस्था आईएसआईमार्फत नक्कली भारु ल्याएर जनकपुर–१५ का विजय साहलाई ५० हजार रुपैयाँ दिएर २५ हजार मात्र फिर्ता दिए हुन्छ भनेको कुरा उनले कांग्रेस सभापति यादवलाई भनेको बुझिएको छ। उनले नक्कली भारु सटहीका लागि तराईका नाकामा १७ जना व्यक्ति परिचालन गरेको स्रोतले बताएको छ। विहारका केही अपराधीसँग विशेष सम्बन्ध बनाएका उनले आफ्नो संरक्षणका लागि भारतीय दूतावाससँग सम्पर्क राम्रो बनाउने गरी दुईजना व्यक्तिलाई मासिक तलब दिने गरेको समाचार स्रोतले बताएको छ। छोटै अवधिमा धेरै सम्पत्ति जोड्ने अभियानअन्तर्गत सञ्जय साहले १० वर्षको यो अवधिमा के के अपराध गरे त? त्यसको फेहरिस्तसहित केही दिनअघि जनकपुरधाम–२ बस्ने टीकाराम अधिकारी (नाम परिवर्तन) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन्।
घटना नं (१) महोत्तरी धिरापुर गाविसका तत्कालीन अध्यक्ष हेमचन्द्र यादवका छोरा पप्पु यादव राहुललाई अपहरण गरी २०५७ चैत १७ गते १० लाख रुपैया फिरौती असुल गर्ने घटनाका मुख्य योजनाकार साह थिए। यो अपहरणकाण्डमा साहले रामविनोद यादव, राजकुमार पुर्वे, ओमप्रकाश यादव लट्टुको सहयोग लिएका थिए।
घटना नं. (२) जिल्ला विकास समितिका तत्कालीन सभापति रामचरित्र साहको कार्यकालमा जिविसबाट दुई लाख रुपैयाँ तिर्ने गरी कवाडी सामान उठाउने ठेक्का लिएका थिए।
घटना नं. (३) धनुषा जिल्लामा प्रहरी उपरीक्षकका रूपमा विश्व जबरा रहँदा– नन्दु पासवान, भन्टे पासवान, राजकिशोर पासवान (डेवडिहा, अकौरा गाविस) को साथ लिएर राजमार्गमा सवारीसाधन लुट्ने, घरघरमा डकैती गर्ने धन्दा चलाएका थिए। यसैक्रममा सखुवा महेन्द्रनगरका स्थानीय जनताले उनलाई समातेर प्रहरीको जिम्मा पनि लगाएका थिए। डकैतीमा संलग्न अन्य सबैमाथि पक्राउ गरी मुद्दा चलाइयो, तर सञ्जय साहलाई भने तत्कालीन प्रहरी प्रमुख जबराले उन्मुक्ति दिए।
घटना नंं. (४) जनकपुरधाम–१४ का जोगी राउतका छोरा नन्दकुमार राउतलाई सञ्जयले ड्राइभर राखेका थिए। ड्राइभर राउत र सञ्जयकी बहिनी वविताबीच मायाप्रीति सुरु भएको चर्चा चल्यो। यसपछि राउतको घाँटी थिची उनकै निर्देशनमा हत्या गरियो। अभियुक्त सञ्जय साहमाथिको यो मुद्दा पुनरावेदन अदालत जनकपुरमा विचाराधीन छ।
घटना नंं. (५) सञ्चार उद्यमी अरुण सिंघानिया, निर्माण व्यवसायी माथवर सुखिया, अन्तरिक राजस्व कार्यालयका कर्मचारी कुमार निरौलालगायतका व्यक्तिहरूको हत्याका घटनामा पक्राउ परेका सबै अभियुक्तहरूले सञ्जय साहकै निर्देशनमा काम गरेको बयान
दिएका छन्।
यसैगरी, सभासद् र राज्यमन्त्रीको पद दुरुपयोग गर्दै भ्रष्टाचार गरेका कयौं उदाहरण छन्।
उदाहरण नं. (१) संसदीय बजेटबापत प्राप्त हुने वार्षिक १० लाखको दरले चार वर्षको ४० लाख रुपैया आफ्नै खल्तीमा हाले। तर विभिन्न विद्यालयमा कम्प्युटर तथा खेलकुद सामग्री वितरण गरेको नक्कली बिल भरपाई पेस गरे।
उदाहरण नंं. (२) जनकपुर नगरपालिका वडा नम्बर ९ देखि १६ सम्म विभिन्न विकास निर्माणका काम गरेको नक्कली विवरण तयार गरेर तीन करोड रुपैयाँ रकम आफ्नै खल्तीमा हाले। साहले दिएको निर्देशनअनुसार नै जनकपुर बम विस्फोटका अभियुक्त मुकेशले घटना हुनुभन्दा तीन चार दिन अगाडि जिल्ला विकास समितिका एलडीओ सूर्यकान्त झासँग १० लाख, इन्जिनियर शम्भु मिश्र, सहलेखापाल जीवनाथ चौधरी र ज्ञानेन्द्र देवसँग पाँच/पाँच लाख रुपैयाँ चन्दा मागेका थिए।
कहाँ कहाँ गरे साहले भ्रष्टाचार
यसैगरी, आफ्नै ग्याङका मान्छेहरूको उपभोक्ता समितिमार्फत विभिन्न २९ वटा विकास आयोजनाको नक्कली बिल भरपाई खडा गरी साहले भ्रष्टाचार गरेको रहस्य खुलेको छ। जनकपुर चोकदेखि मुसलमान बस्तीसम्मका सडक ढलानको योजनामा २५ लाख, रेल्वे स्टेसनदेखि दक्षिण नाला निर्माण सडक योजनामा ३० लाख, रेल्वे स्टेसन देखि उत्तर सडक ढलान र शौचालय निर्माण योजनामा १३ लाख, फूलबारीदेखि पश्चिम नाला निर्माण योजनामा ४५ लाख, पिडारी चौकदेखि पश्चिम नाला निर्माण योजनामा २० लाख, वडा नं. १३ दीहबार मन्दिर मर्मत सुधार ७५ हजार, वडा नंं. ८ मा सार्वजनिक शौचालय दुई लाख, वडा नं. ७ मसानघाट मर्मत सुधार ७५ हजार, वडा नं. ९ सामुदायिक भवन निर्माण तीन लाख रुपैयाँ भ्रष्टाचार गरेको फेला परेको छ।
यसैगरी, जानकी आइरन स्टोर्स बाटोमा नाला निर्माणमा २५ लाख, महुवामा मदरसा निर्माणमा पाँच लाख, महुवा भोइलमा सार्वजनिक धर्मशाला निर्माण सातलाख, छहुवामा सार्वजनिक शौचालय निर्माणमा दुई लाख, कुवा रामपुरमा सार्वजनिक धर्मशाला निर्माणमा पाँच लाख, हंशराजको घर अगाडि बाटो ढलानमा १५ लाख, हंशराजको घरदेखि पूर्व डोम टोलमा नाला निर्माणमा १० लाख, विश्वकर्मा चौकदेखि दक्षिण सडक ढलानमा १५ लाख, विश्वकर्मा चौकदेखि दक्षिण हनुमान मन्दिर निर्माणमा १२ लाख, कनपट्टीमा सलहेश मन्दिर निर्माण २० लाख, मुनलाइट ई. स्कुलको बाटो नाला निर्माणमा पाँच लाख, विसविट्टी सामुदायिक भवन ३० हजार, बसपिट्टी दलित भवन २० हजार, वडा नं. ३ को दलित बस्तीमा महारानी मन्दिर परिसर सुधारमा सात लाख, राजदेवी मन्दिर कुवा निर्माणमा २० लाख, वडा नं. ७ मुहरी टोल सडक निर्माण ग्राभेलमा दुई लाख, वडा नं. १६ स्थित महादेव मठमन्दिर परिसर सुधारमा ६ लाख, बसपिट्टी चौकको मन्दिरका लागि शौचालय निर्माणमा तीन लाख, बसपिट्टी नाला निर्माणमा पाँच लाख र वडा नं. ६ मस्जिद टोलमा ढल निर्माणका लागि ७ लाख रुपैयाँ गरी झण्डै पाँच करोड रुपैयाँ विकास बजेट तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री साहले काम नै नगरी रकम झ्वाम पारेको किटानी जाहेरीमा उल्लेख छ।
साहको हालको सम्पत्ती (बक्स)
जनकपुर,भरतपुर गाविस वडा नं. ४(घ), कित्ता नं. ४६६मा ०–१९–०–० को करिब २० करोड मूल्यांकन गरिएको घर जग्गा,जनकपुर वडा नं. १६ कित्ता नं. ८४ मा ४२६ वर्ग मिटर, वडा नं १६ मै कित्ता नं ८९, १४, ११६, ११८मा क्रमशः २११५, ८७३६, ३३.६, २८.२ वर्ग मिटर क्षेत्रफलको जग्गा साहले आफ्नो बाबुको नाममा राखेका छन्। त्यसैगरी जनकपुर १६ मै कित्ता नं १२०, १२३,५३ मा १९.२, ९०, ३१७, १९३०२ वर्गमिटर छ भने लोहना ९,८,९ वडामा कित्ता नं ७३,८४३, ८४८ मा क्रमशः ०–२–६–०, ०–०–१२–० र ०–६–३१५ वर्ग मिटर रहेको छ। त्यस्तै उनकी आमा दुलारी देवी शाहको नाममा जनकपुर २,९,१२,४,२ मा क्रमशः कित्ता नं २१, २५७, ४४, ७०, ७१, ३५४ मा क्रमशः ०–१–०–०, ०–४–०–३, ०–०–१७–१, ०–१–२/५–०, ०–३–५–२, ०–२–०–० जग्गा रहेको छ। त्यसैगरी उनले आफ्नो नाममा जनकपुर ४,१४ र ४ नं वडामा कित्ता नं ७३, ७१, ४३,८१,१०९० मा ०–०–१४–०, ०–०–११–०,०–१–३–२, ०–०–१०–३ र ०–१०–०–० राखेको देखिएको छ। बहिनी अनिताको नाममा जनकपुर २ मा ०–०–१५–० जग्गा राखेका छन् भने श्रीमती रंगिला कुमारीको नाममा ललितपुर र काठमाडौंमा करोडौं जाने ४ ठाउँमा घरजग्गा जोडेका छन्। आफ्ना कारिन्दा लट्टु भन्ने रामनरेश यादवको नाममा विरेन्द्र इस्न्च्यिुट अफ मेडिकल एण्ड डेण्टल टेक्नोलोजी प्राली खरिद गरेको उजुरीमा उल्लेख गरिएको छ। सम्पत्ति सुद्धिकरण र गृह मन्त्रालयलाई समेत जानकारी दिइएको उजुरीमा बताइएको छ। छोटो समयमा अवैध कारोबारबाट अर्बौको सम्पत्ति कमाएका साहलाई कस्तो कारबाही हुन्छ अब हेर्न बाँकी छ।
साभार : विक्ली नेपाल