CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » सेक्सले उठाएका साहित्यकार

सेक्सले उठाएका साहित्यकार

साहित्यका विभिन्न विधामा कलम चलाउने किशोर पहाडी मूलतः कथाकार हुन्। विभिन्न विधाका एक दर्जनजति कृति सार्वजनिक गरिसकेका पहाडीका 'विसुदाइ', 'सर्वज्ञ र सेक्स' जस्ता कथाकृति चर्चित छन्। उनको 'विसुदाइ' कथासंग्रहले साझा पुरस्कारसमेत प्राप्त गरिसकेको छ। कुनै बेला अभिनयमा समेत राम्रो प्रभाव छोडेका पहाडी हिजोआज सामाजिक सञ्जाल फेसबुकमा 'पेन लभर्स इन नेपाल' नामक गु्रप बनाएर 'इलेक्ट्रोनिक्स साहित्यिक पत्रकारिता' गरिरहेका छन्।  
०  पछिल्लो पटक के लेख्नुभयो? 
–  भरखरै एउटा कविता लेखें। फुटकर रूपमा कथा, कविताहरू लेखिरहेको छु। 
०  पढ्न चाहिँ के पढिरहनुभएको छ नि?  
–  एकजना भारतीय गायक किशोर कुमारको जीवनी भरखरै पढिसिध्याएँ। पुस्तक पढेपछि उनीबारे केही लेख्ने कि भन्ने पनि सोच्दै छु। 
०  बजारमा चर्चा भइरहेको तपाईंको कथासंग्रह 'मुग्ध सिम्फोनी' कहिले आउँछ? 
–  आउनुपनर्ेे त अघिल्लै महिना हो। तर, विविध कारणले पछि सर्दै गएको छ। फागुन महिनाभित्र चाहिँ आउँछ होला। 
० कुन–कुन विधामा कलम चलाउनुभएको छ? 
–  मेरो मुख्य विधा कथा नै हो। तर, लघुकथा, कविता, यात्रा निबन्ध, अनुवादलगायतका विधामा कलम चलाएको छु।  
०  पढ्न चाहिँ कुन विधा रुचि लाग्छ? 
–  पहिला–पहिला कविता, उपन्यास र कथा पढ्न रुचि लाग्थ्यो। तर, हिजोआज जीवनी, संस्मरण जस्ता विधाले आकर्षित गरिरहेका छन्।  
०  किन यस्तो? 
–  सायद उमेरका कारण पनि यस्तो भएको हो कि! 
०  पढेकामध्ये साह्रै प्रभाव परेको पुस्तक? 
–  भारतीय प्रसिद्ध कवि हरिवंश राय वच्चनको आत्मकथाले निकै प्रभाव पार्‍यो। यसका चार भाग पढेपछि मैले एउटा लेख पनि लेखेको थिएँ, जुन लेख पढेर केही व्यक्तिले सो पुस्तक मगाएर पढिरहेको जानकारी पनि मैले पाएको छु। 
०  लेखनमा आगामी योजना के छ? 
–  त्यस्तो योजनाबद्ध लेखन त मेरो छैन । तर, हिजोआज उपन्यासको लहर चलेकाले मलाई पनि एउटा उपन्यास लेखौं–लेखौं लागेको छ। तर, योजना नै बनाइहालेको भने छैन। 
०  लेखेर कत्तिको आम्दानी हुन्छ? 
–  अहिले त कतिपयले 'लेखेरै पेट पालिरहेको छु' भन्छन्। मलाई पनि कहिलेकाहीँ दुई/चार पैसा नआउने होइन। तर, मेरो लेखेरै जीवन गुजारा भने चलेको छैन। 
०  किन लेख्नुहुन्छ त? 
–  पैसा कमाउन लेख्ने होइन। पैसा कमाउँदैमा सुख हुने पनि होइन। कुनै काम ढुक्कसँग गर्न पाउनुमा जति आनन्द छ, त्यो अरूमा कहाँ छ र! आत्मसन्तुष्टि ठूलो कुरा हो। 
०  विगतमा अभिनय पनि गर्नुहुन्थ्यो क्यारे! 
– हो, ३० को दशकतिर अभिनय पनि खुब गरियो। विभिन्न नाटक, टेलिचलचित्रहरूमा अभिनय गरेको छु। साथीहरूसँग मिलेर सर्वनाम नाट्य समूह हामीले नै खोलेका हौं।  
०  तर, पछिल्लो समयमा त अभिनयमा देखिनुहुन्न त? 
–  हो, अहिले म अभिनयमा छैन। आफूले जन्माएको संस्थासँगको आबद्धता नै छुटेपछि मैले अभिनय क्षेत्रबाट नै आफूलाई अलग गरेको हुँ। तर, यो वर्ष एउटा नाटकमा एकल अभिनय गरेको छु। 
०  अहिले त विभिन्न नाट्य समूह खुलेका छन्। तपाईंलाई अभिनयका लागि अनुरोध आउँदैनन्? 
–  अनुरोध त नआउने होइनन्। तर, अब सामूहिक अभिनयमा मेरो त्यति रुचि छैन। एकल अभिनय पाए कहिलेकाहीँ गर्ने गरेको छु। 
०  'पेन लभर्स इन नेपाल' कस्तो चल्दैछ नि? 
–  ठीकै छ। यसले क्रमशः लोकप्रियता हासिल गर्दै गएको छ। बेलाबेलामा मिडियामा पनि यसका बारेमा विभिन्न समाचारहरू आइरहेका छन्।
०  कति छन् अहिले सदस्य?  
– यसको सदस्य संख्या दिनदिनै बढ्ने क्रम जारी छ। अहिले त लगभग पाँच हजार सदस्य पुगिसकेका छन्। 
०  एक्लैले कसरी 'अपडेट' गर्नुहुन्छ।  
–  यसका लागि मेरा विभिन्न स्रोतहरू छन्। कतिपय साथीहरूले समाचार पठाउनुहुन्छ। विभिन्न स्रोतबाट आएका साहित्यिक महत्वका समाचारलाई म यसमा अपडेट गर्छु।  
०  दिनमा कति समय दिनुहुन्छ?  
–  नियमित २/३ घन्टा म यसका लागि छुट्ट्याउने गर्छु।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis