CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » सफलताका सूत्र, जुकरबर्गका टिप्स

सफलताका सूत्र, जुकरबर्गका टिप्स

jukarbargसामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग संसारका कान्छा धनीमध्ये एक हुन् । २३ वर्षमा कलेज छाडेका जुकरबर्गको सम्पत्ति ३७ बिलियन डलरभन्दा धेरै भएको फोब्र्स पत्रिकाले सार्वजनिक गरेको थियो । ३१ वर्षीय जुकरबर्गले सफलताका लागि दिएका टिप्स :
  • सबैभन्दा महत्त्वपूर्ण आत्मविश्वास र दृढता हो । युवावस्थामा हामीले बारम्बार सुन्नुपर्छ– तपाईंसँग अनुभव छैन । हामीलाई पनि महसुस हुन्छ, हामीभन्दा अनुभव भएका मानिस धेरै छन् । तर, सबैसँग सुरुमै अनुभव हुँदैन । मैले फेसबुक बनाउन सुरु गरेको १९ वर्षको हुँदा हो । त्यतिवेला मलाई केही थाहा थिएन ।
  • आफ्नो अवमूल्यन नगर्नुहोस् । आफूले गरेको कामलाई कहिल्यै सानो नसोच्नुहोस् । संसारका सबै मानिस फरक छन्, उनीहरूका चाहना फरक छन् । सबैका धारणा फरक छन्, सबैले विश्वका लागि नयाँ–नयाँ आविष्कार गर्न सक्छन् । आफ्नो कामलाई ‘युनिक’ सोचेर अगाडि बढ्नुहोस् ।
    मानिसहरू तपाईं के भन्नुहुन्छ भन्ने कुरालाई त्यति धेरै ध्यान दिँदैनन् । तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरालाई ध्यान दिन्छन् । तपाईंले बनाउने कुरामा उनीहरूको चासो हुन्छ । त्यसैले, केही कुरा बनाउनतिर लाग्नुहोस्, भन्नेतिर होइन ।
  • आफूलाई प्रश्न सोध्नुहोस्– के म त्यो गरिरहेको छु, जुन मेरा लागि सबैभन्दा महत्त्वपूर्ण हो ? आफूलाई नै आफ्नो कामको महत्त्व थाहा छैन वा त्यो काम महत्त्वपूर्ण लागिरहेको छैन भने त्यो काम सफल पनि हुनै सक्दैन । आफूलाई सन्तुष्ट बनाउने काम गर्नुहोस् ।
  • छिटो दौडनुहोस् । छिटो काम गर्ने सोच बनाउनुहोस् । जबसम्म तपाईं छिटो दौडनुहुन्न र काम गर्नुहुन्न, तपाईंले गरेका कामको कुनै महत्त्व नै हुँदैन । समयमै काम गर्नुहोस् । अन्यथा त्यसले समस्यामा पार्न सक्छ ।
  • चुनौतीहरू सामना गर्न नडराउनुहोस् । विश्व बदलिँदो छ । बदलिरहेको विश्वमा चुनौती भएनन् भने सफलताको त्यो बिन्दुमा पुग्न सकिँदैन, जहाँ तपाईं आफूलाई देख्न चाहनुहुन्छ ।
  • प्रतिबद्धताहरू बनाउनुहोस् । ती प्रतिबद्धता पूरा गरेरै छाड्नुहोस् । यसले तपाईंलाई सफल बनाउन सहयोग गर्नेछ ।
  • काम गर्न यो र त्यो ठाउँ नभन्नुहोस् । जहाँ बसेर काम गर्दा सजिलो हुन्छ, त्यहीँ काम गर्नुहोस् । मैले फेसबुकबारे सोचेको एउटा सानो कोठामा हो । त्यहाँ सामानहरू यत्रतत्र छरिएका थिए । मलाई त्यही ठाउँमा काम गर्दा आनन्द आउँथ्यो । जहाँ बसेर काम गर्दा आनन्द आउँछ, त्यहीँ काम गर्नुहोस् ।

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis