मोबाइलले हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा ओगटेको छ। साथी, एटीएम, क्रेडिट कार्ड, बैंकिङ दस्तावेज, कार्य योजना, इमेलदेखि पसर् नल तस्बिर र फन्नी एसएमएससम्म यही हत्केलाभरको डिभाइसमा बोकेर हिँड्छौं हामी। अतः मोबाइल हराउनासाथ हामी धेरै कुरा गुमाउन बाध्य हुन्छौं। हाम्रो दैनिक जीवन अस्तव्यस्त हुन पुग्छ।
आफ्नो मोबाइल हराउने वा बिग्रने कुराले हरबखत चिन्तित रहन्छन्, प्रयोगकर्ताहरू। कतै मोबाइल हराउने त होइन वा धोका पो दिने हो कि ? यस्तै आशंका मनमा बारम्बार उब्जिरहन्छ। मर्निङ- इभिनिङ वर्कका क्रममा होस् वा योगअभ्यासका बेला केही मोबाइलको साथ छुटाउन चाहँदैनन्। अरू नै काममा व्यस्त भएका बेला पनि औंलाहरू मोबाइलको किप्याडसँग खेलिरहेका हुन्छन्। सडक पार गरिरहेकाहरू फोनमा यसरी भुलिन्छन् कि गाडीको हर्न समेत सुन्दैनन्। कतिपय मानिस त मोबाइललाई सुत्ने क्रममा पनि सिरानमै राख्छन्। कुनै विशेष बैठक तथा कार्यक्रममा स्विच अफ गर्नुपर्यो भने पनि ध्यानचाहिँ मोबाइलमै केन्द्रित हुन्छ। यो मोबाइलप्रतिको अस्वाभाविक क्रेजलाई नोमोफोबिया भन्ने गरिएको छ।
नो मोबाइल फोन फोबिया
केही समयअघि बेलायतस्थित एक अनुसन्धान कम्पनीले मोबाइल प्रयोगकर्तामा एग्जाइटीको लक्षणका सम्बन्धमा अध्ययन गरेको थियो। अध्ययनअनुसार ब्रिटेनका ५३ प्रतिशत मानिस मोबाइल हराउने चिन्ताले ग्रस्त रहेको पाइयो। नेटवर्क कभरेज नहुने, ब्याट्री चार्ज नहुने, टक टाइम नहुने जस्ता सहायक चिन्ताले पनि धेरैलाई गाँजेको थियो। ५८ प्रतिशत पुरुष तथा ४८ प्रतिशत महिला यो फोबियाबाट ग्रस्त छन्। ९ प्रतिशत मानिस फोन अफ हुँदा दबाब महसुस गर्छन्।
धेरैजसो मानिस फोनमा पासवर्ड प्रोटेक्सन राख्दैनन्, जबकि ५ प्रतिशत मानिसको त्यही स्मार्टफोन एवं ट्याब्लेटमा बैंकिङ, फाइनान्सियल तथा स्टक ट्रेडिङको एप्स हुन्छ। ३५ प्रतिशतसँग अनलाइन सपिङको एप्स हुन्छ। ७७ प्रतिशत फोनकै माध्यमवाट सोसल साइटसँग जोडिएका हुन्छन्। ९७ प्रतिशतले यसबाट इमेल पठाउने काम गरिरहेका हुन्छन्। यस्तो स्थितिमा प्रयोगकर्ताहरू सोच्छन्- फोन हराउनु वा त्यसमा कुनै खराबी आउनु भनेको उसका निम्ति संसार नै बन्द हुनु हो।
कसरी बचाउने फोन ?
मोबाइललाई सुरक्षित राख्ने सजिलो उपाय हो- पासवर्ड प्रोटेक्ट। कन्फिडेन्ट टेक्नोलोजी इंकको वर्ष २०११ मा भएको सर्वेक्षणअनुसार ५० प्रतिशत प्रयोगकर्ता फोनमा पिन एवं पासवर्ड राख्दैनन्। जबकि यसको विकल्प हरेक स्मार्टफोनमा हुन्छ। पासवर्ड नाम, जन्मतिथि, म्यारिज एनिभर्सरीभन्दा फरक भए राम्रो हुन्छ।
केही मोबाइल कम्पनीले कुनै अनधिकृत व्यक्तिले फोनको डाटा कपी वा फरवार्ड गर्न नसक्ने खालको सुविधा उपलब्ध गराएका छन्। यसमा अपलोडिङ एवं डाउनलोडिङमा लक सिस्टमले काम गर्छ।
पछिल्लो समय फोनमा पासवर्ड म्यानेजमेन्ट सफ्टवेयर एवं एप्लिकेसन उपलब्ध छ। यो एप्सले पासवर्ड, क्रेडिड कार्डस् एवं महत्वपूर्ण सामग्रीलाई एक स्थानमा सुरक्षित राख्छ। फोन हराए पनि ती सामग्रीहरू पासवर्डबिना पत्ता लाग्दैनन्।
यदि इन्टरनेटको प्रयोग गरिन्छ भने फोन हराउनेबित्तिकै पासवर्ड परिवर्तन गरिहाल्नुपर्छ।
आफ्नो फोनको ब्याकअप ल्यापटप एवं पिसीमा पनि राख्नुपर्छ।
फोनमै निर्भर हुने बानी त्याग्नुपर्छ। महत्वपूर्ण नम्बर याद गर्नुपर्छ वा सुरक्षित राख्नुपर्छ।
फोन हराउनासाथ सिम कनेक्सन तुरुन्तै ब्लक गराउनुका साथै नजिकको पुलिस चौकीमा गएर रिपोर्ट लेखाउनुपर्छ, ताकि गलत एवं आपराधिक क्रियाकलापका लागि आफ्नो फोनको दुरुपयोग नहोस्।
फोन नितान्त व्यक्तिगत डिभाइस हो। यद्यपि यसमा कुनै पनि त्यस्तो डाटा राख्नु हुँदैन, जसको गलत प्रयोग हुन सक्छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !