किशोरावस्था यस्तो उमेर हो, जहाँ जे नगर है भन्यो, किशोरकिशोरी त्यही गर्न तम्सिन्छन्। उत्सुक हुने यही बानीका कारण युवा वर्ग दुर्व्यसनतिर पनि उन्मुख भइरहेको छ। पन्ध्र वर्षको उमेरमा दीपेन्द्र लागुपदार्थ दुर्व्यसनी भए। कारण थियो- उत्सुकता। ‘आफू कतिखेर दुर्व्यसनीमा फसेँ, थाहै भएन,' उनले भने, ‘मैले चुरोट खान सिकेँ, आफूभन्दा ठूला दाइहरूले खाएको देखेर। दाइहरूले समूह बनाएर चुरोट
तानेको देख्दा साह्रै रमाइलो लाग्थ्यो। मैले पनि लुकीलुकी खान सिकेँ।'
तानेको देख्दा साह्रै रमाइलो लाग्थ्यो। मैले पनि लुकीलुकी खान सिकेँ।'
पछि त उनी ती दाइहरूकै साथी बने। ‘आफूभन्दा ठूला भए पनि उनीहरूसँग मेरो कुरा साह्रै मिल्थ्यो,' आफू दुर्व्यसनको पहिलो खुट्किलो उक्लँदाको अनुभव सुनाए उनले, ‘पछि त उनीहरूले गाँजा तान्न पनि सिकाए। मलाई मानिसहरू किन गाँजा खान्छन्? यो खाँदा के हुन्छ होला भन्ने उत्सुकता भइरहन्थ्यो। आफूले पनि खान पाए हुन्थ्यो, कस्तो हुँदो रहेछ, अनुभव गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो।'
मानिसहरू आफ्नो सर्कलमा भएकाहरूजस्तै बन्ने कोसिस गर्दा कति ठूलो भूमरीमा पर्ने गर्छु भन्ने सोच्दैनन्। हुन त किशोरावस्था परिपक्व उमेर होइन। लागुपदार्थ सेवन गर्न थालेपछि दीपेन्द्रले गर्नै नहुने काम पनि गरे। ‘चोरी गर्न पनि थालियो,' उनले भने, ‘दादागिरी पनि गर्न थालियो।' अहिले उनले दुर्व्यसन त्यागिसकेका छन्। तर, समाजले भने उनलाई पूर्ण रूपमा स्विकार्न सकेको छैन।
उत्सुकता मेटाउने बहानामा दुर्व्यसनी बन्न पुगेका अर्का युवा हुन्, कुमार लामा। ‘साथीहरूले हातमा सिरिन्ज घोपेको देख्दा डर लाग्ने गर्थ्यो,' उनले भने, ‘साथीहरूले क्या रिल्याक्ड फिल भयो भनेको सुन्दा कस्तो होला, ट्राई गर्न पाए हुन्थ्यो भन्ने लाग्यो।' त्यही उत्सुकताले उनलाई चरेस अर्थात् ‘ब्ल्याक' सेवन गर्ने बनायो। ‘सानो डल्लो ब्ल्याकले निकै बेर असर गर्थ्यो,' उनले भने, ‘साँच्चै स्वर्गमा पुगेको जस्तो महसुस हुन्थ्यो त्यो खाउन्जेल। संसारको सबैभन्दा रमाइलो क्षण नै त्यही हो जस्तो लाग्थ्यो।' सुरुमा साथीहरूले सहयोग गरे पनि बिस्तारै त्यो खानका लागि पैसाको आवश्यकता पर्न थाल्यो।
परिवारले दिने पकेट खर्चले नपुगेपछि घरमा भएका केही सामान बेच्नेसम्मको कार्य आफूले गरेको उनी सुनाउँछन्। तर, परिवारले थाहा पाएपछि भने उनलाई अप्ठ्यारो पर्योस। त्यसैको कारण पढाइ पनि छुट्यो भने जीवनमा सबैभन्दा ठूलो धक्का उनले त्यतिबेला महसुस गरे, जतिबेला उनले आफू एचआइभी/एड्स संक्रमित भएको थाहा पाए।
उनी भर्खर २८ वर्षका भए। अहिले पछुताइरहेका छन्। ‘कहिलेकाहीँ विगत सम्झँदा किन त्यसो गरेँहुँला भन्ने लाग्छ। तर, अब समय बितिसकेको छ। उत्सुकताले मलाई बर्बाद पार्योए,' उनले भने।
एक अध्ययनले लागुपदार्थको दुर्व्यसनमा फस्नेहरू प्रायः किशोरावस्थामा फस्ने गरेको देखाएको छ। युवावस्थामा के गरौँ, कसो गरौँ भन्ने उत्सुकताले नै उनीहरूलाई लागुपदार्थ दुर्व्यसनको शिकार बनाउने गरेको छ। एक तथ्यांकअनुसार नेपालमा दश लाख लागुपदार्थ दुर्व्यसनी रहेका छन्।
छोराछोरीलाई आवश्यकताभन्दा बढी पैसा खर्च गर्न दिने, उनीहरूको साथीसंगातीबारे चासो नराख्ने अभिभावकहरू सन्तान दुर्व्यसनी बनिसकेपछि पछुताउनुबाहेक केही गर्न सक्दैनन्। त्यसैले परिवारले बेलैमा किशारावस्थामा प्रवेश गर्दै गरेका सन्तानको आनीबानीमा विचार पुर्याहउने हो भने उनीहरूलाई दुर्व्यसनबाट जोगाउन सकिन्छ।
अन्जान स्वीकृति-नागरिक