CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » यसरी बेचिएका रे ‘एनसेल’ र ‘हेलो नेपाल’

यसरी बेचिएका रे ‘एनसेल’ र ‘हेलो नेपाल’

director
७ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डसँग अन्योन्याश्रति सम्बन्ध रहेका व्यवसायी अजय सुमार्गीको ‘हेलो नेपाल’, पूर्व राजाका ज्वाइँको ‘एनसेल’ र अन्तरराष्ट्रिय टेलियासोनेरावीच के साइनो होला ?
हेलो नेपालबाट ८७ कर्मचारीहरु जबर्जस्ती निकालिएको भन्दै माओवादीसम्बद्ध मजदुरहरुले मंगलबार नयाँ बानेश्वरस्थित एनसेलको केन्द्रीय कार्यालयमा छापामार
शैलीमा तोडफोड गरेपछि सुमार्गी र एनसेलवीचको नाता फेरि खोजी हुन थालेको छ ।
एनसेलको व्यवस्थापन पक्ष र केही उद्योगपतिहरुको दाबी छ, टेलियासोनेरा छुट्टै अन्तरराष्ट्रिय कम्पनी हो भने अजय सुमार्गीको हेलो नेपाल अलग्गै कम्पनी हो, यिनीहरुवीच कुनै साइनो सम्बन्ध छैन । तर, सुमार्गीको कम्पनीबाट निकालिएका मजदुरहरुले किन एनसेलको कार्यालयमा तोडफोड गरे ? के वैद्यजीका कार्यकर्ताले यी दुई फरक कम्पनी हुन् भन्ने भेऊ नपाएकै हुन् त ? यसको रहस्यचाँहि मालिकहरुले दाबी गरेभन्दा अलि फरक छ ।
सुमार्गीले ‘हेल्लो नेपाल’ भनिने नेपाल स्याटेलाइट टेलिकम टेलियासोनेरालाई सन् २०१२ अपि्रल २६ मै बेचिसकेको तथ्यहरुबाट स्पष्ट हुन्छ । ‘गोल्डेन ह्यान्टसेक’का नाममा दर्जनौं मजदुरलाई सेवाबाट निकालेर अन्तरराष्ट्रिय कम्पनीबाट पैसाको बिटो लिएका सुमार्गीलाई यतिबेला तिनै मजदुरहरु टाउको दुखाइको विषय बनेका छन् ।
यस्तो छ रहस्य
पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहले एनसेल (पहिलो मेरो मोबाइल भनिन्थ्यो) कम्पनीको ८० प्रतिशत शेयर टेलियासोनेरालाई बेचेका हुन् । तर, सिंहले पनि सुमार्गीले जस्तै आफूले विदेशी कम्पनीलाई बेचेको कुरा गोप्य राख्ने प्रयास भने नगरेका होइनन् ।
Untitled-1-copyसन् २००७ सम्म दुईवर्ष सिंहकै मेरो मोबाइलका कार्यकारी निर्देशक रहेका सुमार्गीले मध्यपश्चिम नेपालका केही जिल्लामा निजी टेलिकम चलाउँदै आएका थिए । पछि उनले पनि आफ्ना गुरु राजबहादुर सिंहकोजस्तै भूमिका खेलेर पैसा कमाउने जुक्ति निकाले । फलस्वरुप एनसेलमा कब्जा जमाएको विदेशी कम्पनी टेलियासोनेराको आँखा सुमार्गीको स्याटेलाइट टेलिकम प्रालितर्फ लाग्यो । केही नेपालीको समेत लगानी देखाउने नीति लिँदै नेपालको सञ्चारमा एकाधिकार मच्चाउने र ठूलो धनराशी विदेश लाने उद्देश्यले टेलियासोनेराले एनसेलजस्तै सुमार्गीको हेलो नेपाल पनि किन्यो । तर, अचम्म चाहिँ के छ भने सुमार्गीले अहिलेसम्म हेल्लो नेपाल र टेलियासेनेरासँग कुनै सम्बन्ध नरहेको ब्याख्या गर्ने प्रयन्त गर्दै आएका छन् ।
हेलोको अध्यक्षता पनि टेलियासानेराकै
हेलो नेपालको ७५ प्रतिशत शेयर किनेपछि गएको भदौमा टेलियासोनेराका अध्यक्ष टेरो किभिसारी र कार्यकारी अधिकृत लार्स नाइबर्ग नेपाल आएका थिए । उनीहरुले काठमाडौंमा ०६९ भदौ ११ मा पत्रकार सम्मेलन नै गरेर यसबारे जानकारी दिएका थिए । हेलो नेपालमा ७५ प्रतिशत लगानी गर्दा अजय सुमार्गीले पाएको रकम कति हो भन्नेचाँहि उनीहरुले लुकाएका थिए । एनसेलमा चाहिँ ५० करोड लगानी भैसकेको उनीहरुले बताएका थिए ।
हेलो नेपालमा सुमार्गीको २५ प्रतिशतमात्रै लगानी रहेकाले सुमार्गी पत्नी अस्मिता सुमार्गीलाई सञ्चालक समितिबाट हटाएर टेलियासोनेराका सोलोमन्सनलाई राख्ने सहमति भएको थियो । अहिले सुमार्गीपत्नी अस्मिता मुक्तिश्री टेलिकम प्रालिको अध्यक्ष रहेको बताइने गरेको छ । मध्यपश्चिममा टेलिकम सञ्चालन गर्ने इजाजत नेपाल सरकारबाट लिएर सुटुक्कै विदेशी कम्पनीलाई बेचेपछि सुमार्गीले हेलो नेपालबाट ८७ मजदुरलाई हटाएका थिए ।
यतिबेला हेलो नेपालमा टेलियासोनेराको ७५ प्रतिशत लगानी छ र त्यसको अध्यक्षता पनि उसैले लिएको छ । त्यसैगरी एनसेलमा टेलियासोनेराको ८० प्रतिशत शेयर छ । तर, यी दुबै कम्पनी भिन्नाभिन्नै हुन् भनेर अहिले नेपालीलाई ढाँटिदैछ ।
हेलो नेपाल र टेलियासोनेरावीचको सम्बन्धलाई पुष्टि गर्ने आधार टेलियासोनेराको वाषिर्क प्रतिवेदन २०१२ मा पनि प्रष्टसँग उल्लेख छ । प्रतिवेदनको पृष्ठ ६६ अनुसार सन् २०१२ को अपि्रल २६ मा टेलियासोनेराले सुमार्गीको हेलो नेपाल किनेको हो ।
वैद्य पक्षका कार्यकर्ताहरुले सुमार्गी र सिंहले टेलिकमको लाइसेन्स लिँदै विदेशीलाई बिक्री गरेर नेपाल टेलीकमलाई डुबाउने खेलमा लागेको आरोप लगाउँदै आएको समाचार अन्लाईन खबरमा छापिएको छ |
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis