CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » त्रिचन्द्रः नक्कली परीक्षा काण्ड छताछुल्ल

त्रिचन्द्रः नक्कली परीक्षा काण्ड छताछुल्ल

राज्यका कानुन सुतेर बस्दैनन्― ढुड्डाना  


काठमकाडौ। त्रिचन्द्र क्याम्पसमा राजनीति गरिरहेका नेपाल विद्यार्थी संघ, अनेरास्ववियु  र अखिल क्रान्तिकारीका अलवा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को समेत मिलेमतोमा कलेजमा भर्ना नै  नभएका विद्यार्थीलाई परीक्षा फारम भराई परीक्षामा सामेल गराउने अवैध धन्दा २०५५ सालदेखि संस्थागत भएको रहेको अनुसन्धानमा फेला परेको कुरा स्रोतले बताएको छ।   
२०५५ सालबाट नियमित रुपमा भर्ना नै नभएका विद्यार्थीलाई परीक्षामा सहभागी गराउदै आएको तथ्य पत्ता लगाएको राष्ट्रिय सतर्कता केन्द्रका अनुसन्धान अधिकृत शेरबहादुर ढुँगानाले जानकारी दिए। त्रिचन्द्र कलेजमा २०५५ सालबाट नियमित
व्यवसायका रुपमा भर्ना नभएका विद्यार्थीलाई विभिन्न तहको परीक्षामा सहभागी गराउदै आएको भेटिएको  ढुंगानाको भनाइ छ। त्रिचन्द्र क्याम्पसको घटनामा संलग्न परीक्षा नियन्त्रकका बल्खुका निमित्त परीक्षा नियन्त्रक रमेश जोशीलाई पनि बयान लिएको थियो। परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई केन्द्रले विगत ५ बर्ष यता परीक्षाको अघिल्लो दिनमात्रै फारम बुझाउनेहरूको सूची उपलव्ध गराउन पनि भनेको थियो। केन्द्र र प.नि.का.को बैठकमा २०६९ पुस ६ गतेसम्म  त्यस्ता फारमको सूची उपलव्ध गराउने सहमति भएको थियो। तर, प.नि.का.ले केन्द्रलाई अहिलेसम्म उक्त सूची दिन सकेको छैन। क्याम्पस प्रशासनका अनुसार विद्यार्थी नेताहरूले क्याम्पसमा भर्ना गर्दिन्छु भनेर स्नातक तह प्रथम बर्षदेखि स्नात्तकोत्तर तह दोस्राे बर्षसम्म निरन्तर ५  पटकको भर्ना शुल्क खाने गरेका छन।  
प्रशासनका अनुसार, विद्यार्थीसँग भर्ना शुल्क भनेर पैसा लिने तर क्याम्पसमा भर्ना नगर्ने, गरिहाले पनि प्रशासनलाई शुल्क नदिने विद्यार्थी नेताहरूको पुरानै रोग हो। २०६९ सालमा मात्रै स्नातक तह प्रथम बर्षका एकसय ७० भन्दा बढी र स्नात्तकोत्तर तह दोस्रो वर्षका ४४ जना विद्यार्थीको भर्ना नगरी परीक्षा फारम बुझाउने काम भयो। त्रिचन्द्रका विद्यार्थी नेताहरूले २०६९ भदौमा सञ्चालान भएको स्नातक तह प्रथम बर्षको परीक्षामा  एक सय ७० भन्दा बढी विद्यार्थीलाई यसरी नै अवैध बाटोबाट परीक्षा फारम भराएका थिए। विएस्सी र विए प्रथम बर्षका विद्यार्थीबाट भर्ना गर्दिने भन्दै त्यतिबेला विद्यार्थी नेताहरूले अवैद्य बाटोबाट परीक्षामा सामेल गराएका थिए। उक्त काण्डमा  चर्को रुपमा आएपछि नेविसंघ इकाई कमिटिका अध्यक्ष कृष्णप्रसाद जैसी ३ महिनाभन्दा बढी भूमिगत भएका थिए। त्यतिबेला पनिकाले छानविन पनि गरेको थियो। त्यतिबेलाको छानविनका क्रममा ७ जनामात्रै गलत देखिएको भन्दै पनिकाले ७ जनाको परीक्षा रद्द गरेको थियो।  तर, पनिकाले ती विद्यार्थी नेता,क्याम्पस प्रशासन तथा पनिकाका कुनै पनि पदाधिकारीलाई कारबाही भएन।   
त्रिचन्द्रको  अवैध परीक्षा फारम बुझ्ने काण्डमा विश्वविद्यालय रेक्टर गुणनिधि न्यौपाने,पनिकाका निमित्त परीक्षा नियन्त्रक रमेश जोशी,त्रिचन्द्र क्याम्पस प्रमुख तथा सहायक सहयाक प्रमुख शंकर भण्डारी र नेविसंघ इकाई अध्यक्ष कृष्णप्रसाद जैसी,स्ववियु सचिव सञ्जयकुमार यादव,स्वविय सदस्य प्रेमराज जोशी र अनेरास्ववियुको प्रारम्भिक कमिटि अध्यक्ष रामकिशोरसिंह (पराग) को प्रत्यक्ष संलग्नता देखिएको छ। अन्य विद्यार्थी नेताहरूले पनि यस्तो काम गर्ने गर्छन। ती विद्यार्थी नेतालेे परीक्षा सुरु हुने अघिल्लो दिन क्याम्पस प्रमुख हरिप्रसाद थपलियालाई दबाब दिएर परीक्षा फारम बुझ्न भनेका थिए। तर, क्याम्पस प्रमुखले उक्त काण्डमा असहमति जनाएपछि सहायक प्रमुख शंकर भण्डारीलाई दबाब दिएका थिए। उक्त दबाब पनि सफल नभएपछि विद्यार्थी नेताहरूले सहायक क्याम्पस प्रमुखको हस्ताक्षर र क्याम्पसको नक्कली छाप बनाएर परीक्षा फारम पनिका कार्यालयमा पुर्‍याएका हुन। मंसिर १० गते लगेका फारम नबुझ्ने भन्दै पनिका बल्खुका परीक्षा सहनियन्त्रक महेन्द्र शर्माले अडान लिएका थिए। विद्यार्थी नेताले रेक्टर गुणनीधि न्यौपानेमार्फत निमित्त परीक्षा नियन्त्रक रमेेश जोशीलाई फोन गरी काम गर्दिन भनेको बताईएको छ। जोशी त्रिचन्द्रकै पुर्व उपप्राध्यापक भएकोले विद्यार्थी नेताहरूले ल्याएका फारम शर्मालाई बुझन दबाब दिएको पनि पनिका कर्मचारी बताउँछन।   
त्रिचन्द्रका ती  विद्यार्थी नेताहरूले मंसिर १० गते परीक्षा फारममा हस्ताक्षर नगरेको भन्दै मंसिर ११ गते क्याम्पस प्रमुख थपलियालाई आफ्नै कार्यकक्षमा हातपात गरेका थिए। विद्यार्थी नेताहरू जैसी,यादव, रामकिशोर सिंहको नेतृत्वको टोलीले थपलियालाई गालामा चड्कन हान्दा थपलियाको चश्मा पनि फुटेको उक्त घटनामा प्रत्यक्ष संलग्न एक विद्यार्थी नेताले बताए। तर, त्यसरी अराजकरुपमा क्याम्पस प्रमुखमाथि कुटपिटमा उत्रिने विद्यार्थीलाई अहिलेसम्म कारबाही भएको छैन। क्याम्पस प्रमुख थपलियाले मंसिर ११ गते पनिकाबाट परीक्षा प्रवेश ल्याउने ४३ जना विद्यार्थीहरू क्याम्पसमा भर्ना नभएकाले उनीहरू सक्कली विद्यार्थी नभई नक्कली भएको प्रतिक्रिया दिएका थिए। क्याम्पस प्रमुख थपलियासँग थप बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन। रेक्टर गुणनिधि न्यौपानेले आफुले विद्यार्थीको अवैध काम गर्न रमेश जोशीलाई फोन नगरेको बताए।  
स्ववियु उपसभापति विष्णुप्रसाद पौडेल विद्यार्थीलाई भर्ना गर्दिने स्वीकार्दै पैसा लिने गरेको र ढिलो गरी भएपनि भर्ना गर्दिने गरेको भन्दै आफुहरूले अहिलेसम्म एकजना विद्यार्थीको पनि त्यसरी पैसा खाएको छैन भनी दाबी गरे। विद्यार्थीलाई भर्ना गर्दिछु भनेर पैसा लिने, क्याम्पस प्रशासनमा भर्ना नगर्ने र परीक्षा सुरु हुने अघिल्लो दिन विद्यार्थी नेताहरू फारम भरेर बल्खु जाने गरेको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य तथा त्रिचन्द्र क्याम्पस प्रारम्भिक कमिटीका पूर्वअध्यक्ष बन्धुविक्रम क्षेत्री बताउँछन। “म पनि त्यसको सिकार हो, २०६० सालमा वी.ए. पढ्दा मैले त्यही घटना भोगेको हो। त्यतिबेला हामी भूमिगत भएकोले खास केही भन्न सक्ने अवस्था थिएन'' क्षेत्रीले भने “भर्ना नभएका परीक्षार्थीलाई पनि क्याम्पसले आधिकारिक छाप लगाइदिने र भर्ना भएका विद्यार्थीको क्रमैसँगै रोलनम्बर राखिदिने गर्छ। र क्याम्पसको आधार भन्दै पनिकाले प्रवेशपत्र उपलव्ध गराउछ।' क्षेत्री आफु प्रा.क.को अध्यक्ष हुञ्जेल हरेक वर्ष आफुहरूसँग मार्कसिट र केही ट्रान्सक्रिप्ट नआएको भन्दै ८/१० जना विद्यार्थी सहयोग माग्न आउने गरेको अनुभव सुनाउँछन।  
क्षेत्रीले दिएको जानकारी अनुसार पूर्व स्ववियु सभापति सरोजकुमार थापाको पालामा २०६० मा पनि अहिलेको जस्तै काण्डले २ सय जना नक्कली परीक्षार्थीलाई रोकिएको थियो। त्यस्तै २०६२ सालमा स्ववियु सभापति दीपक भट्टराईको पालामा पनि करिब १० जनाको मार्कसिट आएको थिएन। त्यसैगरी २०६६ सालमा पनि यस्तै घटना भएको थियो। त्यतिबेला करिब ७० जना विद्यार्थीको प्रवेशपत्र नै आएको थिएन। त्यतिबेला समाजशास्त्र विषय अध्ययन गर्ने स्नातकोत्तर तहका विद्यार्थीहरू मारमा परेका थिए। उक्त घटनामा नेपाली सेनाका थुप्रै अफिसरहरू, नेपाल प्रहरीका डीएसपी, इन्स्पेक्टर तथा इन्जिनियरहरू पीडित भएका थिए। हनुमान ढोका प्रहरी परिसरकी इन्स्पेक्टर दीप्ति कार्कीले परीक्षा फारम भर्न लाइनमा बसेका बेला केही विद्यार्थीले लाइन नबसी काम गर्दिने भन्दै फारम लगेका थिए, तर पछि फारम नभरेकोले प्रवेशपत्र नै नआएको बताईन। कार्कीले आफुहरूको प्रवेशपत्र नआएपछि क्याम्पस प्रशासनदेखि प.नि.का.सम्म कुरा गर्दा पनि न्याय नपाएको भन्दै त्यतिबेलाको पीडा शव्दमा व्यक्त गर्न नसक्ने प्रतिक्रिया दिईन।  तत्कालीन सभापति  थापासँगै अहिलेका सभापति विनय भट्टसम्मको नेतृत्वले यस्तो कार्यमा निरन्तरता दिईरहेको आरोप पीडितहरूको छ।  
४३ जना विद्यार्थी सक्कली हुन् भन्ने पुष्टि हुन नसकेपछि ती विद्यार्थीको परीक्षा रद्द गर्ने अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेको छ। परीक्षा बोर्डको बैठक बसेर ती परीक्षार्थीको परीक्षा रद्द गर्न लागिएको प.नि.का. बल्खुका सहनियन्त्रक महेन्द्र शर्मा बताउँछन। “दीक्षान्त समारोहका कारण व्यस्त थियौं, अब छिट्टै परीक्षा बोर्ड बैठक बसेर नक्कली विद्यार्थीको परीक्षा रद्द गरिन्छ'' शर्माले भने। तर, राष्ट्रिय सतर्कता केन्द्र स्रोत भने परीक्षार्थीको परीक्षा रद्दले मात्रै कारबाही नपुग्ने बताउछ। “विद्यार्थीको परीक्षा रद्दले मात्रै हुदैन। विद्यार्थी ठगी गरेकोमा कारबाही हुनुपर्छ। साथै ढाँटेर फारम भर्ने भराउनेलाई पनि कारबाही हुन्छ। राज्यका कानुन सुतेर बस्दैनन्'' केन्द्रका उपसचिव तथा अनुसन्धान टोलीका प्रमुख शेरबहादुर ढुंगानाले भने।   
तर, अहिलेसम्म त्रिचन्द्रमा यस्तो काण्ड मच्चाउनेहरू कसैलाई पनि कारबाही भएको रेकर्ड छैन। क्याम्पसको लेटरप्याड र छाप दुरुपयोग गर्ने माथि कारबाहीको माग पनि अहिलेसम्म भएको छैन। सरकारी कागजात दुरुपयोग गरेको अभियोगमा यस्तो अवैध धन्दामा लाग्नेलाई कारबाही गर्नुपर्ने माग पीडित विद्यार्थीहरूले गरिरहेका छन।




. साँघु 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis